logo

महानगरमा नीजि अस्पतालसंग बैठक सम्पन्न,कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न महानगर प्रमुखको आग्रह

      5/11/2020 गते 00 00 मा प्रकाशित     1632   पटक पढिएको


बीरगंज २९ बैशाख  

वीरगंज महानगरपालिकाले सोमवार कोरोना सङ्क्रमित बिरामीहरूको व्यवस्थितरूपले उपचार गर्नको लागि डाँकेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको छ । 


   निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूलाई बैठकमा आमन्त्रण गरिएको थियो । बैठकमा अस्पतालका संचालकहरुलाई स्वागत गर्दै महानगर प्रमुख बिजय कुमार सरावगीले कोरोना भाइरस बिरुद्धको लडाईमा बीरगंका नीजि अस्पतालसंग सहयोग माँग गर्नु भयो ।

 

उहाँले कोरोना संक्रमणको नियन्त्रणकालागि महानगरले गरेको प्रयासलाई थप  ठोस बनाउनकालागि सहयोगको अपेक्षा गरिएको उहाँले बताउनु भयो ।  नगरप्रमुख विजयकुमार सरावगीले यस क्षेत्रमा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएकाले छुट्टै कोभिड अस्पताल बनाउन निर्णय भएको र सोको लागि जनशक्ति र उपकरण आवश्यक भएकोले उपलब्ध गराउन  अस्पतालसंग आग्रह गर्नु भएको थियो । 

 


  नीजि अस्पतालका संचालकहरुसंग भएको बैठकले निजी अस्पतालको प्रतिनिधिमुलक संस्थाको प्रदेश २ का अध्यक्ष राम श्रेष्ठलाई जनशक्ति र उपकरण उपलब्ध गराउने बिषयलाई  सूचीकरण गर्नलागि बैठकले जिम्मेवारी दिएको छ । श्रेष्ठले सहयोग उपलब्ध गराउने बिषमा नीज अस्पतालहरु सकारात्मक रहेको बताउनु भयो । उहाँले के उपकरण चाहिन्छ र कति जनशक्ति चाहिन्छ भन्ने कुराको निक्र्योल गरेर अगाडि बढने बताउनु भयो । 

 


महानगरले कोरोजा भाइरसको संक्रमणको फैलावटलाई नियन्त्रण गर्नकालागि २ सय बेडको सेमी आइसोलेशन वार्ड निर्माण गर्ने गण्डक अस्पतालमा ५० बेडको कोभिड अस्पताल संचालनको तयारी हुदै छ ।


    नेशनल मेडिकल कलेजका तर्फबाट बैठकमा सहभागी एकजना चिकित्सकले भने नारायणी अस्पतालबाट कोभिड अस्पताल हटाउन नहुने बिचार ब्यक्त गरेका थिए ।

 

नारयाणी अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गरेपछि त्याहा उपाचारलागि आउने नियमित स्वास्थ्य जाँचका बिरामीहरुको नेशनल मेडिकल कलेजमा उपचार हुदै आएको र त्यसबाट सरकारी भन्दा कैयौ गुणा बढी रकम लिन पाएकोले पनि मेडिकलकलेजका प्रतिनिधिले अन्यत्र कोभिड अस्पतालको स्थापनाको कुरा ठिक नहुने तर्क गरेका हुन ।

 

नेशनल मेडिकल कलेजका प्रतिनिधिले  नारायणीबाट कोभिड अस्पताल नहटाउन प्रस्ताव पेश गरेपछि बैठकमा भनाभन भएको थियो ।


    महानगरलगायत यहाँका सम्पूर्ण राजनीतिक दल, स्थानीयवासी, विभिन्न सङ्घसंस्थाले नारायणी अस्पताललाई पूर्ववत् जनरल अस्पताल बनाउनुपर्ने र गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने माग अगाडि सारिसकेको त्यसमा काम शुरु हुन थालेको छ।


    पछिल्लो सहमति अनुसार मन्त्रालयका प्रतिनिधि र महानगरका प्रतिनिधिबीच भएको सहमति अनुसार गण्डक अस्पतालको भौतिक पूर्वाधार प्रयोग गरी जनशक्तिमध्ये २५ प्रतिशत महानगर, २५ प्रतिशत नेशनल मेडिकल कलेज र ५० प्रतिशत नारायणी अस्पतालले उपलब्ध गराउनुपर्ने गरी  संघीय सरकारको स्वास्थ्य मंत्रालयको अधिकार सम्पन्न  टोलीले निर्णय गरेको छ ।    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.