logo

कोरोना कहरः संक्रमण सार्क राष्ट्रमा बढदो,संक्रमीतको संख्या ३४ हजार नाघ्यो

      4/22/2020 गते 00 00 मा प्रकाशित     1197   पटक पढिएको

बीरगंज १० बैशाख ।
 कोरोना भाइरस (कोभिड १९) को संक्रमण सार्क राष्ट्रमा पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा सार्कमा मात्रै २ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै सार्कमा कोरोना संक्रमितको संख्या ३४ हजार ५ सय ६३ पुगेको छ ।

भारतमा ज्यान गुमाउनेको सख्या ६४५ पुग्यो

सार्क राष्ट्र मध्ये सबैभन्दा ठुलो देश भारतमा हालसम्म कोरोना संक्रमणबाट ६४५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ जनाले ज्यान गुमाएका छन् ।

भारतमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २० हजार २ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १हजार ५सय ४१ जना संक्रमित थपिएका हुन् ।भारतमा बुधबार बिहानसम्म ४ लाख ४७ हजार ८ सय १२ जनाको कारोना टेष्ट गरिएको छ। भारतमा महाराष्ट्र गुजरात दिल्लीमा यो संख्या तिब्र बढदो छ । 

पाकिस्तानमा २०१ को मृत्यु

कोरोना भाइरसको संक्रमण भारतपछि पाकिस्तानमा देखिएको छ । पाकिस्तानमा बुधबार बिहानसम्म २०१ संक्रमितको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा पाकिस्तानमा २५ संक्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म पाकिस्तानमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६५ पुगेको छ।  मंगलबार मात्रै पाकिस्तानमा ६७३ जना नयाँ संक्रमित थपिएका हुन्। पाकिस्तानमा पछिल्लो अपडेट अनुसार १,लाख 
 ११ हजार  ८ सय ६ जनाको कोरोना टेष्ट गरिएको छ।

बंगलादेशमा ह्वात्तै बढ्यो कोरोना संक्रमण

 कोरोना भाइरसबाट बंगलादेशमा पछिल्लो २४ घण्टामा मात्रै ४ सय ३४ जना संक्रमित व्यक्ति फेला परको छन् ।

यो सँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ८२ पुगेकको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन्। संक्रमितमध्ये १ सय १० जनाको उपचारका क्रममा ज्यान गएको छ भने ८७ जना संक्रमित उपचारपछि घर पर्किएका छन्।

मंगलबार मात्रै बंगलादेशमा ९ जना संक्रमितको ज्यान गएको छ। बंगलादेशमा हालसम्म २९ हजार ५ सय ७८ कोरोना परीक्षण गरिएको छ।

श्रीलंकामा संक्रमण स्थिर

सार्कको अर्को सदस्य राष्ट्र श्रीलंकामा कोरोना भाइरसको संक्रमण स्थिर छ । श्रीलंकामा बुधबार बिहानसम्म ३ सय १० जना मानिस कोरोना भाइरसका संक्रमित भएका छन् । जसमध्ये ७ संक्रमितको ज्यान गएको छ।

श्रीलंकामा पछिल्लो २४ घण्टामा ६ जना संक्रमित फेला परेका छन् । श्रीलंकामा हालसम्म ६ हजार ७ सय ९३ जनाको मात्रै कोरोना परीक्षण भएको छ।

अफगानिस्तानमा ३६ को ज्यान गयो

अफगानिस्तानमा कोरोना संक्रमित १ हजार ९२ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा मात्रै अफगानिस्तानमा ६६ जना संक्रमित थपिए । संक्रमितमध्ये हालसम्म ३६ जनाको ज्यान गएको छ। १५० जना संक्रमित उपचरापछि घर फर्किएका छन् ।

अफगानिस्तानमा ६ हजार ४ सय २२ जनाको मात्रै कोरोना टेष्ट भएको छ ।

भुटान थप एक जना संक्रमित

छिमेकी मुलकु भुटानमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । भुटानमा यसअघि ५ जना संक्रमित मध्ये दुइ जना उपचारपछि घर फर्किसकेका छन् ।

भुटानमा हालसम्म ८ हजार ७ सय ६५ जनाको कोरोना टेष्ट गरिएको छ ।

नेपालमा एकै दिन ११ जना संक्रमित फेला

सार्कको अध्यक्ष रहेको राष्ट नेपालमा पनि कोरोनाको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य विभागले जनाएको छ।

संक्रमित मध्ये ५ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ । हालसम्म नेपालमा २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ।

माल्दिभ्समा १७ संक्रमित थपिए

सार्क राष्ट्रको सबैभन्दा सानो मुलुक माल्दिभ्समा मंगलबार १७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ। संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।

माल्दिभ्समा हालसम्म ४ हजार १ सय ३९ जनाको कोरोना परीक्षण गरिएको छ।

यस्तै, विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट २५ लाख ५७ हजार ५०४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार ४ सय ५९ जनानको ज्यान गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको आमसञ्चार समितिले पूर्णता पायो, महानगरको सूचना प्रणाली अझ सुदृढ र व्यवस्थित हुने प्रमुख सिंहको बिश्वास

वीरगंज  । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल संयोजकमा नियुक्त भइसकेको समितिमा आज थप ११ जना सदस्य मनोनयन भएसँगै समितिले पूर्णता पाएको हो।

ठाकुुरराम बहुमुखी क्याम्पसको प्रमुखमा डा. यादव नियुक्त

वीरगन्ज । त्रिभूवन बिश्व बिद्यालयको आंगीक क्याम्पस मध्य तराईको प्रमुख शिक्षण संस्था ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. केशव यादव नियुक्त भएका छन ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.