logo

नागरिकको जीवन रक्षाको कदममा राजनीति गर्नेहरुलाई जनताले जवाफ दिनेछनः प्रमुख सरावगी

      4/20/2020 गते 00 00 मा प्रकाशित     1160   पटक पढिएको

बीरगंज ८ बैशाख । 
वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस (कोभिड–१९) संक्रमणले निम्त्याएको संकटको सबै एकताबद्ध भएर सामाना गर्नुपर्ने बताउनु भएको छ । 

वीरगन्जमा पनि कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउन घोषणपछि वीरगन्ज महानगरपालिकाले महानगरवासीहरुका लागि गरेको कामको जानकारी दिन आज महानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । 

महानगरप्रमुख सरावगीले महामारीले विश्व मानवजाति संकटमा परेको अवस्थामा अहिले पनि कतिपय व्यक्तिहरु आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न उद्धत रहेको बताउदै मानवीय संवेदनसँग खेलबाड नगर्न अपिल गर्नु भयो । 

वीरगन्ज महानगरवासीलाई कोरोना संक्रमणबाट बचाउन महानगरपालिले  कुनै कसर बाँकी नराख्ने बताउदै उहाँले अहिले वीरगन्ज महानगरपालिका कुनै राजनीतिक दबाव र प्रभावमा नपरी नगरवासीको हितको लागि काम गरिरहेको बताउनुभयो ।

 महानगरपालिकाको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख सरावगीले महानगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन गरेको प्रयास कुनै स्वाथपूर्तिका लागि नभई वीरगन्जलाई कोरोना संक्रमण फैलिनबाट बचाउनकै लागि भएको बताउनुभयो ।

 

लकडाउन हुनुभन्दा अगाडिदेखि नै आम नागरिकलाई कोभिड–१९ को बारेमा जागरुक बनाउनका लागि पर्चा, पोस्टर, रेडियो, पत्र–पत्रिका आदिको माध्यमबाट व्यापक जनचेतना अभियान संचालन गर्दै सीमामा आवतजावत गर्ने भारत लगायतका तेश्रो मुलुकबाट आउने व्यक्तिहरुको तापक्रम नाप्ने र उच्च तापक्रम भएका व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने, भंसारमा महानगरपालिकाको स्वास्थ्य महाशाखाका कर्मचारीद्धारा हेल्थडेक्सको संचालन गरि वीरगंजमा प्रवेश गर्ने व्यक्तिको चेक जाँच गरिएको बताउनुभयो ।

 

लकडाउनको घोषणापछि वीरगन्ज नाकाको सीमा सुरक्षा निगरानीका लागि सुरक्षा निकायसँग समन्वय गर्दै दैनिक ज्यालादारी, मजदुरी गरी खाने घरपरिवारको लागि राहत सामाग्री उनीहरुको घर दैलोमा पु¥याउने काम गरिएको पनि बताउनुभयो ।

 

महानगरपालिका भित्र वसोवास गर्ने कोहीपनि ब्यक्ति भोकै वस्न नपरोस भनेर सर्वजनिक रुपमा हेल्प डेक्स खडागरी मोवाईल नम्वर सार्वजनीक गर्नेदेखि केडिया डेन्टल कलेज, कलवार धर्मशाला र सिद्धार्थ स्कुललाई क्वारेन्टाइनको लागि व्यवस्थापन गर्ने, ठाकुरराम क्याम्पसमा भारतीय नागरिकहरुको लागि छुट्टै वस्ने ब्यवस्था पनि मिलाइएको जानकारी दिनुभयो ।

 

प्रदेश सरकारको तर्फबाट २५ लाख पठाइएको बाहेक अन्य सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभएको जानकारी दिदै उहाँले आत्मज्ञान प्रचार संघबाट १ लाख र जयगणेश वचत सहकारीबाट १५ हजार तथा सिप्रदी टेडिङबाट चामल र दाल जिन्सी सहयोग प्राप्त भएको बताउनुभयो ।

 

अन्य प्रदेशहरुमा पिसिआर मेशीनबाट जाँच गर्ने कार्य धमाधम भैरहेको भएपनि वीरगंजमा संक्रमित देखिएको दुई हप्ता हुदाँ समेत कोरोना परीक्षण गर्ने पीसीआर मेशिन संचालनमा ल्याउन नसकिएकोले हेटौडा र काठमाडौ पठाउनुपर्ने बाध्य रहेको बताउनुभयो ।

 

यसमा प्रदेश र संघिय सरकारको भूमिका प्रभावकारी नभएको भन्दै मेयर सरावगीले असन्तुष्टि व्यक्त गर्नुभयो । वीरगंज नेपालकै मुख्य नाका भएरपनि संभावित जोखिम हुनसक्ने तीनबटा भंसारबाट भईरहेको आयातलाई समेत ध्यान नदिएको उहाँले बताउनुभयो ।

 

