logo

सरकारहुनुको कर्तब्य पुरा गर्दै सखुवा प्रसौनी गाउँपालिका, विरामीकालागि निुशल्क एम्बुलेन्स

 इसीमाना सम्वाददाता     २०७९ भदौ १२ गते ०९: १३ मा प्रकाशित     1181   पटक पढिएको

सखुवाप्रसौनी गाउँपालिकाले आफनो पालिकाका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको हालै सम्पन्न नवौं गाउँसभाबाट निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बिषयमा निर्णय भएको थियो ।


पर्सा जिल्लाको कुनै पनि अस्पतालमा विरामी लैजानु परेमा पालिकाको वडा नं १ मधुवन मथवल स्वास्थ्य चौकी र महुवन स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्सले निशुल्क सेवा दिने गरि प्रवन्ध गरिएको पालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिए ।


उनले जनतासंग गरिएको प्रतिवद्धतालाई आफनो कार्यकालमा पुरा गर्ने गरि काम गरेको बताए । प्रतिवद्धता विर्सनकोलागि होइन कार्यान्वयनकोलागि गरिएकोले पालिकाको स्रोत साधनको सहि सदुपयोग गरेर प्रतिवद्धता पुरा गर्ने उनको भनाई छ ।

 

पालिकामा बसोबास गरेका पालिका बाहिरका बासिन्दकालागि भने यो सुविधा उपलब्ध छैन । पर्सा जिल्ला भन्दा बाहिर जानु पर्दा पालिका भित्रका विरामीले इन्धनको शुल्क भने ब्यहार्ने गरि ब्यवस्था गरिएको पालिकाका प्रशासकीय अधिकृत देवनाथा साहले बताए ।


पालिकाले यो सेवा भदो १ गते देखी संचालनमा ल्याएको साहले बताए । नागरिकको स्वास्थ्य अधिकार आधारभूत मौलीक अधिकारको रुपमा सम्बिधानले ब्यवस्थित गरेको छ ।

 

मौलीक अधिकार वहाली गराउन सखुवा प्रसौनी गाउँपालिकाले प्रभावकारी काम गरेको भन्दै निशुल्क एमबुलेन्स सेवाको चौतर्फी प्रसंशा गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.