logo

आफनो ज्यान जोखिममा हालेर जनसेवा गर्ने नेतृत्वको परख संकटमानै हुन्छ

      4/16/2020 गते 00 00 मा प्रकाशित     1708   पटक पढिएको

बीरगंज ४ बैशाख । 
बैशाख १ गते बीरगंजको छपकैयामा रहेको यतिम खानाको आश्रय स्थलमा बस्दै आएका तीन जना भारतीय मुस्लिम धर्मप्रचारकमा कोरोनाको संक्रमण पुष्टि भएपछि मध्य तराईमै गम्भिरता ब्याप्त भयो । कोरोना संक्रमण रोकथामको कमाण्ड पोष्ट पर्साले छपकैया  क्षेत्रलाई सोही दिन शिल गर्यो ।

 


बीरगंज महानगरपालिकाले सबै वडाहरुलाई रकम बिनियोजन गरेर राहत बितरणको जिम्मेवारी वडा स्तरमा हस्तान्तरण गरेको छ । सर्वदलीय सयन्त्र मार्फत नामावली संकलन गर्ने र राहत बितरण गर्ने जिम्मेवार वडामै छ । ति वडाहरुमा राहत बितरण पनि भएको थियो ।

 

तर आइतवार देखी शिल भएको क्षेत्रमा फेरी पनि खाद्यन्न अभाव भएको कुरा संचार माध्यम र केही नेताका बिज्ञप्ति र अन्र्तवार्ता  मार्फत सार्वजनीक गरिए । 


संकटको बेलामा हो नेतृत्वको इमानको परिक्षा हुने । वास्तवमा उ जनताप्रति कति जिम्मेवार र जवाफदेह छ भन्ने कुरा संकटको बेलामा पुष्टि हुन्छ । सार्वजनीक संचार माध्यमको उपयोग गरेर बिभिन्न माँगहरु तेस्र्याउनेहरुकालागि त्यही नै उनीहरुको काम भन्ने बुझाई हुन सक्छ ।

 

असहज परिस्थितिमा  आफनो ज्यानलाई जोखिममा हालेर जनसेवामा समर्पित हुने नेतृत्व नै जनाताको असली मित्र हुन्छ । अहिले बीरगंज महानगरका प्रमुख बिजय सरावगीले आफूलाई जनताको असल मित्रका रुपमा प्रस्तुत गर्नु  भएको छ ।

 

महानगरको प्रमुखले निर्देशन दिएकै भरमा धेरै काम हुन सक्छ । तर काम ठिक रुपमा भएको छ की छैन भन्ने कुरा सुनिश्चित गर्न र नागरिकलाई उत्साह र उत्प्रेरणा भर्न आफै कार्यस्थलमा कुद्नुले यो कुराको पुष्टि गरेको छ । 
तीन जना कोरोना संक्रमीत फेला परेपछि बीरगंज महानगर निकै जोखिममा परेको छ त्यसको प्रमुखको नाताले आफना नागरिकको जीवन रक्षाकालागि अप्नाउनु पर्ने सर्तकर्ता लिनु पर्ने निर्णयका सन्दर्भमा सरावगीले देखाउनु भएको सुझबुझले नागरिकलाई राहत महशुस भएको छ । 

वीरगंज महानगरपालिकाको वडा नम्बर २ आज मा करिब १५ सय परिवारलाई पुग्ने एक ट्रक खाद्यान्न सामग्री लिएर आफै जानुभएको दुश्यले पनि यो कुरा स्थापित गरेको छ ।

कोरोना संक्रमित व्यक्ति वडा नम्बर २ को एक मस्जिदमा भेटिएसँगै त्यस क्षेत्र गएको आइतबारदेखि सिल हुँदा त्यहाँ खाद्यान्न तथा अतिआवश्यक वस्तुको अभाव भएको थियो ।

आफ्ना नागरिक समस्यामा रहँदा आफू हेरेर बसिरहन नसक्ने भन्दै खाद्यान्न वडा कमिटीको जिम्मा लगाउन मेयर सरावगी आफैँ त्यस ठाउँमा पुग्नुभएको हो ।

वडा नम्बर २ का साथै त्यसआसपासका वडाहरु ३ र १६ का केही क्षेत्र पनि सिल गरिएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमण फैलन नदिन त्यस ठाउँलाई सिल गरे पनि अतिआवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको वितरण नमिलाउँदा यहाँका मानिसहरु भोकभोकै पर्न थालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.