logo

गठबन्धनको नाममा अपमान सहेर नवस्ने एकिकृत समाजवादीको ठहर, गठबन्धन संकटमा

 इसीमाना सम्वाददता     २०७९ बैशाख २० गते १०: ०६ मा प्रकाशित     701   पटक पढिएको

नेकपा (एकीकृत समाजबादी) लाई गठबन्धनमा बसेर अपमान नसहन कार्यकर्ताको दवाव बढेको छ । कार्यकर्ता पंक्ति भने जसपा र कांग्रेसमा घमण्ड पलाएकोले त्यो घमण्ड तोडनु पर्ने निष्कर्षमा पुगेका छन । गठबन्नधको अपमान सहेर त्यसमा बस्नुको साटो आफ्नो जनमतको बैकल्पिक ब्यस्थापनमा लाग्न समेत नेताहरूलाई कार्यकर्ताले दवाव दिएका छन ।

 

समाजवादी र माओवादीकाmलागि बीरगंज महानगर र पर्सा जिल्ला गठबन्धन भन्दा पनि “ठगबन्धन” भएको छ । पर्साको कुनै स्थानीय तहमा जसपा र नेपाली कांग्रेसले सहयात्री दल माओवादी र समाजवादीलाई कुनै पदमा सघाउने निर्णय भएको छैन ।

 

एउटा सदस्य समेत नपत्याए पछि नेकपा एकिकृत समाजवादीका स्वाभिमानी कार्यकर्ताले पार्टी नेतृत्वलाई नेतृत्व ल्याकतमै समस्या देखाएका छन ।

 

एकिकृत समाजवादीको नेतृत्वको आफूले हुकाएको बिकास गरेको आफनै रगत पसिनाबाट निर्माण भएका पार्टी नेकपा एमालेलाई हराउने एक सुत्रिए अभियान छ । कांग्रेस र जनता समाजवादी पार्टीले यही बुझेर होला एकिकृतलाई एक ठाउमा पनि सघाउने रुची देखाएन ।

 

माओवादीले ठोरीमा प्रतिस्पर्धा गर्दैछ तर नेपाली कांग्रेस जसपाले त्याहा पनि माओवादीसंग संगै आफना उम्मेदवारहरु मैदानमा उतारेर माओवादीको वास्तविक हैसियत माथि प्रश्न उठाएको छ ।
एकिकृत समाजवादीको कार्यकर्ता पंक्तिले अपमानको बिरुद्ध बिद्रोहको उदघोष गरिरहदा माओवादी केन्द्रको भने संयुक्त घरदैलोको समाचार सार्वजनीक भइरहेको छ ।

नेकपा एकिकृत समाजवादीले वीरगंज महानगर भित्रका विभिन्न वार्डका उम्मेदवारहरुको भेला सम्पन्न गरेको छ । पार्टीको महानगर कमिटीद्वरा आयोजित उम्मेदवारहरुको भेलाले बर्तमान गठबन्धन प्रती आपती नै जनाएको छ ।

वीरगंज महानगरमा केन्द्रिय निर्णय बमोजिम बनेको चार दलिय गठबन्धन मध्येका दुई दल जसपा र नेपाली कांग्रेस एक पक्षीय ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै भेलाले बर्तमन गठबन्धन प्रती आपती जनएको हो ।

 

मेयर र उपमेयरका प्रत्यासीहरुले गठबन्धनमा सामेल दलका उम्मेदवारसंग समन्वय नगरि आ आफ्ना दलका प्रत्यासीहरुसंग घर दैलो गर्न थालेपछि एकिकृत समाजवादीका उम्मेदवारहरुले गठबन्धनको औचित्य माथि सवाल उठाएका हुन ।

गठबन्धनमा सामेल नेपाली कांग्रेसलाई उपप्रमुखमा र जसपालाई मेयर अन्य दलले सघाउनु पर्ने तर ति दुबै पार्टीले गठबन्धनमा सामेल अन्यदलका उम्मेदवारहरुलाई जिल्ला भरि कही पनि सघाउनु नपर्ने अपमानपूर्ण गठबन्धनलाई उनीहरुकोले “ठगबन्धन” संज्ञा दिदै गठबनधनका उम्मेदवारहरुलाई मत दिन आफूहरु बाध्य नभएको पार्टी नेतृत्वलाई जानकारी गराएका छन ।


बीरगंजको ३२ वटै वडामा नेपाली कांग्रेस र जसपाले आफना उम्मेदवार उठाएका छन । अन्य दललाई कही पनि सहयोग गर्ने गरि गठबन्धनमा निर्णय भएको छैन । सबै दलको शक्तिको अध्ययन गरेर राजनीति निर्णय लिने गरि गठबन्धनका दलले एउटा संयन्त्र बनाएको भएपनि त्यसले समेत अन्य दललाई समेटन सक्ने गरी काम गर्न नसकेको स्रोतले जनाएको छ ।

वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता भएको भेलाले गठबन्धनको नाममा अपमान सहेर गठबन्धनको पछ्लगुवा नबन्ने समेत निर्णय गरेको छ ।

भेलामा पार्टीको पोलिटब्युरो सदस्य एवं वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगरका उपाध्यक्ष मन्जुर आलम, सचिव बृजलाल पासवान, युवा संघ पर्साका इन्चार्ज अनिल पटेल लगाएतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.