logo

स्व.सुवोध पत्रकारिता पुरस्कारवाट पत्रकार देवकोटा पुरस्कृत

 इसीमाना सम्वाददाता     २०७९ भदौ १ गते ०४: २८ मा प्रकाशित     690   पटक पढिएको


यस वर्षको सुवोध पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा बुधवार विहान आयोजीत एक कार्यक्रमकावीच पत्रकार देवकोटालाई पुरस्कृत गरिएको हो । ५१ हजारको पुरस्कार राशी र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक वासुदेलाल दासले देवकोटालाइ पुरस्कृत गरेका हुन ।

 


पर्सेली पत्रकारिताको ब्यवसायीक बिकासमा वीरगंज महानगरपालिकाको अवैतीनक सल्लाहकार हुदा आमसंचार ऐन बनाएर लोककल्याणकारी बिज्ञापन वितरणको महत्वपूर्ण काममा योगदान गरेकोले प्रतीक प्रकाशन समुहले स्थापना गरेको पुरस्कार यो वर्ष देवकोाटालाई प्रदान गरिएको हो ।

 


वीरगंज महानगरपालिका नेपालकै पहिलो स्थानीय सरकार हो जसले वीरगंजबाट प्रकाशीत, प्रशारीत संचार माध्यमलाई लोक कल्यणकारी बिज्ञापन उपलब्ध गराउदै आएको छ ।

 

वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतीक दैनिक पत्रिकाको ३६ औं बार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा उक्त पुुरस्कार देवकोटालाइ प्रदान गरिएको हो ।

 

वीरगंजका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाइ प्रदान गरिदै आएको छ ।

 

यस्तै प्रतीक दैनिकको उत्कृष्ट संवाददाताको रुपमा पत्रकार रोधश्याम पटेल, उत्कृष्ट कर्मचारीको रुपमा मोहन दास तत्वा र स्तम्भकार विश्वराज अधिकारीलाई पनि नगद र कदरपत्र सहित सम्मानित गरिएको छ ।

 

प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.