logo

अपहरण भन्न नमिल्ने निष्कर्षमा प्रहरी,जनता समाजवादीका सासद डा. यादव अपहरण काण्डमा प्रहरीले प्रतिवेदन बुझायो  

      5/17/2020 गते 00 00 मा प्रकाशित     1042   पटक पढिएको


काठमाण्डौ ४ जेठ ।

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर पुष्टि नहुने भएको छ । 


जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने निष्कर्षमा प्रहरी पुगेको छ । 

 

पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठले महोत्तरीबाट  डा. णदवलाई अपहरण गरेको आरोपमा उजुरी दर्ता पछि अनुसन्धान शुरु भएको थियो । 

 

महानगरिय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा उक्त जाहेरीमाथि अनुसन्धान हुँदा अपहरण तथा शरिर बन्धकको कसुर पुष्टि नहुने भएकाले मुद्दा चलाउन नपर्ने राय रहेको स्रोतले बतायो ।

 

सरकारी वकीलको कार्यालयले प्रतिवेदन अध्ययनमा एक दुुई दिन लाग्ने जनाएको छ। त्यस पछि मात्र मुद्धा के हुन्छ भन्ने कुरा तय हुने सरकारी न्यायधीवक्ताको कार्यालयले जनाएको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले पूर्वप्रहरी प्रमुख खनालविरुद्ध उजुरी लिन नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उजुरी दर्ता गरेको थियो ।

 

लगत्तै प्रहरी निरीक्षक देवीप्रसाद पौडेलसहितको टोलीलाई महोत्तरी पठाएको काठमाडौं प्रहरीले अपहरण स्थापित नभएको भन्दै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

कागज प्रमाणका आधारमा अपहरण पुष्टि हुने देखिएन  यही कुरा लेखेर आवश्यक निर्देशन माँग गर्दै सरकारी वकिलमा फाइल बुझाएको काठमाण्डौ प्रहरी स्रोतको जनाएको छ ।’


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.