वीरगंजमा ३ जना मुस्लीम जमातीमा कोरोना भएको पुष्टी भएपछि थप संम्वेदनशील अवस्थामा सीमाको सुरक्षा, छपकैया गाउँ शिल गर्ने, संभावित जोखिममा रहेको त्यस क्षेत्रका जनताको द्रुत परिक्षण शुरु गरेर हाल सम्म एकहजार दुईसय नौ जनाको स्वास्थ्य परिक्षण गरिएको बताउनुभयो ।

 

त्यस्तै विपन्न र दैनीक ज्याला मजदुरी गरी खाने घरपरिवारको वडा कार्यालय मार्फत संकलन गरीएको विवरणका आधारमा वडाहरुमा पनि सर्वदलिय संयन्त्र वनाएर राहत वितरण गरिएको बताउनुभयो । यसरी वीरगन्ज महानगरगरिसकेको उहाँले जानकारी दिनु भयो । राहत वितरण गर्दा केही ठाउँबाट गुनासोहरु आउने गरेकोले त्यसका लागि अनुगमन गर्न वडा स्तरीय सर्वदलिय संयन्त्रलाई नै भनिएको उहाँले बताउनुभयो ।

 

वीरगन्जमा कोभीड अस्पताल संचालन गर्न गण्डक अस्पतालसँग सम्झौता गरिएको र स्वीकृतिका लागि मन्त्रालयमा पत्राचार गरिएको बताउनुभयो । नारायणी अस्पताललाई आम नागरिकको उपचार गर्ने केन्द्र वनाउनु पर्छ भनेर सवै राजनीतिक दल, नागरिक समाज र आम नागरिकबाट सुझावहरु आएपछि आपूmले निजी अस्पतालमा कोभिड विशेष अस्पताल बनाउन कदम चाल्नु परेको बताउनुभयो ।

 

आपूmले चालेको कदम आम वीरगंजवासी  जनताको पक्षमा भएकोले यसमा कसैले राजनीतिक गर्न खोज्छ भने त्यसको जवाफ एक दिन जनताले नै दिनेपनि उहाँले बताउनुभयो । केही अनलाईन र सोसल मिडियालाई प्रयोग गरि कोभीड अस्पतालको विषयलाई विवादमा ल्याउन खोजीएको प्रति आपत्ति जनाउदै उहाँले मानवीय भावले काम गर्दा विवादमा ल्याउन खोज्नु वीरगन्जकै लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

 

पछिल्लो चरणमा तीन जना भारतीय जमातीमा देखिएको कोरोना संक्रमणको विषयलाई लिएर पनि यहाँ धार्मिक सदभाव भडकाउन खोजिएको बताउदै उहाँले क्वारेन्टाईनमा वसेका ब्यक्तिहरुलाई समेत फोन गरेर मेयर मुस्लीम समुदायको विरुद्ध छ भनेर अफाव फैलाउने षड्यन्त्र गरेको बताउनुभयो ।

 

क्वारेन्टाईनको सम्पूर्ण रेखदेख नेपाली सेनाले हेरिरहेको भएपनि क्वारेन्टाईन ब्यवस्थापनको विषयमा समेत विवाद ल्याएर सेनालाई समेत विवादमा तान्ने कुचेष्टा गरिएको भन्दै प्रमुख सरावगीले त्यस्तो नगर्न आग्रह गर्नु भयो। 

अस्पताल उपयुक्तः बिज्ञ टोली

यसैबीच वीरगन्ज कोभिड अस्पताल संचालनका लागि भएको सम्झौता अनुसार अध्ययन गर्न गठन गरिएको विज्ञ चिकित्सकहरुको टोलीले वीरगन्ज महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।

 

कोभिड अस्पताल संचालनका लागि महानगरपालिकाले गण्डक अस्पतालसँग सम्झौता गरेपछि त्यहाँको पूर्वाधार संरचना र अस्पताल संचालनको लागि उपयुक्त छ कि छैन भनेर अध्ययन अनुगमन गर्न वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सहितको तीनजना चिकित्सक विज्ञहरुको टोलीलाई जिम्मा दिईएको थियो ।

 

मेसु डाक्टर मदन उपाध्याय, डाक्टर निरज सिंह र डाक्टर उदय नारायण सिंहको टोली गण्डक अस्पतालको अध्ययन अनुगमनका लागि खटाएको थियो ।

 

विज्ञ चिकित्सकहरुको टोलीले वीरगन्ज महानगरपालिकाले कोरोना विशेष अस्पताल संचालन व्यावस्थापन गर्न  चालेको कदम अत्यन्त सराहनीय रहेको र सम्झौता गरेको गण्डक अस्पताल कोरोना अस्पताल संचालनका लागि पनि उपयुक्त रहेको बताएका छन् ।

 

चिकित्सकहरुको टोलीले गण्डक अस्पताल बिरामी मैत्री रहेको र त्यसमा आवश्यक केही उपकरण तथा जनशक्ति व्यावस्थापन गर्नुपर्ने ७ बुँदे सुझाव सहित कोरोना अस्पताल सरकारको प्रचलित कानुन अनुसार गर्न पनि अनुरोध गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.