logo

जनकपुरको  पिसीआर बन्द ,अगाडिका परिक्षणका बिषमा पनि सवाल उठयो,सर्लाहीपनि जोखिममा सर्तकता आवश्यक

      4/24/2020 गते 00 00 मा प्रकाशित     904   पटक पढिएको


जनकपुरधाम  १२ बैशाख ।

प्रदेश सकारकारका स्वास्थ्यमंत्री नवल किशोर साहले  चैत २१ मा प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पिसीआर मेशिनको उद्धघाटन गनुृ भएको थियो ।  तर अव त्यो मेशिनबाट कोरोना भाइरसको परिक्षण अव रोकिएको छ । 

सर्लाहीका १४ वर्षिय किशोरको थ्रोट सवाब परिक्षण गर्दा जनकपुरको पिसीआर मेशीनले नेगेटिक देखाएको थियो । तर काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनै किशोरको थ्रोट सवाब परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो।

 

सोही कारण जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको छ। परिक्षण नगर्ने निर्णय संग यो भन्दा अगाडि भएका जाँचहरुको भरोसाको बिषयमा समेत गम्भिर सवाल खडा भएको छ ।  

 

जनकपुर प्रयोगशालाका इन्चार्ज रामविनय साहले सर्लाहीको किशोरको घटनाले मेसिनमाथि आशंका भएको भएको बताउनु भयो। त्यसैले आजबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौं उहाँले भन्नु भयो “ हालसम्म १ सय बढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको छ”  ।

 

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पोजेटिभ पुष्टि गरेका १४ वर्षीय किशोर सर्लाही त्रिकौलका हुन्। उनी गत चैत ६ मै भारतबाट लुकिछिपी नाका क्रस गरेका थिए । तर उनलाई घर पुग्न नदिई प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

 

क्वारेन्टाइनमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो। तर जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएलगत्तै उनलाई पुनः जिल्ला पठाइयो। यो गम्भिर लापरवाही हो। यही कारण यतिबेला सर्लाही उच्च खतरामा परेको छ। हाल उनको उपचार बीरगंजमा भइरहेको छ । 

१४ वर्षीय किशोरसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। जसमध्ये तीन जना पर्सा र एक जना रौतहटका छन्। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

शिक्षिका मेनुका बुढाथोकीको बाघमोर्चामा अन्त्येष्टी, ठोरी गाउँपालिका शोकमा

वीरगंज । ज्ञान ज्योति माध्यमिक विद्यालय ध्याडडाकी शिक्षिका मेनुका बुढाथोकीको पार्थिव शरीर ठोरी गाउँपालिका बाघमोर्चा मा धार्मिक विधिअनुसार आइतवार विहान साढे आठ बजे अन्त्येष्टि गरिएको छ ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.