logo

चुनावमा आतंक सृजना गर्ने षडयन्त्र असफल,वीरंगज भन्सारमा बिस्फोटक पदार्थ समातियो, भंसार छलिको समान छुटाउन प्रचण्ड परिवारको दौडधुप

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २७ गते १०: ०७ मा प्रकाशित     712   पटक पढिएको

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्ने गरि भित्र्याउन खोजिएको बिस्फोटक पर्दाथ ( भंसारको भाषामा आतिशवाजी गर्ने पडाकाहरु) वीरगंज भन्सारले नियन्त्रणमा लिएर कारवाही प्रक्रियामा लगेपछि निर्वाचन केन्द्रीत आतंक सृजना गर्ने षडयन्त्र असफल भएको आकंलन गरिएको छ ।


भदौ २१ गते एकिकृत भंसार जाँच चौकी भएर नेपाल भित्रिएको ना ७ ख ८१५२ नम्बरको मालवाहक ट्रक निस्किनै लाग्दा भंसारले चेकजाँचकालागि नियन्त्रणमा लिएको थियो ।

ट्रकमा १ सय १४ पोका कपडा र तीन ठुला पोकामा बिस्फोटक पर्दाथ रहेको वीरगंज भन्सार प्रमुख नवराज ढुगंनाले जानकारी दिए । ट्रकमा ५ करोड ७० लाख भन्दा बढी मूल्यको कपडा रहेको छ भने लाखौको बिस्फोटक पर्दाथ रहेको छ ।

भंसार प्रमुख ढुंगानाले तिहार र छठ पर्वलाई लक्षीत गरेर बिस्पोटक पदार्थ ( पडाकाहरु ) ल्याइएको बताए । तर वीरगंज भन्सार कार्यालयले कार्तिक २१ गतेका दिन ट्रक आइसीपीबाट नियन्त्रणमा लिएकोले भंसार प्रमुखले गरेको दावी जस्तो पडाकाहरु चाडपर्व लक्षीत आयात नगरिएकोे स्पष्ट हुन्छ ।

 

त्यसैपनि नेपाल सरकारले पडाकाहरुको आयातमा प्रतिवन्ध मात्र लगाएको छैन नेपालमा पडाका नपड्काउनकालागि अनुरोध गर्ने गरेको छ र पड्काइएको पाइएमा कारवाही गर्ने गरि यसलाई दण्डनीय बनाएको छ । त्यसैले बिस्फोटक पदार्थको आयातको पछाडी ठुलै योजना रहेको अनुमान लगाउन सकिन्छ ।


बिस्फोटक पदार्थ बोकेको ट्रक छुटाउनकालागि नेपालको ठुलो शक्ति केन्द्रका ब्यक्तिहरुको वीरगंज आगमन र चलखेलले झनै आशंका उत्पन्न गराएको छ ।


भंसार राजस्व छली गरि करोडौ रुपैयाको कपडा र बिस्फोटक पर्दाथ आइसीपी भएर त्यसै आएको छैन । यसका पछाडी ठुलै शक्तिकेन्द्रको हात हुने कुरा स्वभाविक छ ।

भंसारले नियन्त्रणमा लिएको ट्रक र समान छुटाउनकालागि माओवादी सुप्रिमोको बुहारी श्रृजना त्रिपाठी र नभएका बिभिन्न चरणका बैठक सम्पन्न भएका छन ।

यसले पनि निर्वाचनलाई प्रभाव पार्ने, आतंक सृजना गरेर परिणाम आफनो पक्षमा पार्नकालागि बिस्फोटक पर्दाथको प्रयोगको योजना सार्वजनीक भएको छ ।


यद्धपी वीरगंज भन्सार प्रमुखले आफू कुनै बैठकमा सहभागि नभएको र उहाँहरुसंग आफनो भेट नभएको बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमंत्री जनार्दन शर्मा समेतले ट्रक छोड्नकालागि दवाव दिएको स्रोतको दावी छ ।

 

तर भंसार प्रमुख ढुंगानाले आफूलाई कसैले दवाव नदिएको दावी गरे । सामान र ट्रक बिवा कारवाही छाड्न प्राविधिक कानूनी कुनै पनि रपमा नमिले पछि प्रक्रियामा प्रवेश गरेर कपडा पार्टीलाई दिने सेटिङमा काम हुदै गरेको स्रोतले जनायो ।

 

अव प्रक्रियामा मालको हकदावी गर्ने सूचना प्रकाश हुने छ । त्यसपछि सामानको मूल्याकंन गरिने छ । स्रोतले ९९ लाख रुपैया सम्म मूल्यांकन हुन सक्ने र पहिलो पटक प्रकाशन भएको लिलाम प्रक्रियमा कसैलाई सहभागि हुन नदिई पूनः मूल्याकंन समिितको बैठक बसी मूल्याकन घटाई ६० लाखको हाराहारी कायम गरि पार्टीले माल पाउने गरि प्रक्रिया शुरु गर्ने सेटिङ भएको स्रोतको दावी छ ।

 

तर भंसार प्रमुख ढुगांनाले खुला प्रतिस्पर्धा पाउने कुराको सुनिश्चितता हुने गरि लिलामी प्रक्रिया अगाडि बढाइने बताए । सीमीत प्रतिस्पर्धाको जुन आशंका गरिएको छ त्यसो हुदैन एकदम पारदर्शी र खुला रुपमा हरेकले प्रतिस्पर्धा गर्न पाउनेगरि प्रक्रिया अगाडि बढने उनले दृढता ब्यक्त गरे ।

वीरगंज भन्सार प्रमुख ढुगांनाले बिस्फोटक पर्दाथ नष्ट गर्ने जनाएका छन । कपडा आवश्यक कारवाही सहित भन्सारले तोकेको दर भन्दा माथि हुने गरि मूल्याकंन गरि लिलामी प्रक्रियामा जाने तयारी गरेको बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.