logo

सबै राजनीतिक “स्टण्ट”हरुको अवसान,कोभिड अस्पताल संचालन हुने बाटो खुल्यो,जनता प्रथामिकतामाः नेता यादव

      5/13/2020 गते 00 00 मा प्रकाशित     1892   पटक पढिएको


बीरगंज ३१ बैशाख 

संघीय स्वास्थ्य मंत्रालयले गण्डक अस्पतालमा अस्थायी कोरोना उपचार  अस्पताल संचालन गर्ने बाटो खोलेको छ । संघीय मंत्तालयले एक पत्रलेखेर अस्पताल संचालनको बाटो खोलेको हो । बैशाख ३० गते यो बिषयमा संघीय स्वास्थ्य मंत्रालयले निर्णय लिएको हो । 

 


बीरगंजको नारायणी अस्पतालमा उपपचार गराई रहेका कोभिडका बिरामीको डिस्चार्ज पछि अन्यको उपचार नारायणी अस्पतालले तोकेको अस्पतालमा गराउने निर्देशनात्मक निर्णय मंत्रालयले गरेको छ  । अस्पताल तोक्दा सरकारी मापदण्ड पुरा भएको अस्पताल तोक्नु पर्ने मंत्रालयले शर्त तोकेको छ ।  

 

यस्तो अवस्था मिलाउदा नारायणी अस्पतालले आर्थिक दयित्व बाहेक जनशक्ति ब्यवस्थापन तथा सेवा प्रवाहको ब्यवस्था मिलाउने जिम्मेवारी समेत दिएको छ । यसरी संचालन हुने अस्पताल नारायणी अस्पतालकै नाममा संचालन हुने निर्णय मंत्रालयले गरेको छ ।

 

तोकिएको अस्पतालकालागि सम्पूर्ण आर्थिक र भौतीक दायित्व भने बीरगंज महानगरपालिकाले मिलाउने  र नारायणी अस्पतालको बहिरगं सेवा लगायत अन्य सेवाहरु क्रमश शुरु गर्ने गरि मंत्रालयले निर्णय गरेको छ ।

 

मंत्रालयले यो निर्णय संघीय मामिला मंत्रालय , मुख्यमंत्री तथा प्रदेश २ सरकार, सामाजिक बिकास मंत्रालय प्रदेश २ बीरगंज महानगरपािलकालाई बोधार्थ लेखेको छ भने नारायणी अस्पताललाई कार्यान्वयनकालागि यो पत्र लेखेको हो । 

 

कोरोना भाइरसको संक्रमणको फैलावट बढदै गएको अवस्थामा आम नागरिकले सस्तो र सुलभ रुपमा अत्यावश्क स्वास्थ्य सेवा समेत नपाएको अवस्था निर्माण भएको बेलामा नारायणी अस्पताललाई पूर्ववत संचालन हुने गरि स्वास्थ्य मंत्रालयले यस्तो निर्णय गरेको हो । 


बीरगंज महानगरपालिकाले कोभिड अस्पतालको आवश्यकता महशुस गरेर नै गण्डक अस्पतालसंग सम्झौता गरेको थियो । त्यो सम्झौतालाई राजनीतिक “स्टन्ट” को रुप दिएर अस्पताल संचालन हुन नदिने राजनीतिक खेलका कारण अस्पताल संचालनको निर्णय कार्यान्वयन हुन पाएको थिएन । 


बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीको अडानका कारण बीरगंजमा कोभिड अस्पताल संचालन हुेन अवस्था निर्माण भयो । संक्रमणको अवस्था बढ्छ त्यसको नियन्त्रणकालागि छुट्टै अस्पताल चाहिन्छ भन्दा मेयरलाई अर्घेलो देख्नेहरु अहिले बल्ल मेयरको दुरदृष्टिको कायल भएका छन ।  

 

महानगर प्रमुखको यो अडानमा नेकपाका युवा नेता गण्डक अस्पतालका संचालक रहवर अन्सारी नेकपाका नेता सम्बिधान सभा सदस्य नागेन्द्र चौधरी ,सम्बिधान सभाका सदस्य नेकपाका नेता बिचारी यादव सासद पुष्पा कर्ण लगायतका नेताहरुको जर्वजस्त साथ र पहलकदमी रह्यो ।

 

नेकपाका नेताहरु यो महामारीको बेलामा काठमाण्डौमा बसेर स्वास्थमंत्रीलाई यो निर्णयमा पुग्ने वतावरण बनाउन भूमिका निर्वाह गरेका थिए । जनताको रक्षाको कुरा थियो ।

 

छुट्टै अस्पताल आवश्यकता हो भन्ने कुरा त अहिले पुष्टि भएको छ । सस्तो राजनीतिक होइन नागरिकको जीवन रक्षा पहिलो प्रथामिकता भएकोले आफूहरुले स्वास्थ्यमंत्रीलाई यो कुरामा कन्भिन्स गर्न सकेको नेता बिचारी यादवले बताउनु भयो ।

 


बीरगंज महानगरले पनि सम्झौता गर्दा नारायणी अस्पतालको नेतृत्वमा  कोभिड अस्पताल संचालन गर्ने कुरा उल्लेख छ । अहिले स्वास्थ्य मंत्रालयले यही कुरालाई आधार बनाएर अस्पताल संचालनकालागि नारायणी अस्पताललाई अनुमती दिएको हो ।
  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.