logo

‘१० वर्षमा स्वीमिङ पुलको विकास गर्नु सक्नु भएन’ महानगरको ३२ वडाको विकास कसरी गर्नुहुन्छ ?’

सम्झौता पत्रमा अनिवार्य रुपमा दुबै पोखरी सञ्चालन गर्नुपर्ने उल्लेख भएपनि झन्डै ५ वर्षदेखि ठूलो पोखरी सञ्चालनमा आउन सकेको छैन् ।

 इसीमाना सम्वाददता     २०७९ बैशाख २५ गते ०९: ४१ मा प्रकाशित     727   पटक पढिएको

 ‘म राजेशमान जीलाई प्रश्न गर्न चाहन्छु । १० वर्ष स्वीमिङ पुलको ठेक्का लिनु भयो । त्यस्को विकास गर्न सक्नु भएन् । महानगरको ३२ वटा वडाको विकास कसरी गर्नुहुन्छ ?’ यो प्रश्न हो वीरगन्ज ३ प्रगतीनगर निवासी २५ वर्षीय युवक तफा अन्सारीको ।

 

गत वैशाख १६ मा नेपालका चर्चित पत्रकार ऋषि धमालाले वीरगन्जको कुमु प्यालेस होटलमा आयोजना गरेको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा अन्सारीले कांग्रेस–जसपा गठबन्धनका मेयर उम्मेदवार राजेशमान सिंहलाई वीरगन्जको स्वीमिङ पुल तथा हेल्थ क्लब परिसरको जीर्ण अवस्था बारे प्रश्न तेस्र्याएपछि अधिकांशले ताली पड्काएका थिए ।

 

मेयरका प्रत्याशी राजेशमान सिंहलाई भने अप्रत्याशीत प्रश्नले निल्नु न ओकल्नु बनाएको थियो । उक्त कुरा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो ।  तत्कालिन वीरगन्ज उपमहानगरपालिकाले झन्डै ४ करोड रुपैयॉको लागतमा निर्माण गरेको स्वीमिङ पुल तथा हेल्थ क्लब परिसर अहिले सार्वजनिक निजी साझेदारी सम्झौता अन्तर्गत रुपेश ठेक्का पट्टाले सञ्चालन एवं व्यवस्थापनको जिम्मा पाएको छ ।

शुरेश ठेक्का पट्टाका सञ्चालक शुरेश मान सिंह हुन् । शुरेश, राजेश मान सिंहका भतिजा हुन् । उनले विगत ६ वर्षदेखि स्वीमिङ पुल तथा हेल्थ क्लब परिसर सञ्चालनको जिम्मा लिएका छन् ।

 

          आर्थिक वर्ष २०७३/०७४ मा सिंहले पहिलो पटक ५ वर्षका लागि स्वीमिङ पुलको ठेक्का पाएका थिए । दोस्रो पटक उनले २०७८ साउन १७ मा अर्को ५ वर्षका लागि ठेक्का पाइसकेका छन् । 

 

५ दलीय गठबन्धनबाट मेयरका प्रत्याशी राजेशमान सिंहको निजी सचिवालय कै रुपमा स्वीमिङ पुल रहेको छ । रुपेश भन्दा अगाडि जय प्रकाश कोइरीले स्वीमिङ पुलको ठेक्का लिएका थिए । कोइरी पनि राजेशमान निकट भएर नै होला उनको ठेक्का अवधिमा पनि राजेशमानको राजनीतिक गतिविधिको अखडा स्वीमिङ पुल नै थियो ।

 

स्वीमिङ पुल नजिकैको प्रगतिनगर ऐरियामा बसोवास गर्दै आएका तफा अन्सारीले नजिकबाट राजेशमानका राजनीतिक गतिविधि नियाल्दै आएका थिए । तफा केही वर्ष राजेशमानसंग नजिक भएर उनको लागि काम समेत गरेका युवा हुन ।

 

वीरगन्जको विकास र समृद्धिका लागि मेयरमा उम्मेदवार दिएको अभिव्यक्ति राजेशमानले दिएपछि तफाले १० वर्षमा स्वीमिङ पुल त जीर्ण र अव्यवस्थित बनाइदिनु भयो, महानगरपालिकाको ३२ वटा वडा कसरी विकास गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । 

