logo

५० दिन पछि भारतीय नागरिक स्वदेश फर्के ,नेपाली नागरिक भोली स्वदेश आउने

      5/19/2020 गते 00 00 मा प्रकाशित     1504   पटक पढिएको

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका १ सय ९८ जना भारतीय आज आफनो देश फर्किएका छन ।

उनीहरु ५० दिन देखी बीरगंजको क्वारेन्टिनमा रहेका थिए । क्वारेन्टिनमा रहेका ९८ जना र आफन्ताकोमा बसेका १ सय गरि १ सय ९८ जना भारतीय नागरिकलाई आज दिउसो वीरगन्जको एकीकृत भन्सार चौकी (आइसीपी)  मा  भारतीय कर्मचारीको जिम्मा लगाइएको थियो । 

 

आइसीपीमा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपीललाई भारतीय नागरिक जिम्मा लगाइएको थियो  ।  त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की , प्रहरी उपरीक्षक गंगा पन्त सशस्त्र प्रहरी उपरिक्षक दीपेन्द्र कुंवरको पनि  पनि उपस्थिति रहेको थियो।


कोभिड १९ संक्रमण भई निको भएका १ सहित २५ जना मुस्लिम धर्मप्रचारक र आफन्तको घरमा सेल्फ क्‍वारेन्टाइनमा बसेका भारतीय नागरिकलाई भारत सरकारको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो । 

 

नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न शहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्कने क्रममा वीरगन्ज नाकामा चैत दोश्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।


यसैगरी भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्‍वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई बुधबार वीरगन्ज ल्याइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यसमध्ये पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३र२३ जना लगायत २५ जिल्लाका बासिन्दा छन् ।


वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालय र द्धारदेवी माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा उनीहरुलाई राख्ने व्यवस्था मिलाइएको छ । ुक्‍वारेन्टाइनमा राखेर थ्रोट स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएपछि घर पठाउने व्यवस्था मिलाउने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.