logo

नागरिकको जीवन प्रति सरकारहरु बेपरवाह,उनीहरुकै कारण प्रदेश २ मा अवस्था चिन्ताजनक,छपकैया क्षेत्रमा द्रुत परिक्षण आवश्यक 

      5/7/2020 गते 00 00 मा प्रकाशित     1296   पटक पढिएको

बीरगंज २५ बैशाख ।

बीरगंजा एकै परिवारका १७ जनामा कोरोजा भाइरसको संक्रमण देखिएपछि कोरना भाइरसको संक्रमणको प्रभाव समुदायमा बढेको निष्कर्ष निकाल्न थालिएको छ ।

 

बैशाख १७ गते बीरगंजको छपकैयाका ३६ वर्षिय युवामा संक्रमण पुष्टि भएपछि उनकै परिवारका थप १७ जनामा बैशाख २४ मा संक्रमण पुष्टि भएको हो । 

कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुमा लक्षण भने त्यस्तो केही पनि नदेखिएको चिकित्सकहरुले बताएका छन । ३६ वर्षिय ति युवा राजनीतिक रुपमा  सक्रिय र समाजसेवामा समेत संलग्न युवा हुन ।

 

राहत बितरणको अभियानलाई सहयोग पुर्याउन उनी आफनो वडामा खटेका थिए । उनको यो सक्रियताले वडाभरिका १ हजार भन्दा बढी नागरिकसंग “कन्टयाक्ट” भएको अनुमान गरिएको छ । उनको जनसम्पर्कका कारण पनि अहिले शिल गरिएको क्षेत्रमा द्रुत गतीमा परिक्षणको आवश्यकता छ ।

 

वैशाख १४ मा वडा न .३ का  ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो । महानगरका सरसफाइ नाइके रहेका ती व्यक्ति वडा ३ मा राहत वितरणमा समेत सक्रिय थिए ।

 

३६ वर्षिय ती युवक सरसफाइ नाइकेबाटै संक्रमित भएको चिकित्सकले आशंका गरेका छन् । चैत ३० मा कोभिड पुष्टि भएका तीन भारतीयको सम्पर्कमा आएको हुन सक्ने भन्दै ती सरसफाइ कर्मचारीको थ्रोट स्वाब परीक्षण गरिएको थियो । 


वीरगन्जमा बैशाख २४ मा  भेटिएका १७ संक्रमितको सम्पर्कमा आएका मध्ये ८१ जनाको पहिचान भएको छ । नारायणी अस्पतालले एउटै टोलमा बस्ने उनीहरूको थ्रोट स्वाब संकलनको तयारी थालेको छ ।

नारायणी अस्पतालमा जम्मा ४ सय भीटीएम छन् । वडा नं ३ को प्रत्यक घरधुरीलाई परिक्षणको दायरामा ल्याउनु पर्ने आवशकयता रहेको नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले बताउनु भयो ।

 

उहाँले भन्नु भयो“१ हजार भन्दा बढी भिटिएम माँग गरेका छौ सघं र प्रदेश सरकारले दिने त भनेका छन अहिले सम्म आएको चाही छैन ” । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नकालागि जाँचको दायरा बढाउनु पर्नेमा डा.उपाध्यायको जोड छ ।

 

उहाँले सरकारले घोषणा गरेको लकडाउन बढाउने र त्यसमा नागरिकले पालना गर्ने ,परिक्षणको दायरमा बढाउने  सबै सरकारको समन्वयकारी भूमिका हुनु पर्ने आम नागरिकले नैतीक सहयोग गर्नु पर्ने  बताउनु भयो ।

 

तीन तहको सरकारले नागरिकलाई प्रथामिकतामा राख्न नसकेका कारण पनि समस्या भयावह हुन्छ कि भन्ने चिन्ता बढेर गएको छ । प्रदेश २ मा बीरगंजको नारयाणी अस्पताल बाहेक अन्त कतै पनि कोरोना भाइरसको संक्रमणका बिरामी उपचार गर्ने गरि अस्पतालको ब्यवस्था हुन सकेको छैन ।

 

 लकडाउन घोषणाको ४५ दिन पुग्दा समेत अस्पतालको ब्यवस्था गर्न नसक्नुले सरकारी उदासिनतालाई बुझ्न सकिन्छ । बीरगंजमा एकै परिवारमा १७ जनालाई कोरोजा भाइरसको संक्रमण पुष्टि भएपछि नारायणी अस्पतालमा आइसोलेशन बेडको अभाव भएको छ ।

 

२५ बेडको तयारी गरिएकोमा अहिले २७ जना बिरामी उपचारगराई रहेका छन । यो वीचमा नारायणी अस्पतालको मातहतमा रहने गरि गण्डक अस्पताललाई उपयोग गर्ने कुरामा संघ सरकारले प्रदेश सरकारको सर्मथनको प्रतिक्षा गरिरहेको छ ।

 

त्यो दिएको देखिदैन । आफूले नगर्ने संघ सरकारलाई समर्थन समेत नदिने प्रदेश सरकारको यो नीतिले पनि समस्या पैदा गरेको छ । राजनीतिक अहम र बर्चस्वका कारण नागरिकलाई समस्यामा पर्ने प्रवृतिले प्रदेश २ लाई झन जोखिमपूणर्् बनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.