logo

पोष्ट कमाण्ड पर्साको पछिल्लो निर्णय, अत्यावश्यक बस्तुका पसलहरु बिहान ११ देखी दिउसो ३ बजे सम्म खुल्ला रहने

      4/17/2020 गते 00 00 मा प्रकाशित     1818   पटक पढिएको

बीरगंज ५ बैशाख ।  
कोभिड १९ कमाण्ड पोष्ट पर्साको शुक्रवार बसेको बैठकले लकडाउनको प्रभावकारिताकालगि नयाँ प्रवन्धहरु सार्वजनीक गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले आपूर्ती ब्यवस्था सहज बनाउनकालागि  महत्वपूर्ण निर्णय गरेको छ ।

लकडाउनको आज सम्मको अवस्थाको शिलेष्णात्मक समिक्षा पछि यस्तो निर्णयमा पुगेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।


बैठकले अत्यावश्यक बस्तुहरु खाद्य,किराना,पानी ग्यासको बिक्री बितरणका पसलहरु बिहान ११ बजे देखी दिउसो ३ बजे सम्म खुला राख्ने निर्णय गरेको छ । औषधी भने २४ घण्टा खुला रहने छ ।


खुला स्थानमा तरकारी र फलफूलको बिक्री बितरणलाई  रोक लगाएको छ भने होम डेलीभरि गर्न दिने निर्णय भएको छ । त्यसैगरि साँगुरा गल्ली,ठेलागाडा र चोकहरुमा पनि तरकारीको बिक्री बितरणलाई रोक लगाइएको छ ।  


बैठकले अत्यावश्यक बस्तुहरुको खरिद बिक्री गर्ने क्रममा कोरोना भाइरसको संक्रमणको जोखिम हुन नदिन  ,भिडभाड हुन नदिन उपभोक्ताहरुलाई कम्तिमा ३ फिटाको दुरी कायम गरि लाइनमा राख्नु पर्ने निर्णय गरेको छ ।

 

उपभोक्तावीचको सामाजिक दुरीलाई कामय गर्ने कुराको जिम्मेवारी भने सम्बन्धीत ब्यवसायीको हुने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिनु भयो । ब्यवसायीले ब्यपार मात्र गर्ने होइन संक्रमण नफैलीयोस भन्ने कुराको ख्याल राख्दै आफना उपभोक्ताालाई ३ फिटको दुरीमा लाइनमा बसेर सामान लिन आग्रह  गर्ने र त्यही अनुसारको ब्यवस्थापन गर्नु पर्ने उहाँले बताउनु भयो ।


संक्रमण नफैलियोस भन्नकालागि ब्यापारी र उपभोक्ता  सबैले मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने निर्णय शुक्रवारको बैठकले गरेको छ ।  अत्यावश्यक सामान खरिद गर्न जादा सवारी साधनको प्रयोग गर्न नपाइने प्रवन्ध समेत गरिएको छ ।

 
 अत्यावश्क बस्तुहरु उत्पादन गर्ने उधोग तथा  बिक्री गर्ने बितरकहरुले  संक्रमणको जोखिम नहुने गरि आफनो उधोग वा प्रतिष्ठानमा कार्यरत कर्मचारी मजदुरहरुकालागि स्यानेटाइजर,मास्क तथा पञ्जाको ब्यवस्था गर्नु पर्ने निर्णय भएको छ ।

 

उधोगले २५ जना भन्दा बढी ब्यक्तिहरु एक ठाउमा जम्मा हुन नदिन र समाजिक दुरीलाई कायम  राख्नु पर्नेमा ध्यान दिन र  त्यसकुराको सुनिश्चितताकाको लागि बीरगंज उधोग बाणिज्य संघलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता बस्नेतले बताउनु भयो । 

पर्सा जिल्लाका बिभिन्न क्वारेन्टिनमा रहेका र १४ दिन पुगेकाहरुको आरडिटी टेस्ट गर्ने  र नेगेटिभ रिर्पोट आएमा १ हप्ता  होम क्वारेन्टिनमा बस्ने गरिआवश्यक प्रक्रिया पुरा गरे आफन्तको जिम्मा लगाउने साथै पिसीआर गरि नेगेटिभ आएका जमाती बाहेककालाई पनि होम क्वारेन्टिनमा रहने गरि आफन्ताको जिम्मा लगाउने निर्णय भएको छ ।

 

बैठकमा बीरगंजमहानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी ,मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्याय, बीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरुण कुमार महतो, प्रमुख सेनानी मदनजंग राणा ,प्रहरी उपरिक्षक गंगा पन्ता सशस्त्र प्रहरी उपरिक्ष दिपेन्द्र कुँवर ,उप अनुसन्धान निर्देशक कुमार खडका बीरगंज उधोग बाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.