भारतीय शहर रक्सौलबाट तीन सय नेपाली नागरिक नेपाल प्रवेशमा प्रतिक्षरत रहेका छन । भारतीय पक्षले नेपाल प्रवेशमा रोक लगाएपछि उनीहरु रक्सौलका बिभिन्न आश्रयस्थल, क्वारेन्टिनमा रोकिएका छन ।
आज मात्रै पनि केरला बाट केही नेपाली रक्सौलको लक्ष्मीपुरमा रहेको क्वारेन्टिनमा आइपुगेका छन ।
बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका २ सय १५ जना भारतीय जेष्ठ ६ गते आफनो देश फर्किएका थिए ।उनीहरु ५० दिन देखी बीरगंजको क्वारेन्टिनमा रहेका थिए ।
क्वारेन्टिनमा रहेका ९८ जना र आफन्ताकोमा बसेका अन्य गरि २ सय १५ जना जना भारतीय नागरिक ६ गते दिउसो वीरगन्जको एकीकृत भन्सार चौकी (आइसीपी) मा भारतीय कर्मचारीको जिम्मा लगाइएको थियो ।
ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका भारतीयहरु निस्के पछि त्यसलाई डिसइन्फेक्टेड गरेर नेपाल प्रवेश गर्ने नेपालीलाई त्यही क्वारेन्टिनमा राख्ने आन्तरिक तयारीका कारण नेपाली पक्षले जेठ ७ गते नेपाली नागरिक ल्याउने सहमती गरेको थियो ।
तर भारतीय पक्षले बेलुकी नेपाली नागरिक पनि नदिने आफना नागरिक पनि नलिने भन्दै सन्देश सम्प्रेष्ण गर्यो । नेपालको बिभिन्न स्थानबाट भारत, आफनो मुलुक जान आएका करित तीन सय भारतीय नागरिक अहिले पनि आइसीपीमा अलपत्र छन ।
उनीहरुलाई स्थानीय अलौबासीले खाना खुवाउदै आएका छन । खुला स्थानमा शौच गर्छन, गाडी कुद्ने सडकमा उनीहरु सुत्न बाध्य छन ।
स्रोतका अनुसार भारतीयले आफना नागरिकलाई २६ तारिखमा लाने तयारी गरेको छ । तर नेपालका अन्य स्थानमा नेपाली नागरिकलाई प्रवेशमा रोक छैन सीमामा खटिएका सुरक्षाकर्मीको समन्वयमा नेपाल आउन दिएका छन । तर रक्सौल मात्रै यस्तो नाका हो जाहा नेपाली पक्षले आफना नागरिक ल्याउन तयार भएपनि पाएको छैन ।
भारतीय पक्षले नेपाल सरकारले लिखित पहल नगरेकोले नेपालीहरु नेपाल प्रवेश गर्न नपाएको टिप्पणी गरेको छ ।
नेपाली पक्षले भने सरकारले लिखित रुपमा पहल गर्न कुनै निर्देशन नदिएकोले लिखित पहल गर्न नसकिएको दावी गरेको छ । पर्साकै पकाहा ,धोविनी लगायतका स्थानबाट दुबै देशका सुरक्षा निकायको समझदारीमा नेपालीहरु नेपाल प्रवेश गरेका थिए ।
तर अहिले सम्म नेपाल सरकारको तर्फबाट यस्तो बिधि अवलम्बन भएको छैन। स्थानीय रुपमा सरकारको प्रतिनिधिको हैसियतमा रहेको प्रशासनले आपसी समmभदारीमा उताकालाई जान दिने र आफनालाई ल्याउने गर्दै आएको छ ।
भारतको रक्सौलमा रोकिएका नेपालीलाई लिन गएको नेपाली टोली दिनभरि बसेर फर्किएको छ । रक्सौलका बिभिन्न क्वारेन्टिनमा रहेका नेपालीहरुले आफूहरुलाई नेपाल प्रवेशको ब्यवस्था मिलाउन माँग गरेका छन ।
क्वारेन्टिनमा बसेको २० दिन भइसक्यो मान्छेहरु थपिदै गएका छन जसले गर्दा डर पैदा भएको लक्ष्मीपुरको क्वारेन्टिनमा रहेका एक जना नेपाली भोला चौधरीले गुनासो गर्नु भयो ।
उहाँले आफनै ठाउमा क्वारेन्टिमा बस्दा ठिक हुने भएकोले नेपाल सरकारलाई छिटो पहल गरिदिन आग्रह गर्नु भएको छ ।
रक्सौलस्थित हजारी मल कलेज, रेलवे स्टेशन र लक्ष्मीपुरको विद्यालयमा गरि करीब तीन सय नेपाली क्वारेन्टाइनमा बसेका छन्।
यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले भारतीय अधिकारीसँग सहकार्य भइरहेको बताउनु भयो । उहाँले सबै कुरालाई नकारात्मकतामा हेर्न नहुने भन्दै समस्याको हल खोजिने बताउनु भयो ।
तपाईको प्रतिक्रिया