logo

भाइरस संक्रमण नियन्त्रण अभियानमा महानगरलाई अफिनको साथ 

      5/22/2020 गते 00 00 मा प्रकाशित     2244   पटक पढिएको

 

कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण अभियानमा बीरगंजका  नीजी अस्पतालहरुले पनि सहयोग जुटाउन थालेका छन ।

 

नीजी अस्पतालहरुको संस्था एशोसिएशन अफ पराइभेट हेल्थ इन्स्टीच्यूट नेपालका तर्फबाट १६ लाख बराबरको सामाग्री उपलब्ध गराइएको छ । 


बीरगंज महानगरपालिकाले महामारी रोक्न र उपचारमा चालेको कदमलाई सहयोग पुर्याउने उद्धेश्यले सामाग्री उपलब्ध गराइएको संस्थाका प्रदेश अध्यक्ष राम श्रेष्ठले जानकारी दिनु भयो । संस्थाको अगुवाईमा सिद्धार्थ माविमा रहेको सेमी आइसोलेशनमा ९५ सेट म्याट्रेस र बेडसिट सहितको बेड उपलब्ध गराएको छ  । 


त्यस्तै महानगरपालिकाको ब्यवस्थापनमा संचालीत नारायणी कोराना बिशेष अस्पताल गण्डकमा  कोरोना संक्रमीतहरुको सेवा गर्न  आठ जना स्वास्थ्यकर्मीहरु खटने कुरा लिखित जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


बेडसेट सहयोग स्वरुप नेशनल मेडिकल  कलेजले २० थान भवानी अस्पतालले १९ थान, प्रभू अस्पतालले ५ थान एएमसीले ५ थान र एस्एल न्यूरोले १६ थान,आशाराम अस्पतालले १० थान,इन्डो अस्पतालले ५ थान,तराई अस्पतालले १० थान शाह नर्सिङ होमले १० थान गरि ९५ थान बेड उपलब्ध गराईएको हो ।

 

संस्थाका अध्यक्ष श्रेष्ठले यस्तो संकटको बेलामा सहयोग गर्ने सबै अस्पताललाई धन्यवाद दिदै सहयोगी भावना भविष्यमा पनि देखाईरहन आग्रह गर्नु भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.