        तफाको प्रश्नको जवाफ दिदै राजेशमानले भने, ‘अध्ययन गर्नुस् कस्को नाममा छ । गलत गरेको छ भने कारवाही हुन्छ, कसैको लहलहीमा लाग्नु वीरगन्जका युवाका लागि शोभनीय होइन् ।’ यति कुरा भन्ने बित्तिकै हलमा उपस्थित युवाहरुले तपाई (राजेशमान सिंह) कै आफन्त र निकटका व्यक्तिहरुले ठेक्का लिएर अन्तराष्ट्रिय स्तरको स्वीमिङ पुललाई कुरुप बनाएको भन्दै हुटिङ गर्न थाले ।

 

त्यसपछि राजेशमान सिंह निकट युवाहरुले कुर्सीबाट उठेर राजेशमान जिन्दाबाद भन्दै मञ्च तर्फ बढेका थिए । कार्यक्रम सञ्चालक धमलाले युवाहरुलाई आग्रह गरेपछि केही समयको अन्तरालमा कार्यक्रम फेरि सुचारु भएको थियो ।

 

तफाले साधेको प्रश्नको भिडियो सचेत वीरगन्जेली युवाबीच केही दिन भाइरल नै बन्यो । स्वीमिङ पुलको अवस्था अवलोकनका लागि हाम्रो टिम आइतबार त्यहा पुगेको थियो । त्यहा भित्र रहेका दुईवटा स्वीमिङ पुल मध्ये १२ फुटको ठूलो स्वीमिङ पुल सुख्खा थियो, त्यसमा लामो समयदेखि पानी राखिएको छैन् ।  विगत ५ वर्षदेखि ठूलो स्वीमिङ पुल सञ्चालनमा आएको रहिनछ ।

साढे ५ फिटको सानो स्वीमिङ पुलमा २ दर्जनभन्दा बढी युवाहरु गर्मी छल्न पानीमा नुहाइरहेका थिए । सार्वजनिक निजी साझेदारी अन्तर्गत भएको ठेक्का सम्झौतामा दोस्रो पक्षले परिसर भित्र/बाहिरको दैनिक सरसफाई एवं स्विमिङपुलको पानीको शुद्धता राष्ट्रिय मापदण्ड अनुसारको हुनु पर्नेछ ।

 

प्रत्येक वर्ष मंसिर, पुस र माघ महिना बाहेकका महिनाहरुमा अनिवार्य रुपमा दुबै पोखरीहरु सञ्चालनमा ल्याउनु पर्नेछ । सम्झौता पत्रमा अनिवार्य रुपमा दुबै पोखरी सञ्चालन गर्नुपर्ने उल्लेख भएपनि झन्डै ५ वर्षदेखि ठूलो पोखरी सञ्चालनमा आउन सकेको छैन् ।

 

परिसरलाई सौन्दर्य एवं आकर्षक बनाउन परिसर स्थल भित्र र बाहिर रहेका पर्खालहरु रंगरोगन गर्ने र टुटफुट भएको भौतिक संरचनाहरुको मर्मत संभार गर्ने कार्य वर्षमा कम्तिमा एक पटक दोस्रो पक्ष (शुरेश ठेक्का पट्टा) ले गर्नु पर्नेछ भनि उल्लेख गरिएको छ । तर, परिसर र पर्खाल हेर्दा विगत लामो समयदेखि रंगरोगन नभएको जोकोहीले देख्न सक्छ । प्याराफिट माथि बनाइएको निलो क्लरको सेड टुटफुट भएर झरिसकेको छ ।

 

प्याराफिट समेत धेरै ठाउमा उप्किएको छ । सेड ह्वाङ छ अहिले । स्वीमिङ परिसरस‘गै त्यहा हेल्थ क्लब समेत छ । युवा र बयस्क उमेर समूहका लागि शारीरिक व्यायाम गर्न निम्ति त्यहा विभिन्न उपकरण हरु जडान गरिएको थिए । महिलाहरुले त्यहा जुम्बा लगायतका शारिरिक अभ्यास गर्दै आएका थिए । उपकरणहरु अवलोकन गर्न भित्र जान खोज्दा मूख्य गेटमा ताल्चा लगाइएको थियो । झन्डै ३ वर्षदेखि हेल्थ क्लब परिसर ठप्प रहेको छ ।

 

सम्झौता पत्रमा सुरेश ठेक्का पट्टाका सञ्चालक सुरेशमान सिंह र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले हस्ताक्षर गरेका छन् । संभारः हमारबीरगज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.