logo

एमालेको प्रतिवद्धता पत्र सार्वजनीक, विकास र समृद्धिको एक मात्र आधार, वीरगंज महानगरमा एमालेको सरकार

 इसीमाना सम्वाददता     २०७९ बैशाख १० गते ०१: १५ मा प्रकाशित     709   पटक पढिएको

नेकपा एमाले वीरगंज महानगर निर्वाचन परिचालन कमिटीले स्थानीय तह निर्वाचनको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । वीरगंज मुर्ली स्थित निर्वाचन परिचालन कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गरी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

 


वीरगंज महानगर निर्वाचन परिचालन कमिटीका संयोजक अरबिन्द सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर पदका उम्मेदवार बिजय सरावगीले निर्वाचित भएपछि प्रतिवद्धता पत्रमा उल्लेखित बुदाहरु क्रमश पुरा गर्दै जाने बताउनुभयो । कोरोना महामारी र आफु आवद्ध पुरानो दल जसपाका नेता कार्यकर्ताको असहयोगका कारण अघिल्लो चुनावमा गरिएका केहि प्रतिवद्धताहरु पुरा हुननसेको उहाँले दावी गर्नुभयो ।

 

उहाँले अब जितेपछि अधुरा काम संगै नयाँ योजनाको थालनी गरी बीरगंजको बिकाशमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बाँकी रहेका अधुरा योजना र काम पुरा गर्न फेरी मेयरमा उम्मेदवारी दिएको जानकारी दिए । यसैगरी नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजराले घोषणा पत्रमा सार्वजनिक गरिएका योजनालाई पार्टीले ईमान्दारीका साथ पुरा गर्ने जानकारी दिनुभयो ।


घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका सिंहले प्रतिवद्धता पत्र मेयरको मात्र नभई सिंगो पार्टीको जिम्मेवारी भएको जानकारी दिनु भयो । हिजो पार्टीले असहयोग गरेका कारण प्रतिवद्धता पुरा नभएको प्रसंग स्मरण गर्दै सिंहले भन्नु भयो “ नेकपा एमालेले असहयोग गर्दैन प्रतिवद्धता पुरा गर्न सिंगो पार्टी पंक्ति परिचालीत हुन्छ” । उहाँले प्रतिवद्धता पत्र निर्माण गर्न समाजका हरेक वर्ग र समुदाय संग प्रत्यक्ष भेटगरी सुझाव संकल्न गरिएको ।

 

उनले प्रतिवद्धता पत्रमा सडक ,नाला निर्माण, भौतिक पुर्वाधार बिकाश,फोहर व्यवस्थापन, शिक्षा ,स्वास्थ्य,कृषि क्षेत्रका बिकाश,महिला,बालबालिका ,तेस्रो लिङ्गिको अधिकार लगायतको कुरा उल्लेख गरिएको जानकारी दिनुभयो । सिंहले छिटै प्रतिवद्धता पत्रलाई गठबन्धनमा आवद्ध लोसपा लगायतका अन्य दलसंग समन्व गरि मुर्त रुप दिने बताउनुभयो । घोषणा कार्यक्रममा जिल्ला अध्यक्ष जयप्रकाश थारु, संबिधान सभाका सदस्य बिचारी यादव, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बसरुदिन अंसारी,मेघराज हजरा लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.