logo

बीरगंजका मेयरले स्वास्थ्यमंत्रीलाई लेखे मार्मिक पत्र,भने अस्पताल संचालनको अनुमती दिनुहोस

      4/28/2020 गते 00 00 मा प्रकाशित     2476   पटक पढिएको

बीरगंज  १६ बैशाख 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा कोरोना बिशेष अस्पताल संचालनको अनुमती दिन संघीय सरकारको स्वास्थ्य मंत्रालय संग आग्रह  गर्नु भएको छ । 

 


महानगर प्रमखु सरावगीले मंगलवार स्वास्थ्यमंत्री भानुभक्त ढकाललाई एक पत्र लेखी   निजी क्षेत्रबाट संचालित गण्डक अस्पताल प्रा.लि.ले भवन, औजार उपकरण लगायतका भौतिक सम्पतिहरु निःशुल्क दिने सम्झौता भएको र  नारायणी अस्पतालकै प्रमुख मे.सु. र चिकित्सकहरुको नेतृत्वमा संचालन हुने गरी अस्थायी कोभिड १९  अस्पताल संचालन अनुमती दिन उहाँले फेरी आग्रह गर्नु भएको हो । 

 

वीरगंज महानगरपालिका अन्तर्गत कोभिड–१९ का विरामीहरु देखिएका छन  । कोभिडको संक्रमण स्थानीय समुदायमा समेत सरेको अवस्थाले वीरगंज  उच्च जोखिममा रहेको छ ।  महानगरले  कोरोना रोगको रोकथाम, क्वारेन्टाइन सञ्चालन एंव प्रभावित वर्गमा राहत वितरणको काम गरेकै छ । 

 

कोभिड रोगको रोकथाम एंव निदानका लागि कोभिड–१९ अस्पतालको आवश्यकता छ । त्यसको आवश्यक प्रवन्ध गरेर  सञ्चालन गर्न लाग्ने लागत अनुमान सहित स्रोतको सुनिश्चितता र सञ्चालन गर्न अनुमति दिन आग्ह गर्दै बैशाख ८ गते  मन्त्रालयमा पेश गरेको भएपनि अहिले सम्म अनुमती नदिइदा अन्यौलता सृजना भएको पत्रमा उल्लेख छ । 

 


वीरगंज स्थित नारायणी केन्द्रिय अस्पतालमा कोभिडको संक्रमण भई वीरगंजका दुई जना र सर्लाहीबाट समेत संक्रमित एक जना गरी तीन जनाको उपचार भैरहेको छ ।  

 

यस पूर्व चार जना उपचार पश्चात् डिस्चार्ज समेत भई सकेका व्यहोरा सर्वविदितै छ । वीरगंज र यस आसपासको क्षेत्रमा समुदाय स्तरमा कोभिडको संक्रमणबाट महामारिको रुप लिन सक्ने खतरालाई दृष्टिगत गरी तत्काल अस्पताल संचालन अनुमती दिन अनुरोध गर्दछु महानगर प्रमुख सरावगीले भन्नु भएको छ ।  

 

संघिय सरकारले वीरगंजको नारायणी अस्पताललाई उपलब्ध गराएको पिसीआर मेसिन हाल सम्म संचालनमा आउन सकेको छैन । वीरगंज महानगरपालिका लगायत यस आसपासका तीन—चार जिल्लाहरुमा जनसंख्याको उच्च चाप  छ ।

 

त्यसैले पनि  पिसीआर मेसिन सहितको ल्याव संचालन गर्ने ब्यवस्था मिलाई दिनहुन पनि महानगरप्रमुख सरावगीले अनुरोध गर्नुृ भएको छ । उहाँले  परिक्षणकालागि ५ हजार भिटीएम समेत उपलब्ध गराउन आग्रह  गर्नु भएको छ । प्रमुख सरवागीले यो पत्रको बोधार्थ प्रदेश २ को सरकारलाई पनि पठाउनु भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.