logo

८१ वर्षिय आमा कोरोना जीतेर घर फिर्ता , संक्रमीतको संख्या ४७, निको हुनेको संख्या नौ पुग्यो

      4/23/2020 गते 00 00 मा प्रकाशित     1309   पटक पढिएको

काठमाण्डौ ११ बैशाख
कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी बीरगंजमा ब्यवसाय संचालन गर्दै आउनु भएकी महिला उपचार पछि घर फर्किनु भएको छ ।

 

बीरगंजबाट लकडाउनका बेला नै कैलाली पुग्नु भएकी  महिलामा  चैत २२ गते कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो । 


कैलालीको लम्की चुहा नगरपालिका १ कि ५० बर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट आज डिस्चार्ज हुनु भएको हो   । उहाँको लगातार दुई पटक थ्रोट स्वाब  परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।


कैलाली पुगेर  १२ दिन क्वारेन्टाईनमा बस्नु भएकी उहाँ कोरोनालाई जीतेर घर फर्किनु भएको छ । यो सँगै सुदूरपश्चिम प्रदेशमा चार जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्। अव सेती अस्पतालको आईसोलेसनमा एक जना संक्रमित महिला मात्र उपचाररत छिन्।  

 

यता काठमाडौंमा पनि दुई जना संक्रमित निको भएर आजै अस्पतालबाट डिस्चार्ज भएका छन्।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुईजना कोरोना सङ्क्रमित पाटन अस्पतालमा उपचारपछि कोरोनामुक्त भएका छन्। कोरोनामुक्त हुनेमा ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला छन्।

 

उनीहरूको पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि आज (बिहीबार) डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनु भयो ।

बेलायतबाट आएर सनसिटीमा बस्दै आएका एकै परिवारका ३ जनामा गत वैशाख १ गते गरिएको र्‍यापिड टेस्ट (आरडिटी) मा कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। वैशाख २ गते गरिएको पिसिआर परीक्षणमा बुहारीबाहेक दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

 

यो सँगै नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या ९ जना पुगेको छ। बाँकी बिरामीको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले आज थप दुई जनामा कोरोना पोजेटिभ देखिएको बताउनु भयो  । आज गरिएको मिडिया ब्रिफिङमा जनकपुरका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीय एक महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनु भयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.