logo

महानगरका निर्वतमान प्रमुखद्वारा जनमतको उच्च सम्मान,प्रमुख सिंह र आलम सहित सबैलाई दिए बधाई

 इसीमाना सम्बाददाता      २०७९ जेठ १० गते ०४: ३४ मा प्रकाशित     870   पटक पढिएको

बीरगंज महानगरपालिकाका निर्वतमान प्रमुख बिजय कुमार सरावगीले नयाँ निर्वाचित प्रमुख राजेशमान सिंह ,उपप्रमुख इम्तियाज आलम लगायत सम्पूर्ण वडाध्यक्ष तथा नगर परिषद् सदस्यहरूलाई बधाई ज्ञापन गरेका छन ।


आफनो फेसबुक पेजबाट सन्देश जारी गर्दै सरावगीले बिजयी सबैलाई बधाई दिदै वीरगञ्जका मतदाताले स्थानीय चुनाव २०७९ मार्फत प्रकट गरेको अभिमतको उच्च सम्मान गरेका छन।


सरावगीले लोकतानित्रक संघीय गणतन्त्र नेपालमा ०७४ को निर्वाचन मार्फत आफूलाई महानगर प्रमुख बनाउने र प्रमुख भई सेवामा समर्पित हुने मौका दिनुभएको भन्दै फेरी पनि महानगरवासीप्रति आभार प्रकट गरेका छन ।

उनले पहिलो कार्यकालमा आवश्यक कानूनको निर्माणको परिवेशको चर्चा गर्दै सीमीत श्रोत साधन, कोरोना महामारी जस्ता कुराले जन अपेक्षाको सम्बोधन सहज नभएको स्मरण गर्दै असहज अवस्थाकै बीचमा वीरगञ्जमा विकास निर्माणका थुप्रै काम भएको उल्लेख गरेका छन । 


हामीलाई थाहा छ, संघीयता कार्यान्वयनको पहिलो कार्यकाल मूलतः कानूनी पूर्वाधार निर्माणको समय थियो । महानरको सरावगीले
वीरगञ्जको वृहत्तर विकासको आधार तयार भएको र विकासको तीव्र गतिमा दौडिन सक्ने अवस्थामा पुगेको चर्चा गर्दै सरावगीले पछिल्लो अनुभवको आधारमा बीरगंजको बिकासकालागि फेरी महानगरवासीको बीचमा आउन चाहेको तर आदरणीय नगरवासीले मतादेशमार्फत स्थापित गर्नुभएको नेतृत्व परिवर्तनको चाहानाप्रति म सम्मान व्यक्त गर्दछु भनेका छन ।


यो चुनावी महाअिभयानमा विभिन्न कठिनाइहरूलाई सामना गर्दै सक्रियतापूर्वक सहभागी हुनुभएका सम्पूर्ण वीरगञ्जवासी मतदाता, कर्मचारी, सुरक्षाकर्मीहरू, नेकपा एमालेका नेता तथा कार्यकर्ता, सहयोगी एवम् शुभेच्छुकहरूमा म कृतज्ञता प्रकट गर्न चाहान्छु सरावगीले भनेका छन स्थानीय सरकारको रुपमा पहिलो कार्यकालमा महानगरले तयार पारेका विकासका आधारहरूलाई अबको नयाँ नेतृत्वले थप परिस्कृत र प्रभावकारी बनाउँदै लैजाने छ भन्ने मैले विश्वास लिएको छु, त्यस निम्ति मेरो शुभेच्छामात्र होइन, निरन्तर सहयोग रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.