logo

पर्सामा पन्ध्र महिने वालकमा संक्रमण पुष्टि परिवारका अन्यको पनि परिक्षण हुने ,बिद्यालय बन्यो आइसोलेशन वार्ड 

      5/14/2020 गते 00 00 मा प्रकाशित     1146   पटक पढिएको

बीरगंज १ जेठ 
पर्साको कालिकामाई गाउँपालिकाका एक १५ महिने बालकमा पनि कोरोनाको संक्रमण देखिएको छ । पर्सामा बैशाख ३१ गते पुष्टि भएका ३ जना मध्ये १५ महिने बालक रहेको पुष्टि भएको कालिकामाई गाउँपालिका वडा नं ५ का अध्यक्ष  पवन तिवारीले वताउनुभयो ।

 


संक्रमित ती बालक वडा नं. १ मुड्लीको रहेको अध्यक्ष तिवारीले जानकारी दिनु भयो  । संक्रमित बालक आमासँगै गत बैशाख २७ गते भारतको सुगौलीबाट भिस्वा हुदै आफ्नो घर मुड्ली आएका थिए ।

 

उनको २८ गते स्वाब परिक्षण भएको थियो । आमामा कोरोनाको संक्रमण भए नभएको अहिले यकिन हुन नसकेको वडा नं. ५ का वडा अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

 

आमा सहित बालकलाई बीरगंजको आइसोलेशनमा राखिएको छ । आमाको समेत स्वाब परिक्षण गरिने नारायणी अस्पतालले जनाएको छ । 

 


संक्रमित बालकको परिवारका अन्य सदस्यलाई पनि गाउँपालिकाको क्वारेिन्टनमा राख्ने तयारी भइरहेको वडा नं. १ का वडाध्यक्ष रामशिष यादवले वताउनुभयो ।

 


बालकमा संक्रमण पुष्टि भएको थाहा पााएपछि  परिवारका अन्य सदस्यलाई हालको लागि घर भित्रै बस्न भनेको  यादवले वताउनु जानकारी दिनु भयो  ।

 


यसैवीच वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ ।

 

बैशाख ३० र ३१ गत थपिएका संक्रमितलाई विद्यालयमा निर्मित आइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो  ।

 


नारायणी अस्पतालमा बेड अभाव भएपछि बैशाख ३० गते राति थपिएका १८ जनामध्ये १३ जनालाई ३१ गते राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो ।

 

संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरू घरमै बसेका थिए । ३१ गते राति थपिएका तीन जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उहाँले बताउनु भयो  ।

 


प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बैशाख ३१ गते बसेको बैठकले विद्यालयमा दुई सय बेडको आइसोलेसन वार्ड बनाउने निर्णय भएको थियो । नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.