logo

एमाले र लोसपाको तर्फबाट बीरगंजको प्रमुख उप्रमुखमा सरावगी र झाको उम्मेदवारी

 इसीमाना सम्बाददाता     २०७९ बैशाख १२ गते ०३: ४९ मा प्रकाशित     763   पटक पढिएको

नेकपा एमालेको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा बिजय कुमार सरावगीको उम्मेदवारी दर्ता भएको छ ।

 

बीरगंजमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका वीचमा चुनवाी तालमेल भएको छ । सरावगीको प्रस्तावमा नेकपा एमालेका केन्द्रीय सदस्य एव. पर्साका इन्चार्ज प्रभु हजरा प्रस्तावक र सर्मथकमा पार्टीको महानगर कमिटीका अध्यक्ष राजेन्द्र राउत अहिर रहनु भएको छ । बीरगंजको घण्टाघरबाट हजारौ सर्मथकको बाजागाजा सहितको जुलुशको नेतृत्व गर्दै सरावगी उम्मेदवारी दर्ता गराउन जिल्ला समन्वय समितिको कार्यालयमा पुग्नु भएको थियो ।

 


त्यसैगरि उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट पुरुषोत्तम लाल झाले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रमुख सरावगी र उपप्रमुखका उम्मेदवार झा दुबै पार्टीको संयुक्त जुलुस सहित निर्वाचन कार्याल जानु भएको थियो ।

 

संचारकर्मीसंग संक्षीप्त प्रतिक्रिया दिदै प्रमुखका उम्मेदवार सरावगीले साना पार्टीमा बसेर बीरगंजको बिकास गर्न नसकिने निष्कर्षका साथ आफू एमालेमा प्रवेश गरेको बताउनु भयो । उहाँले बीरंगजका जनताको अमूल्य मत आफूले पाउने बिश्वास ब्यक्त गर्दै बीरगंजको वास्तविक बिकासकालागि केन्द्रीय सत्तासंग सहकार्य जरुरी रहेको बताउनु भयो ।

 

उहाँले जसपामा राम्रो मान्छेलाई हतोत्साही गर्ने अपमान गर्ने प्रवृति रहेको चर्चा गर्दै राजनीतिक संस्कारको अभाव रहेको बताउनु भयो ।
उहाँले राम्रो उम्मेदवारलाई आफनो मतदान गर्न बीरगंजबासीलाई आग्रह गनुृ भयो । उपप्रमुखका उम्मेदवार झाले पनि इमान्दार र योग्य ब्यक्तिलाई जिताउन बीरगंजबासीसंग अपिल गनुृ भएको छ ।


एमालेका केन्द्रीय सदस्य प्भू हजराले चुनावी तालमेलले बीरगंजको परिणाम एमाले र लोसपाको पक्षमा आउने कुरामा ढुक्का हुन आग्रह गनुृ भयो । सरावगीको १७ औ नम्बरमा उम्मेदवारी दर्ता भएको छ ।

गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए । मेयरमा निर्वाचित भएको केही महिनापछि नै सरावगीले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.