logo

दलहरुद्वारा भद्र सहमतीको अवज्ञा,पर्सामा निकै कम उम्मेदवारी दर्ता, डा.को जागिर छाडेर निर्वाचनमा उत्रिए चौहान

 इसिमाना सम्वाददाचा     २०७९ बैशाख ११ गते ०६: २९ मा प्रकाशित     640   पटक पढिएको

बीरगंज महानगरपालिकाको प्रमुख पदमा सोमवार १२ जनाले उम्मेदवारी दर्ता गरएका छन । उम्मेदवारी दर्ता गराएका मध्य नेपाल मजदुर किसान पार्टीबाट गोकर्ण प्रसाद कोइरी र नेपाल सदभावना पार्टीबाट बिजय कुमार रौनीयारले उम्मेदवारी दिएका छन ।

 

अन्य ९ जना भने स्वतन्त्र उम्मेदवार हुन । स्वतन्त्र उम्मेदवार मध्य बीरगंज महानगरपालिकाको वडा नं २५ का २२ वर्षिय बिकासराज पटेल कान्छा उम्मेदवार हुन ।

 

२४ वर्षका दुई युवाहरु फिरोज आलम र राधेश्याम साह ३२ वर्षका कैलाश प्रसाद, ३३ वर्षका संजीव यादव र २५ वर्षका सगिर अली रहेका छन । ६४ वर्षका राजेन्द्र सिंह भूमिहार पनि स्वतन्त्र उम्मेदवार हुन । उनी सेवानिवृत शिक्षक हुन ।

यसैगरि पर्साको पकाहा मैनपुर गाउँपालिका अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
निवर्तमान अध्यक्ष बिजय चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।

०७४ सालको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका चौरसिया १ हजार ७ सय ३५ मत ल्याएर निर्वाचित भएका थिए । त्यसैगरि जगरनाथपुर गाउँपालिकामा जनता सामाजवादीको तर्फबाट अध्यक्षमा कृष्ण मोहन यादव सहित प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

 

जनमत पार्टीका तर्फबाट डा.चन्दन चौहानको नेतृत्वमा प्यानलकै उम्मेदवारी परेको निवर्चन आयुक्त चिन्तामणी शर्माले जानकारी दिनु भयो । त्यस्तै जिराभवानी गाउँपालिकाको वडा नं ३ वडाध्यक्ष सहित जसपाको प्यानल र वडा नं ३ मा वडाध्यक्ष सहित नेकपा एकिकृत समाजवादीको २ सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिनु भयो । त्यसैगरि सखुवा प्रसौनी गाउँपालिकामा नेपाल सुशासन पार्टीको तर्फबाट अध्यक्षमा बृजमोहन चौधरीका् उम्मेदवारी परेको छ ।

 

गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पासवान,महेश प्रसाद यादव,प्रदेशी महतो,फेकु थारु,मदुसुधन महतो थारु र रामबालक कुम्हालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन । ७ जनाले वडाध्यक्ष र अन्य तीन जनाले सदस्यमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा.सूर्य प्रसाद पौडेलले जानकारी दिनु भयो ।

 

त्यस्तै बिन्दवासीनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट अध्यक्षमा प्रमोद तिवारीको सेट सहितको उम्मेदवारी दर्ता भएको छ । तिवारी सेवा निवृत शिक्षक हुन । जनता समाजवादी पार्टीको तर्फबाट निर्वतमान अध्यक्ष श्रीलाल साह कानुको सेटकै उम्मेदवारी दर्ता भएको अरुण कुमार कोइरालाले जानकारी दिनु भयो ।


त्यस्तै धोविनी गाउँपालिकामा पत्रकार राजाकुमार पटेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । वडाध्यक्षमा एक जना र वडा सदस्यमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कैलाश दाहालले जानकारी दिनु भयो । बहुदरमाई नगरपालिकामा ३ जना वडाध्यक्षको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टराईले जानकारी दिनु भयो ।


पोखरिया नगरपालिकामा राप्रपा बाट मेयरमा जीवनज्योती पासवान नेपाल सुशासन पार्टीको तर्फबाट मेयरमा शंकर राउत अहिर उपमेयरमा बिणादेवी, सहित ७ वटा वडाध्यक्ष सहित ३५ जनाको उम्मेदवारी परेको छ भने स्वतन्त्रमा मेयरमा धर्मराज यादव र उपमेयरमा जयकुमार रजकको उम्मेदवारी परेको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिनु भयो ।

 

ठोरी गाउँपालिकामा नेकपा एकिकत समाजवादी पार्टीको तर्फबाट गंगा बहादुर खड्काको अध्यक्षमा उममेदवारी दर्ता भएको निर्वाचन अधिकृत शिजवराज न्यौपानेले जानकारी दिनु भयो ।


निर्वाचन आयोगले उम्मेदवारी दर्ताकोलागि दुई दिनको समय तोकेको भएपनि पहिलो दिन उम्मेदवारी दर्ता नभएको देखिएको छ । राजनीतिक दलहरुले पालो पालो उम्मेदवारी दर्ताको भद्र सहमती गरेपनि कार्यान्वयनमा भद्र अवज्ञा गरेको एक निर्वाचन अधिकृतले टिप्पणी गर्नु भयो । दुई दिनकालागि मनोनयन दर्ताको समायवधी राख्नुको उद्देश्य सफल हुन नसकेको उहाँको टिप्पणी छ । पर्साको पर्सागढी नगरपालिकामा आज एक जनाको मात्र उम्मेदवारी पर्नुले पनि त्यही कुराको पुष्टि गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.