logo

अन्तत महानगर र गण्डक अस्पतालवीच सम्झौता सम्पन्न,“स्टन्ट ” भन्न्नेहरु साइलेन्ट, अव सुविधा सम्पन्न कोरोना अस्थायी अस्पताल चल्ने

      4/18/2020 गते 00 00 मा प्रकाशित     1218   पटक पढिएको

बीरगंज ६ बैशाख । 
अन्तत बीरगंज महानगरपालिकाले सुविधा सम्पन्न कोमडड १९ अस्पताल संचालनमा ल्याउन शनिवार बीरगंजको गण्डक अस्पतालसंग सम्झौता गरेको छ ।

 

बीरगंज महनगरपालिकाका प्रमुख बिजय कुमार सरावगी र नेकपा महानगर कमिटीका अध्यक्ष एवं गण्डक अस्पतालका संचालक रहवर अन्सारीलाई साक्षी राखेर समझौता पत्रमा दस्तखत भएको छ । महानगरको तर्फबाट निमित्त प्रशासकीय अधिकत अरुण कुमार महतो र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मँुतुवा अन्सारीले हस्ताक्षर गर्नु भएको छ ।


सम्झौताको अवधी तीन महिनाको रहने उल्लेख छ ।  सम्झौतामा दोश्रो पक्ष रहेको गण्डक अस्पतालले अस्पताल उपलब्ध गराए बापतको कुने शुल्क नलिने सम्झौतामा उल्लेख छ  ।अस्पतालले आफूसंग रहेको भवन ,उपकरण लगायतका सबै कुराहरु उपलब्ध गराउने छ । 


 । तर अस्पतालले तिर्नु पर्ने बिजुली पानी ,उपकरणको मर्मत सम्भार जेनरेटर तथा खाना खर्चमा लाग्ने रकम भने समझौतामा पहिलो पक्ष भनिएको बीरगंज महानगरले भूक्तानी गर्ने छ । महानगरले सूचना गरेको २४ घण्टा भित्रमा अस्पताल उपलब्ध गराउनु पर्ने समझौतमा उल्लेख  ।

 

कोभिड अस्पताललाई आवश्यक पर्ने जनशक्तिको ब्यवस्था नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्टकोेको संयोजकत्वमा गठन भएको समितिको निर्देशन अनुसार हुने उल्लेख छ ।

 

कोभिड १९ अस्पतालमा खटिने सम्पूर्ण जनशक्तिको तलब भत्ता ,इन्सुरेन्स क्षतीपूर्ती नेपाल सरकारको नियमानुसार बीरगंज महानगरले ब्यहोर्ने सम्झौतामा उल्लेख छ । अस्पतालमा खटिने जनशक्तिको खाना ,क्वारेन्टिन तथा यातायातको ब्यवस्था र अस्पतालमा हुने टेष्टहरु, स्वास्थ्यकर्मचारीकलागि अवश्यक स्वास्थ्य सुरक्षा उपकरणहरु सबैको ब्यवस्थापन बीरगंज महानगरपालिकाले गर्ने छ ।


अस्पतालमा उपकरण अभाव भएमा अस्पतालसंगको सम्न्वयमा महानगरले त्यस्तो उपकरणको आपूर्ती गर्ने छ । अस्पतालले बिरामीसंग कुनै शुल्क लिन पाउने छैन । अन्य बिषयमा दुबै पक्षको सहमतीमा निर्णय लिन सकिन प्रवन्ध राखेर समझौता सम्पन्न भएको छ ।

 

महानगरले आफना नागरिककालागि कोरोना उपचारको अस्थायी अस्पताल बनाएर महामारीको ब्यवस्थापनमा महत्वपूर्ण कदम निर्वाह गरेको छ । सुविधा सम्पन्न कोरोना अस्पताल नागरिक प्रतिको जिम्मेवारीका कारण सम्भव भएको छ ।

 

आफूले संचालन गर्दै आएको अस्पताल निशुल्क रुपमा कोरोना अस्पताल संचालनकालागि दिएर युवा नेता अन्सारीले संकटमा जनताको साथमा उभिने आफनो परिचयलाई फेरी एक पटक प्रमाणीत गर्नु भएको छ । अन्सारीले अस्पताल दिने भनेर समाजिक संजालमा लेख्दा धेरैले महामारीको बेलामा गरिएको “स्टन्ट” भन्दै घोषणालाई भद्धा मजाक मनाएका थिए ।

 

तर आज नोपलको करार कानून आकर्षित गर्दै अस्पताल उपलब्ध गराउने कानूनी कागजमा हस्ताक्षर गरेर अन्सारीले समाजिक संजालमा निम्छरो तर्क गरेर रमाउने  अराजक सकारात्म र सृजनात्मक हुन नसक्नेहरुलाई गतिलो जवाफ दिनु भएको छ ।

 

महानगर नेतृत्वले प्रदेश र संघ सरकारले आँट गर्न नसकेको आँटेर गरि देखाउन सफल भएको छ । होस्टे मा हैैसे गर्दै अन्सारीले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भन्ने कुरा स्थापित गरेका छन । 


समझौता पछि स्वास्थ्य मंत्रालयको टोली बीरगंजका चिकित्सक बीरगंज महानगरको टोलीले गण्डक अस्पतालको भौतीक निरिक्षण गरेको महानगरका अवैतनीक प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.