logo

महानगरमा नीजि अस्पतालसंग बैठक सम्पन्न,कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न महानगर प्रमुखको आग्रह

      5/11/2020 गते 00 00 मा प्रकाशित     1714   पटक पढिएको


बीरगंज २९ बैशाख  

वीरगंज महानगरपालिकाले सोमवार कोरोना सङ्क्रमित बिरामीहरूको व्यवस्थितरूपले उपचार गर्नको लागि डाँकेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको छ । 


   निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूलाई बैठकमा आमन्त्रण गरिएको थियो । बैठकमा अस्पतालका संचालकहरुलाई स्वागत गर्दै महानगर प्रमुख बिजय कुमार सरावगीले कोरोना भाइरस बिरुद्धको लडाईमा बीरगंका नीजि अस्पतालसंग सहयोग माँग गर्नु भयो ।

 

उहाँले कोरोना संक्रमणको नियन्त्रणकालागि महानगरले गरेको प्रयासलाई थप  ठोस बनाउनकालागि सहयोगको अपेक्षा गरिएको उहाँले बताउनु भयो ।  नगरप्रमुख विजयकुमार सरावगीले यस क्षेत्रमा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएकाले छुट्टै कोभिड अस्पताल बनाउन निर्णय भएको र सोको लागि जनशक्ति र उपकरण आवश्यक भएकोले उपलब्ध गराउन  अस्पतालसंग आग्रह गर्नु भएको थियो । 

 


  नीजि अस्पतालका संचालकहरुसंग भएको बैठकले निजी अस्पतालको प्रतिनिधिमुलक संस्थाको प्रदेश २ का अध्यक्ष राम श्रेष्ठलाई जनशक्ति र उपकरण उपलब्ध गराउने बिषयलाई  सूचीकरण गर्नलागि बैठकले जिम्मेवारी दिएको छ । श्रेष्ठले सहयोग उपलब्ध गराउने बिषमा नीज अस्पतालहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले के उपकरण चाहिन्छ र कति जनशक्ति चाहिन्छ भन्ने कुराको निक्र्योल गरेर अगाडि बढने बताउनु भयो । 

 


महानगरले कोरोजा भाइरसको संक्रमणको फैलावटलाई नियन्त्रण गर्नकालागि २ सय बेडको सेमी आइसोलेशन वार्ड निर्माण गर्ने गण्डक अस्पतालमा ५० बेडको कोभिड अस्पताल संचालनको तयारी हुदै छ ।


    नेशनल मेडिकल कलेजका तर्फबाट बैठकमा सहभागी एकजना चिकित्सकले भने नारायणी अस्पतालबाट कोभिड अस्पताल हटाउन नहुने बिचार ब्यक्त गरेका थिए ।

 

नारयाणी अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गरेपछि त्याहा उपाचारलागि आउने नियमित स्वास्थ्य जाँचका बिरामीहरुको नेशनल मेडिकल कलेजमा उपचार हुदै आएको र त्यसबाट सरकारी भन्दा कैयौ गुणा बढी रकम लिन पाएकोले पनि मेडिकलकलेजका प्रतिनिधिले अन्यत्र कोभिड अस्पतालको स्थापनाको कुरा ठिक नहुने तर्क गरेका हुन ।

 

नेशनल मेडिकल कलेजका प्रतिनिधिले  नारायणीबाट कोभिड अस्पताल नहटाउन प्रस्ताव पेश गरेपछि बैठकमा भनाभन भएको थियो ।


    महानगरलगायत यहाँका सम्पूर्ण राजनीतिक दल, स्थानीयवासी, विभिन्न सङ्घसंस्थाले नारायणी अस्पताललाई पूर्ववत् जनरल अस्पताल बनाउनुपर्ने र गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने माग अगाडि सारिसकेको त्यसमा काम शुरु हुन थालेको छ।


    पछिल्लो सहमति अनुसार मन्त्रालयका प्रतिनिधि र महानगरका प्रतिनिधिबीच भएको सहमति अनुसार गण्डक अस्पतालको भौतिक पूर्वाधार प्रयोग गरी जनशक्तिमध्ये २५ प्रतिशत महानगर, २५ प्रतिशत नेशनल मेडिकल कलेज र ५० प्रतिशत नारायणी अस्पतालले उपलब्ध गराउनुपर्ने गरी  संघीय सरकारको स्वास्थ्य मंत्रालयको अधिकार सम्पन्न  टोलीले निर्णय गरेको छ ।    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.