logo

बीरगंजमा गठबन्धनको बैठक, समाजवादी र माओवादीको प्रश्न हाम्रो भोट रुख र छातामा किन ? थामथुम पार्न समिति गठन

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १४ गते १२: ०५ मा प्रकाशित     1102   पटक पढिएको

आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा गठबन्धको उदेश्य प्राप्ति गर्न पाँच दलीय गठबन्धनको बैठक बीरगंजम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्द्धन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा तीन वटा निर्णय गरिएको जनता समाजवादी पार्टी पर्साका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनु भयो।
वीरगंज महानगरपालिकामा गठबन्धनबाटै मेयर ,उपमेयर छिनोफानो लागिसकेको र बाँकी १३ वटा पालिकाको बिषयमा निर्णय भएको हो ।

 

वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन परिचालन उप समिति गठन गर्ने ,जनपरिचालन उप समिति आवश्यकता अनुसार व्यक्ति,संघरसंस्था संग समन्वय गर्ने अधिकार समेत दिने र वीरगंज बाहेकका १३ स्थानीय तहका गाउँपालिका र नगरपालिकाका गठबन्धन सम्बन्धि अवस्थाको अध्ययन र आगामी कार्यक्रमको लागि जिल्ला स्तरीय उप समिति गठन गर्ने गरि निर्णय गरिएको छ।


बैठकले नेपाली कांग्रेसका नेता श्याम पोखरेलको संयोजकत्वमा ६ सदसीय वीरगंज महानगरपालिका स्थानीय तह निर्वाचन उप समिति गठन गरेको छ।


नेपाली कांग्र्र्रेसका प्रकाश उपाध्याय,नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता,जसपाबाट जन्नत अन्सारी ,जसपाबाटै मुकेश द्विवेदी र नेकपा एकिकृत समाजवादीबाट मनोज चौधरी रहने गरि उप समिति गठन भएको हो ।

त्यसैगरी नेपाली कांग्रेसका नेता रामनारायण कुर्मीको संयोजकत्वमा पर्साका १३ स्थानीय तहमा गाउँपालिका र नगरपालिकाका गठबन्धन सम्बन्धि अवस्थाको अध्ययन र आगामी कार्यक्रमको लागि जिल्ला स्तरीय कार्यदल गठन भएको छ । कार्यदलले निर्वाचन हुनु भन्दा एक हप्ता अगाडि सम्म सबै दलको अवस्था र शक्तिको बारेमा अध्ययन गरी निष्कर्ष निकाल्ने जिम्मेवारी पाएको छ ।

 

समितिले दिएको प्रतिवेदनको आधारमा निर्वाचनको मैदानमा बलियो देखिएको पार्टीलाई सहयोग गर्नेगरी गठबन्धनले निर्णय गर्ने स्रोतले जनाएको छ । त्यसो हुदा अहिले मैदानमा रहेका केही उम्मेदवारले राजनीतिक रुपमा आफनो उम्मेदवारी फिर्ताको घोषणा गर्नु पर्ने अवस्था आउन सक्छ ।पर्सामा गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र ,एकिकृत समाजवादी र जनमोर्चालाई नेपाली कांग्रेस र जसपाले केही पनि दिएका छैनन ।

 

बीरगंज महानगरमा मेयर र उपमेयरमा गठबन्धन हुनु बाहेक अन्त सबैले आफनो राजनीतिक शक्तिका अनुसार उम्मेदवारी दिएका छन । निर्वाचनको मैदानमा प्रतिस्पर्धा गर्दा एकले अर्कोलाई हराएर जित्नु पर्ने अवस्थामा यो गठबन्धन “बोकाको मुखमा कुभिण्डो” जस्तो भएको नेताहरुको टिप्पणी छ । बैठकमा माओवादी र समाजवादी पार्टीले आफनो मत किन रुख र छातामा हाल्ने भन्दै प्रश्न गरेपछि माओवादी र समाजवादीलाई मनाउन यस्तो समितिको निर्माण गरिएको दावी एक नेताको छ ।

 

समितिमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति अशोक गुप्ता, लालन द्विवेदी,जसपाबाट जनार्द्धन यादव,तबरेज अहमद,नेकपा माओवादी केन्द्रबाट छोटेलाल यादव, शेख चाँद तारा र नेकपा एसबाट गङ्गा बहादुर खड्का रहेको समिति निर्माण गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.