logo

एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने सभाको तयारी पुरा , हजारौ एमाले प्रवेश गर्ने आयोजकको दावी

 इसीमाना सम्वाददाता     २०७८ चैत २१ गते ०८: ४१ मा प्रकाशित     725   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले २२ गते बीरगंजमा सम्बोधन गर्ने बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको सबै तयारी पुरा भएको नेकपा एमाले पर्साले जनाएको छ ।

 

पार्टीको प्रचार समितिले आज बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारीका बारेमा जानकारी गराएको हो । बि.पी.उद्यान घण्टाघरमा हुने सभाको मंच तथा सहभागि बस्ने पंडाल निर्माणको काम सम्पन्न भएको एमालेका प्रचार समितिका संयोजक बिचारी यादवले जानकारी दिनु भयो ।

 

उहाँले पार्टी अध्यक्ष के.पी.ओलीको बीरगंज आगमन आफैमा ऐतिहासिक घटना भएको बताउदै नेकपा एमाले मधेशी जनताको हितमा संघर्ष गरेको पार्टी हो भन्ने कुरा फेरी एक पटक पुष्टि हुने उहाँले दावी गनुृ भयो ।

 

मधेश आन्दोलनका क्रममा एमालेका बिरुद्ध अनेकौ भ्रमहरु फैलाइएको छ ति सबै भ्रमहरुको एकमुष्ट निवारण हुने छ । मधेश आन्दोलनका हस्तीहरुको एमाले प्रवेशको लहरले नै त्यो कुरा जवाफ दिएको चर्चा गर्दै संयोजक यादवले पार्टी अध्यक्ष ओलीको पर्सा जिल्लालाई लालकिल्ला बनाउने मिशनमा पर्साको सिंगो पार्टी लागि पर्ने बताउनु भयो ।

 

पार्टी अध्यक्ष तथा आम नागरिकको स्वगतमा १२ वटा प्रवेशद्वार बनाइएको उहाँले जानकारी दिनु भयो । यादवले बीरगंजको आमसभामा सैयौ जना एमालेमा प्रवेश गर्ने जानकारी दिनु भयो ।उहाँले संचारकर्मी मार्फत आम नागरिकलाई सभामा सहभागि हुन निम्ता समेत दिनु भयो । 


उहाँले पार्टी अध्यक्ष ओलीलाई बीरगंजमा भब्य स्वागत गरिने बताउनु भयो । सीमरा एयरपोर्टबाटै हजारौ मोटरसाइकलको स्कर्टिङ साथ बीरगंज ल्याउने तयारी भएको उहाँले जानकारी दिनु भयो ।


पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा, अरविन्द सिंह, निर्मला देवकोटा, पार्टीका जिल्ला अध्यक्ष जयप्रकाश थारु लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रचार समितिका सचिव शिव गुप्ताले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.