logo

छपकैयाका तीनवटा वडा शिल,साइकलमा पनि हिड्न नपाइने,घर बाहिर निस्कन पनि निषेध

      5/6/2020 गते 00 00 मा प्रकाशित     6869   पटक पढिएको

बीरगंज २४ बैशाख ।

बीरगंजमा एकै परिवारका १७ जनालाई कोभिड १९ को संक्रम देखा परेपछिको अवस्थामा चाल्नु पर्ने कदमका बिषयमा बसेको बैठकले छपकैया क्षेत्रलाई शिल गर्ने निर्णय गरेको छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले १७ जनालाई कोभिड १९ पोजेटिभ देखिए पछिको अवस्थाको विश्लेषण गरेर  छपकैया क्षेत्र शिल गर्ने निर्णय लिएको हो।

 

कोभिड १९ को संक्रमण फैलनबाट रोक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा छपकैया बजार चौक , सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, मुक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ बीरगंज महानगर वडा नम्बर १ र २ का मित्र राष्ट्र भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गर्ने निर्णय गरेको छ । 

 

बैठकले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्ट्याक्ट ट्रेसिङ सम्पर्क भएका ब्यक्तिहरुको पहिचान गरि   चेकजाँचको कामलाई तीब्रता दिने पनि निर्णय गरेको छ ।

 

त्यसैगरि पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ५ बजेदेखि साँझ साढे सात बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरु (साईकल, मोटरसाईकल, टेम्पो, रिक्सा, बयलगाडा, टांगा, बस, ट्रक, ट्रिपर, ट्याक्टर संचालनमा रोक लगाउने निर्णय बैठकले गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो ।

 

बैठकले कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुहरुको ढुवानी यस पूर्व गरेको निर्णय अनुसार नै गर्न दिने र यसको लागि पासको आवश्यकता नपर्ने निर्णय गरेको छ भने ।

 

औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरलाई बाहिर निस्कन निषेध गर्ने निर्णग गरेको छ । जिल्ला सुरक्षा समितिले गरेको निर्णयहरु  पालना गर्न सबैलाई आग्रह गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.