logo

मधेशका युवा बालेन जसले राजधानीमा इतिहास रच्दै बने महानगरप्रमुख ,उपप्रमुखमा डंगोल

 इसीमाना सम्वाददता     २०७९ जेठ १३ गते ०६: ५८ मा प्रकाशित     817   पटक पढिएको

काठमाण्डौको मेयरमा बालेन्द्र साहले अभूतपूर्व बिजय दर्ज गरेका छन । उनले ६१ हजार ७ सय ६७ मत ल्याएर आफना प्रतिद्वण्दी भन्दा २३ हजार ४ सय २६ मतको अन्तरले भब्य जित निकालेका हुन ।

 

र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर साहले ठुलो जनाधार र संगठन भएका नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलका उम्मेदवारलाई हराउदै कामठमाण्डौको मेयर जितेका हुन ।

 

मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ भोट ल्याइन् । एमालेका उम्मेदवार केशव स्थापित ३८११७ मतका साथ तेस्रो स्थानमा रहे ।

 

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार भोट कटाउन सफल भए । १३७७० भोटका साथ उनी चौथो स्थानमा छन् भने राप्रपाका मदनदास श्रेष्ठ ५७७० मत ल्याएर पाँचौ स्थानमा रहेका छन् ।

 

मेयरमा जितेका बालेन काठमाडौंको वडा नम्बर ९ को स्थायी बासिन्दा हुन् । उनी तीनकुने, गैरिगाउँमा बसोबास गर्छन् । बालेनको पुरानो घर भने महोत्तरी जिल्लामा छ । काठमाडौंको मेयर बन्ने उनी पहिलो मधेसी युवा हुन ।


०६३ को शान्तिपूर्ण परिवतन पछि उठेको पहिचानको आन्दोलनले तिब्र रुपमा जाति भाषा क्षेत्रको रुपमा राजनीतिलाई ध्रुबीकरण गरेको थियो ।

मधेशमा पहाडका मान्छेले चुनाव जित्ने कुरा र पहाडमा मधेशका मान्छेले चुनाव जित्ने कुरा कठिन हुन्छ की भन्ने वतावरण बनेको थियो ।

तर संबिधानको जारी भइसकेपछि बिस्तारै यो न्यारेटिभ परिर्वतन हुदै आएको छ । मधेश आन्दोलनको इपिसेन्टर बीरगंजमा २३ हजारकै मतान्तरमा राजेशमान सिंहको जित काठमाण्डौमा बालेन्द्र साहको जितले मधेशी पहाडी वा अन्य जात जाति भाषा भाषी र क्षेत्रको भन्ने “न्यारेटिभ”लाई परिर्वतन गर्न मद्धत मिलेको छ ।

 

काठमाण्डौमा मधेशीलाई चुनाव जित्न दिदैन भन्ने रटान अव भने बालेको बिजयसंगै मिथ्या सावित भएको छ । बालेनको जितले कुनै जाति बिशेष सम्प्रदाय बिशेष क्षेत्र बिशेष होइन जनताको मनको प्रतिनिधित्व गर्न सक्ने मान्छे कही पनि जित्ने र स्थापित हुन सक्ने सिद्ध गरेको छ ।

 

यसले स्वीकारोक्तिको सीमित घेराको बारेमा चर्चा गर्ने राजनीतिक “स्टन्ट” अन्त्य गरेर जनको मनमा हुने जित्ने कुरा स्थापित गरेको छ । नपालको राजनीतिको यो सबे भन्दा सुरन्दर पक्ष भएको बिश्लेषण गर्न थालिएको छ ।

नेकपा एमालेकी सुनिता डंगोल काठमाडौं महानगरको उपमेयरमा निर्वाचित बनेकी छन् । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरिन् ।

सार्वजनिक गरिएको मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत ल्याएकी छन् । पराजित उम्मेदवार श्रेष्ठले २३८०६ मत प्राप्त गरे ।

सुरुमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी सुनितालाई पछि एमालेले उपमेयरको टिकट दिएको थियो । उनी नेवारी भाषा, संस्कृतिको प्रवर्द्धनमा सक्रिय अभियन्ता हुन् । साथै, सन् २०११ कि मिस नेवा हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.