logo

बलात्कार आरोपमा वाइस वर्षिय चौरसिया बिरुद्ध उजुरी दर्ता , अनुसन्धान शुरु

      5/4/2020 गते 00 00 मा प्रकाशित     1336   पटक पढिएको

बीरगंज २२ बैशाख

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  कालिकामाई गापा–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई गिरफ्तार गरेको छ ।

 

उनी  बिरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणीको कसूरमा मुद्धा दर्ता गरि अनुसनधान अगाडि बढाएको छ । 

बैशाख १९ गते दीपेन्द्र चौरसियालाई कुटपीट गरेको आरोपमा इलाका प्रगिरफ्तारी  पछि नै चौरसियाले बलात्कार गरेको घटना सार्वजनीक भएको हो । बलात्कार गरेकै कारण चार युवाले चौरसियालाई कुटपीट गरेका थिए । 


   
   घटना बैशाख १९ गते भएको हो । चौरसिया सहित पाँचै जनालाई प्रहरीले  सोही दिन गिरफ्तार गरेको हो ।  बलात्कारको आरोप लागेका चौरसियाको तर्फबाट पनि उनको पक्राउविरुद्ध प्रदर्शन भएको थियो ।

 

प्रहरीले इलाका प्रहरी कार्यालय पोखरिया ,सशस्त्र प्रहरी र आसपासका प्रहरी चौकीहरूबाट थप मद्धत लिएर  चौरसियासमेत पाँचैजनालाई पोखरिया ल्याएको र त्यहाँबाट वैशाख २० गते जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको थियो।


    इप्रका पोखरियामा घटनाबारे सोधपूछको क्रममा आरोपित चौरसियाले आफूले बलात्कार नगरेको बयान दिएको प्रनि चन्द्र सिंहले बताउनु भयो । 


    जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार पुष्टि भएपछि चौरसियाविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र शाहीले बताउनु भयो ।

 

बलात्कार आरोपित चौरसियालाई कुटपीट गर्ने २२ वर्षिय इम्तियाज मियाँ, २१ वर्षिय तैयब मियाँ, २७ वर्षिय नौसाद मियाँ र २३ वर्षिय मुस्तकिम मियाँ हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.