logo

ठोरीबासीले निकाले हल, निर्माणको चार वर्ष पछि ठोरी ढुटेखोलाको पूल संचालन हुने 

      5/23/2020 गते 00 00 मा प्रकाशित     1371   पटक पढिएको

ठोरीको ढुटेखोलामा निर्माण भएको पुल संचालनमा ल्याउन त्यस क्षेत्रका नागरिकले निर्णय गरेका छन । ठोरी गाउँपालिकाको वडा नं १,२ र ३ लाई जोडने पूल संचालन नहुदा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्नु परेको छ ।

 

भरतीय किसानले पानी लैजाने बिषयमा भएको विवादका कारण पूल संचालनमा कठिनाई भएको थियो । 
              
                निर्माण भएको वर्षौं बितिसक्दा पनि सञ्चालनमा नआएको विषयमा शनिवार ठोरी वडा नं १, २ र ३ को सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

 

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख  ठाकुरप्रसाद न्यौपानेको सहभागितामा आज सर्वपक्षीय बैठक भएको थियो । वडा नं १, २ र ३ का अध्यक्ष, पार्टी प्रतिनिधिहरू, हुलाकी सडक निर्माण कम्पनीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख, सशस्त्र सीमा प्रहरी कार्यालयका प्रमुखका साथै नागरिक अगुवाहरूको सहभागितामा बैठक  भएको हो ।


                ठुटेखोला पूर्व रहेको कुलोमध्ये दुईवटा कुलोमा कल्भर्ट निर्माण गरी पुल सञ्चालन ल्याउने सहमति भएको छ ।

 

यस अघि कुलो पुर्ने नेपालीको अडान र पुर्न नदिने भारतीयहरुको अडानका कारण पुल संचालनमा समस्या देखिएको थियो ।

 

पूलसम्मको उपराच सडकमै पर्ने कुलोमा कल्र्भट राखेर पानीको निकास दिएर पूल संचालनमा ल्याउने निर्णय भएको छ । यो निर्णय पछि पूल संचालन हुने भएको हो । 

  
                ठुटेखोलामा पुल निर्माण भएपनि  सञ्चालनमा नआएका कारण सो क्षेत्रका बासिन्दाहरूले समस्या भोग्दै आएका छन् ।

 

वर्षाको बेला वारिपारि गर्न नसक्ने, औषधोपचारका लागि जान–आउन नसक्ने, सवारीसाधन तथा मानिसलाई खोलाले बगाउनेलगायतका घटनाहरू बर्सेनि हुने गरेको थियो ।


    जिसस पर्साका उपप्रमुख न्यौपानेले  समस्या पनि ठूलो रहेको र समाधान पनि नजीक रहेको भन्दै ठुटेखोलामा पुल निर्माणमा स्थानीय सरोकारको विषय भएकोले समाधानका लागि निकास पनि स्थानीयस्तरबाटै खोजिएको बताउनु भयो  ।


                १०२ मिटर लम्बाइ रहेको ठुटेखोला पुल ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको चार वर्ष बितिसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.