logo

आफनो ज्यान जोखिममा हालेर जनसेवा गर्ने नेतृत्वको परख संकटमानै हुन्छ

      4/16/2020 गते 00 00 मा प्रकाशित     1815   पटक पढिएको

बीरगंज ४ बैशाख । 
बैशाख १ गते बीरगंजको छपकैयामा रहेको यतिम खानाको आश्रय स्थलमा बस्दै आएका तीन जना भारतीय मुस्लिम धर्मप्रचारकमा कोरोनाको संक्रमण पुष्टि भएपछि मध्य तराईमै गम्भिरता ब्याप्त भयो । कोरोना संक्रमण रोकथामको कमाण्ड पोष्ट पर्साले छपकैया  क्षेत्रलाई सोही दिन शिल गर्यो ।

 


बीरगंज महानगरपालिकाले सबै वडाहरुलाई रकम बिनियोजन गरेर राहत बितरणको जिम्मेवारी वडा स्तरमा हस्तान्तरण गरेको छ । सर्वदलीय सयन्त्र मार्फत नामावली संकलन गर्ने र राहत बितरण गर्ने जिम्मेवार वडामै छ । ति वडाहरुमा राहत बितरण पनि भएको थियो ।

 

तर आइतवार देखी शिल भएको क्षेत्रमा फेरी पनि खाद्यन्न अभाव भएको कुरा संचार माध्यम र केही नेताका बिज्ञप्ति र अन्र्तवार्ता  मार्फत सार्वजनीक गरिए । 


संकटको बेलामा हो नेतृत्वको इमानको परिक्षा हुने । वास्तवमा उ जनताप्रति कति जिम्मेवार र जवाफदेह छ भन्ने कुरा संकटको बेलामा पुष्टि हुन्छ । सार्वजनीक संचार माध्यमको उपयोग गरेर बिभिन्न माँगहरु तेस्र्याउनेहरुकालागि त्यही नै उनीहरुको काम भन्ने बुझाई हुन सक्छ ।

 

असहज परिस्थितिमा  आफनो ज्यानलाई जोखिममा हालेर जनसेवामा समर्पित हुने नेतृत्व नै जनाताको असली मित्र हुन्छ । अहिले बीरगंज महानगरका प्रमुख बिजय सरावगीले आफूलाई जनताको असल मित्रका रुपमा प्रस्तुत गर्नु  भएको छ ।

 

महानगरको प्रमुखले निर्देशन दिएकै भरमा धेरै काम हुन सक्छ । तर काम ठिक रुपमा भएको छ की छैन भन्ने कुरा सुनिश्चित गर्न र नागरिकलाई उत्साह र उत्प्रेरणा भर्न आफै कार्यस्थलमा कुद्नुले यो कुराको पुष्टि गरेको छ । 
तीन जना कोरोना संक्रमीत फेला परेपछि बीरगंज महानगर निकै जोखिममा परेको छ त्यसको प्रमुखको नाताले आफना नागरिकको जीवन रक्षाकालागि अप्नाउनु पर्ने सर्तकर्ता लिनु पर्ने निर्णयका सन्दर्भमा सरावगीले देखाउनु भएको सुझबुझले नागरिकलाई राहत महशुस भएको छ । 

वीरगंज महानगरपालिकाको वडा नम्बर २ आज मा करिब १५ सय परिवारलाई पुग्ने एक ट्रक खाद्यान्न सामग्री लिएर आफै जानुभएको दुश्यले पनि यो कुरा स्थापित गरेको छ ।

कोरोना संक्रमित व्यक्ति वडा नम्बर २ को एक मस्जिदमा भेटिएसँगै त्यस क्षेत्र गएको आइतबारदेखि सिल हुँदा त्यहाँ खाद्यान्न तथा अतिआवश्यक वस्तुको अभाव भएको थियो ।

आफ्ना नागरिक समस्यामा रहँदा आफू हेरेर बसिरहन नसक्ने भन्दै खाद्यान्न वडा कमिटीको जिम्मा लगाउन मेयर सरावगी आफैँ त्यस ठाउँमा पुग्नुभएको हो ।

वडा नम्बर २ का साथै त्यसआसपासका वडाहरु ३ र १६ का केही क्षेत्र पनि सिल गरिएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमण फैलन नदिन त्यस ठाउँलाई सिल गरे पनि अतिआवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको वितरण नमिलाउँदा यहाँका मानिसहरु भोकभोकै पर्न थालेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.