logo

पर्सा प्रहरी प्रमुखको धम्कीका कारण असुरक्षा बढ्यो,काम गर्ने वतावरण सहज बनाउन संघको माँग

      5/1/2020 गते 00 00 मा प्रकाशित     2766   पटक पढिएको

बीरगंज १९ ।
सुरक्षाकर्मीबाट धम्की खेप्नु परेको भन्दै बीरगंजका भंसार एजेन्टले सुरक्षाको बिश्वाशयोग्य बतावरण बनाउन सरकारसंग माँग गरेका छन ।

 

 संघका कार्यवाहक अध्यक्ष निर्मल प्रसाद कुर्मीले शुक्रवार एक बिज्ञप्ति जारी गरि आफूहरु पर्सा प्रहरीको नेतृत्वबाट डाराउनु पर्ने अवस्था आएको बताउनु भएको छ ।

 

ज्यान जोखिममा हालेर काम गरिरहेका भंसार एजेण्टहरुहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर पर्साका प्रहरी उपरिक्षकले भययुक्त अवस्था सृजना गरेको बिज्ञप्तिमा उल्लेख छ । 


सुरक्षाको प्रत्याभूती दिनु पर्ने सुरक्षा निकायले नै धम्की दिएको भनेर सार्वजनीक रुपमा टिप्पणी गरिएको यो बिषय आफैमा निकै चिन्तापूर्ण रहेको छ ।

 

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले यो लकडाउन संगै सीमापार ब्यापारलाई संचालन गर्न खास गरि अत्यावश्यक बस्तुको आयात गर्न ब्यवसायीलाई आग्रह नै गरेको छ ।

 

सरकारको यो आग्रहई सहज बनाईदिने काममा सुरक्षा निकायले भूमिका खेल्नु पर्नेमा ज्यान जोखिममा हालेर काम गर्नेहरुलाई हतोत्साही गर्ने पर्सा प्रहरीको कदम आलोचना योग्य  नै छ। 

 

अती आवश्यक खाधान्न,पेट्रोलियम पर्दाथ र औषधीजन्य बस्तु आयातमा भन्सार एजेन्टहरुलाई सघाउनु सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको भएपनि बेशाख १४ गते इनर्वा प्रहरी चौकीले  ईप्रन ४०७ का सहायक भन्सार एजेन्ट कर्मचारी लालबाबु यादवलाई नगद रकम सहित पक्राउ गरेको घटनाले सरकारी घोषणालाई प्रहरीले उल्लंघन गरेको देखिन्छ ।

 

कस्टम ड्युटी तिर्न जाँदा यादवसंग ११ लाख ५० हजार रुपैया थियो । त्यही रकमको स्रोत नखुलेको भन्दै पर्सा प्रहरीले मुद्धा चलाएपछि एजेन्ट संघले प्रहरीको यो कदम प्रति खेद ब्यक्त गरेको छ । 


नेपाल राष्ट्र बैँकले भन्सार प्रकृुयाको लागि रु .१० लाख सम्म नगद बोक्ने  अनुमति दिएको छ।गुड फर पेमेन्टको लागि बैँक जानै पर्छ । बैँक सचालन पनि दिनमा २ देखि ३ घण्टाको लागि समय निर्धारण गरिएको छ। एक जना एजेन्टले करिव चार वटा सम्म आयातकर्ताको  एक साथ सामान छुटाउने जिम्मेवारी लिएका हुन्छन  ।

 

यो अवस्थामा समान छुटाउकालागि संकलन गरेको पैसा एकमुष्ट देखिनु स्वाभाविक हो । यही कुरालाई स्रोतको हवला दिएर पर्सा प्रहरी प्रमुखले भययुक्त वतावरण बनाएको ब्यवसायीले टिप्पणी गरेका छन । 

 


यही बिषयमा भंसार प्रशासक ,एजेण्ट संघ र प्रहरीवीच भएको छलफलमा समेत प्रहरी प्रमुखले स्रोत नखुलेको पैसा फेला पारे अरुलाई पनि यस्तै कारवाही हुने भन्दै  ढाडो चेतावनी दिएपछि एजेन्टहरु झनै तर्सिएका छन ।

 

संकटकालीन अवस्थामा राज्यले आवहान गरेको  भावनालाई सम्मान गर्दै ज्यान जोखिममा राखेर राज्यलाई सेवा दिदै आएका आयातकर्ता र एजेण्टले त्रिपक्षीय बैठकमा समेत वतावरण बनाउन पहल गरे ।

 

बैठकमा पैसा दिएका ब्यपारीले हाम्रो पैसा हो भनेर स्रोत देखाए कागजपत्र देखाए तर प्रहरी प्रमुखले अदालतको बाटो देखाएर धम्कीपूर्ण भाषको प्रयोग गर्नु भयो ।

 

अनलाईन काम गर्न प्रहरी प्रमुखको जोड थियो तर उहाँकै ब्यवस्थापनमा बैकहरु तीन घण्टा भन्दा बढी समय खुल्दैनन । त्यती समयमा काम हुदैन । यस्तो अवस्थामा प्रहरीको अगाडि निरिह भएका भंसार कार्यालय, ऐजेण्ट संघ र आयतकार्ताहरुले समबन्धीत निकाय समक्ष वतावरण बनाउन माँग गरेका छन ।

      

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.