logo

नेकपा एमाले जसपा गठबन्धनको बैठक सम्पन्न, चारै क्षेत्रमा भेला गर्ने निर्णय

 इसीमाना सम्बाददाता      २०७९ असोज २९ गते ०८: ३२ मा प्रकाशित     634   पटक पढिएको

नेकपा एमाले जसपा गठबन्धनको निर्वाचन परिचालन संयन्त्रको बैठक शनिवार वीरगंजमा सम्पन्न भएको छ । गठबन्धन प्रति सहयात्री दलका नेताहरुले गम्भिर आशंका ब्यक्त गर्न थालेपछि बैठक भएको छ ।

 

बैठकले महत्वपूर्ण निर्णय गरेको जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले जानकारी दिएका छन ।
निर्वाचनको परिणाम सहयात्री दलको पक्षमा पार्नकालागि बैठकमा गम्भिर छलफल भएको उनले बताए ।

 

निर्वाचनलाई आम जनताको वीचमा स्पष्ट रुपमा पुर्याउनकालागि संयुक्त प्रचार समिति गठन गर्ने निर्णय भएको छ । मतदाता समक्ष गठबन्धन, गठबन्धनका उम्मेदवारलाई मतदान गर्नु पर्ने आवश्यकताका बिषयमा प्रचार समितिले काम गर्ने उनले बताए ।

 

गठबन्धनको पक्षमा जनमत परिचालन र आपसी अविश्वासको अनत्यकालागि तत्काल चार वटै निर्वाचन क्षेत्रमा संयुक्त भेलाको आयोजना गरिने गरि बैठकले निर्णय गरेको छ ।


बैठकमा मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउत, नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता जसपा पर्साका अध्यक्ष रामनरेश यादव , सिंगाशन साह कलवार लगायतका नेताहरुको सहभागिता रहेको अहमदले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.