logo

दलीत भूमीहिन सुकुम्बासीका समस्या हल गर्न ध्यान केन्द्रीत हुन्छः अध्यक्ष अहमद

 इसीमाना सम्बाददाता      २०७८ चैत २४ गते ०८: ३७ मा प्रकाशित     796   पटक पढिएको

राष्ट्रीय भूमी आयोग पर्साको अध्यक्ष तवरेज अहमदले आजबाट पदभार ग्रहण गर्नु भएको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा बाँड्ने र अब्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउने उद्धेश्यले सरकारले आयोग गठन गरेको हो ।

 

आयोगको केन्द्रीय तथा जिल्ला समितिमा गठबन्धन सम्बद्ध दलका कार्यकर्ताले धमाधम नियुक्ति पाइरहेका छन । जनता समाजवादी पार्टीको पर्सा जिल्ला सचिव अहमदले पर्सामा अध्यक्षको जिम्मेवारी पाएका छन । नेपालको कुल क्षेत्रफलको लगभग २८ प्रतिशतमा आवादी छ ।

यस आवादी क्षेत्रको करिब ७५ प्रतिशत जमिन नापजाँच भई राज्यको आधिकारिक दर्ता रजिस्टरमा अभिलेख भई दर्ता स्रेस्ता र प्रमाणपुर्जा तयार भएको छ ।

 

आवादी क्षेत्रको बाँकी लगभग २५ प्रतिशत जग्गामा लामो समयदेखि नागरिकको बसोबास, आवाद कमोद भए पनि सो क्षेत्रको नापनक्सा वा दर्ता स्रेस्ता कायम हुन नसकेको र बसोबासीले जग्गा धनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेको अवस्था छ । त्यही अवस्थाको अन्त्यका लागि सरकारहरुको परिर्वतनको पटक संगै आयोग बन्ने गरेको छ ।

 


पदभार ग्रहण गर्दै अहमदले आफू पनि आधारभूत तहबाट आएको ब्यक्ति भएको हुनाले समस्या समाधानमा ध्यान केन्द्रीत हुने बताए । ३४ वटा सरकार बने २२ वटा अयोग बने तर दलीत भूमीहिन सुकुम्बासीको समस्या जस्तो को त्यस्तै हुनु ठिक नभएको बताउनु भयो ।

 

उहाँले दलीत भूमीहिन सुकुम्वासीहरु मतदाता हुने तर अवसर अधिकारबाट बन्चित हुनु ठिक नभएको बताउनु भयो । उहाँले यो बिषय राजनीतिक भएपनि आफूले सामाजिक अभियानका रुपमा संचालन गर्ने भएकोले सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो ।


पदभार ग्रहण सगै ४ वटा निर्णय भएको अहमदले बताउनु भयो । कर्मचारीको परिचालन आयोगको पूर्णता र जिल्ला समन्वय समितिको कार्यालमा कार्यालय संचालन गर्ने निर्णय भएको अहमदले बताउनु भयो ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड तोक्ने छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीय तह मार्फत गर्ने ।

 

सम्बन्धित मालपोत। कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नाप जाँच गरी नक्सा स्रेस्ता तयार गर्ने वा गराउने ।

स्थानीय तहबाट प्राप्त तथ्याङ्कको विश्लेषण गर्न आवश्यक प्रणालीको विकास गरी सोही प्रणालीको आधारमा अव्यवस्थित बसोबासीको जग्गाको वर्गीकरण गर्ने । लगायतका काम गर्ने छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.