logo

मधेश प्रदेशका चार तहमा गठबन्धन, वडाध्यक्षका उम्मेदवारको सवाल गठबन्धन हो की लठबन्धन

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २१ गते ०४: ४२ मा प्रकाशित     862   पटक पढिएको

जनता समाजवादी पार्टीका एक जना अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा पाँदलीयग गठबन्धन टुटेको छ । सहमतीमा उम्मेदवारको टुङ्गो नलागेपछि नेपाली कांग्रेसले पत्र लेखेर आफना सबै उम्मेदवारलाई जिताउने गरी अभियान संचालनमा सरिक हुन पार्टी कार्यकर्तालाई निर्देशित गरेको छ ।

 


त्याहा नेपाली कांग्रेस र जसपामा मात्र गठबन्धन थियो तर वडा तह सम्म मिलाएर उम्मेदवारी दिन नसक्दा गठबन्धन टुटेको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले नेता कार्यकर्ताहरुको राय अनुसार दुबै दल स्वस्थ र मित्रवत् निर्वाचानमा जान तयार रहेको बताए ।


मधेश पदेशको गठबन्धनको लिला पालुङटारको भन्दा फरक छैन । मधेश प्रदेशका १ सय ३६ पालिकामध्ये जम्माजम्मी ४ वटामा गठबन्धन भएको छ । गठबन्धनले जनकपुर उपमहानगरमा जसपाका लालकिशोर साह, कलैया उपमहानगरमा कांग्रेसका राजेश राय यादव, जितपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल र वीरगन्ज महानगरमा जसपाकै राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ । मधेश प्रदेशमा भएको गठबन्धन यती हो । यसमा नेकपा एकिकृत समाजवादी र जनमोर्चा नामको पार्टीलाई केही पनि हात लागेको छैन ।


देशैभरि गठबन्धन भएको जम्मा २८ प्रतिशत हो । २ सय ९ पािलकामा मात्र गठबन्धन भएको छ । देशभरि ७ सय ५३ स्थानीय छन ।

कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा गठबन्धनको प्रयास गरेका हुन् । गठबन्धन भएकामा १ सय ३४ मा नेपाली कांग्रेस, ४९ मा माओवादी ,एकिकृत समाजवादीले १८ जनता समाजवादीले ४ र जनमोर्चाले ४ पालिकाको प्रमुखको नेतृत्व पाएको छ । सबैभन्द कम गठबन्धन भएको प्रदेश ने मधेश हो ।

 

मधेश प्रदेशको एकमात्र महानगर बीरगंजमा “गठबन्ध” दिनभरिको शिकार खाउ त भने कान्छा बाउको अनुहार जस्तो भएको छ । मेयर र उपमेयरमा गठबन्धन छ । ३२ वटा वडामा सेटमै आ आफ्ना उम्मेदवार छन नेपाली कांग्रेस र जसपाका । त्यतीमात्रै होइन माओवादी र एकिकृत समाजवादीले पनि आ आफ्नो तरिकले उम्मेदवारी दिएका छन ।

 

गठबन्धनको एक साता अगाडि बसेको बैठकले आन्तरिक अनुसन्धान गरेर जुन वडा वा पालिकामा जुनपार्टी बलियो देखिन्छ त्यसलाई अन्य पार्टीले सघाउने गरि निर्णय भएको थियो । २० गते त्यस बिषयमा छलफल गरि निष्कर्षमा पुग्ने गठबन्धनदलले बताएका थिए ।

त्यो समितिले आफनो प्रतिवेदन नबुझाएकोले केही निर्णय गर्न नसकेको नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले बताउनु भयो । २१ गते हुदा सम्म माओवादी र एकिकृत समाजवादीले उचित सम्बोधन भएको महशुस गरेका छैनन ।

उनीहरुले आफूले केही नपाउदा आफनो मत रुख र छातामा किन हाल्ने भनेर प्रश्न उठाएका छन ।
गठबन्धनमा रहेका मेयर उपमेयरले एकिकृत रुपमा संगै घरदैलो गर्न सकेका छैनन । उपमेयर आलग मेयर अलग घरदैलोमा जनताकोमा पुग्दा जनता नै कस्तो गठबन्धन हो संगै हिड्न नमिल्ने भन्दै साउती मार्ने गरेका छन । वडा वडामा नेपाली कांग्रेस र जसपाका उम्मेदवारवीच प्रतिस्पर्धा छ ।

 

कुन वडाध्यक्षलाई लिएर घरदैलोमा जाने,मेयर उपमेयरलाई पनि कम्ता दुःख छैन । तर वडाध्यक्षहरु नै उद्देक लाग्दो अवस्थामा छन । नेताहरुले मेयर उपमेयरमा गठबन्धन गरे वडाध्यक्षलाई आफनै बुतामा लड भन्छन हामी गठबन्धनकै पार्टीका मान्छेसंग लड्नु पर्ने यो गठबन्धन हो की लठबन्धन भन्दै एक जना वडाध्यक्षका उम्मेदवार बिरक्ती पोख्छन ।

 

उनको जोड छ, हाम्रा नेताले हाम्रोलागि होइन हामी जसका बिरुद्ध लडदै छौ त्यसकै नेताकालागि भोट माग्दै छन उनले दिक्दारी पोखे । उनको प्रश्न छ सगै हिडेर जनताको वीचमा जान नसक्ने यस्तो गठबन्धनको सुत्रधार प्रति उनले दायाभाव मात्र राख्न सकिने बताए । सगै हिड्न नसक्ने गठबन्धन हुदै होइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.