logo

बजेटमा कृषि,चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन,शितभण्डारकालागि अनुदान,मलकालागि ११ अर्व बिनियोजन

      5/29/2020 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

यस पटकको बजेटले चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । एकातर्फ जमीनको खण्डीकरण बढनु र कतिपय स्थानमा खेती योग्य भूमिहरु बाँझो रहिरहेको अवस्थामा सरकारले यस्तो नीति लिएको हो ।

 

 जनशक्ति समेत अभावका कारण कृषि उत्पादनमा कमी आउने संकेत देखिएपछि चक्लावन्दी र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीतिलाई बिज्ञहरुले राम्रो मानेका छन ।

 

नयाँ भूउपयोग नीति ल्याउन नसक्दा दिनप्रतिदिन खेतीयोग्य जमीनहरु घडेरीका रुपमा परिणत भईरहेको अवस्थामा आएको चक्लावन्दी सामूहिक खेतीलाई प्रोत्साहन गर्नु सुखद् रहेको छ ।

 

आगामी आर्थिक वर्ष २०७७र७८ का प्रस्तुत बजेटले पनि शीत भण्डार निर्माणका लागि अनुदानको व्यवस्था गरेको छ ।

यद्धपी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका आयोजना मार्फत वितगमा निर्माण गरिने भनिएको शीत भण्डारणको अनुदानमा व्यापक आर्थिक अनियमितता भएको टिप्पणी भने सेलाएको छैन ।

 तथापी आगामी वर्षको बजेटमा पनि शीत भण्डार निर्माण प्राथमिकतामा पर्नु खुशीको कुरा रहेको भने पक्कै छ ।

सरकारले रासायनिक मल खरिद गर्न आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ११ अर्व बजेट विनियोजना गरेको छ । संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सो कुरा उल्लेख गर्नु भएको हो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.