logo

पिसीआर मेशिनका नाममा हुने राजनीतिमा पूर्ण बिराम,नारायणीमा पिसीआरबाट परिक्षण शुरु

      5/5/2020 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

बीरगंज २३ बैशाख ।

बीरगंजको नारायणी अस्पतालमा आज देखी पोलिमरेज चेन्ज रियाक्सन ( पिसीआर) मेशिन संचालनमा आएको छ । अव यस क्षेत्रका नागरिकको थ्रोट स्वाबको परिक्षण नारायणीमा रहेको पिसीआर मेशिनबाट हुनेछ ।

 

०७६ चैत ३० गते बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल र पिसीआर मेशिनको जोडदार माँग भएको थियो । पर्सा जिल्लामा अस्पताल र पिसीआर मेशिन जडानमा निकै ठुलो राजनीति नै भयो । 


बीरगंजमा कोभिड अस्पताल बनाउन स्थानीय सरकार र स्थानीय प्रशासनले छलफल गरेकै थिए । तर त्यसमाथि राजनीति भयो र त्यसले सफलता पाउन सकेन । संघ सरकारले त्यतीबेलाको आवश्यकतालाई महशुस गरेर चैत ३१ मा नारायणी अस्पताललाई कोभिड अस्पतालको रुपमा निर्णय गर्यो ।

 

त्यसपछि जागेका राजनीतिक दलहरु कोभिड अस्पतालको नाममा जागेर सडक सम्म पुगे ।  बीरगंज महानगरपालिका र गण्डक अस्पतालवीच अस्थायी कोभिड अस्पताल संचालन गर्ने सम्झौता भएपछि अर्कोथरीले राजनीति शुरु गरे । त्यही राजनीतिको चपेटामा परेको कोभिड अस्पतालको नाममा भएको राजनीतिले अन्तत आज पूर्ण बिराम पाएको छ । 

 


त्यस्तै भयो पिसीआर मेशिन । द्रुत परिक्षण गर्नकालागि पिसआर मेशिन प्रदेश सरकारले बिभिन्न समस्या झेलेर भएपनि ल्यायो तर त्यसलाई संचालन गर्ने आवश्यक एसेसरिज भने ल्याएन । मंत्रीपरिषदबाट ५० लाख रुपैया दिने निर्णय समेत गर्यो तर एक पैसा पनि निकासा दिएन । प्रदेश सरकारले पैसा दिने निर्णय त गर्यो तर त्यसको निकासको प्रवन्ध भने मिलाएको छैन ।

 

पिसीआर मेशिन राजनीतिको अर्को फण्डा बन्यो । तर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्याय ले पिसीआर मेशिन संचालनमा ल्याउने अठोट गर्नु भयो आज त्यो भयो  ।

 

त्यसकोलागि चिकित्सकहरुको सहयोग महत्वपूर्ण रहेको छ । पीसीआर मेशिन जडान हुन ७५ लाख रुपैयाको खर्च अनुमान गरिएको डा उपाध्यायले बताउनु भयो । तर कतैबाट पैसा आएको छैन  उहाँले भन्नु भयो “अस्पतालको नाममा उधोरोमा समान ल्याएर संचालन योग्य बनाएका छौ ” । 

 


अन्य प्रदेशमा पिसीआर मेशिन संचालनकालागि बेश थियो । भेटनरीका प्रयोगशालाहरु भएकोले त्याहा पिसीआर मेशिन छिटो संचालनमा आयो डा.उपाध्यायले भन्नु भयो “प्रदेश २ मा त्यो खालको बेश नभएकोले जिरोबाट काम गर्नु पर्दा मेशिन संचालनमा ल्याउन समय लागेको हो । 

 


पिसीआर मेशिनको संचालनले परिक्षण द्रुत हुने ,समयको बचत हुने धेरैको परिक्षण गर्न सकिने भएकोले यसको फाइदा मध्य तराईका नागरिकलाई हुने भएको छ । बीरगंजमा जडान भएको पिसीआर मेशिनले एकै दिनमा ९० जनाको थ्रोट स्वाब परिक्षण गर्न सक्ने बताइएको छ ।

 

अस्पतालमा जडान भएको पीसीआर ल्याबबाट आज पहिलो चरणमा १६ जनाको स्वाबको परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायले जानकारी गराए । 

नारायणी अस्पतालमा पहिलो पटक गरिएको पीसीआर परीक्षण रिपोर्टसहित १६ जनाको स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। टेकुको रिपोर्टसँग वीरगञ्जको रिपोर्ट मिले मात्रै ल्याबको परीक्षण सार्वजनिक गरिने डा.उपाध्यायले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.