logo

यातायात ब्यवस्था कार्यालय वीरगंजको रकमी खेल, बिदेश हुनेको नाममा लाइसेन्स निकालियो, अख्तियार रमितामै ब्यस्त

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २५ गते ०६: ४३ मा प्रकाशित     1043   पटक पढिएको

बिदेशमा भएका आफन्तजनलाई सवारी चालक अनुमती पत्र चाहिएको छ ? छ भने त्यो सेवा वीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयले दिदै आएको छ । उसले दिएको यस्तो सेवा सम्बन्धी तथ्य भर्खर प्रकाशमा आएको छ ।

 


बाराका एक युवा १७ अप्रिल २०२२ मा अष्ट्रेलियाकालागि उडे १८ अप्रिल २०२२ को २.५५ मा अष्ट्रेलियाको सिडनीमा अवतरण भए । अप्रिल २०२२ मा सिडनी पुगेका तिनै युवाको नाममा भौतीक पूर्वाधार मंत्रालय मधेश प्रदेशको मातहतमा रहेको यातायात ब्यवस्था कार्यालय वीरगंजले १२ अगस्टमा नगदी रसीद काट्यो । त्यसको टाइप थियो“ एड क्याटोगोरी ” अर्थात “बि” ।


नेपालमै नभएको सेवाग्राहीको सवारीचालक अनुमती पत्र बन्यो । १८ अक्टोवर २०२२ मा एड क्याटोगोरी सहितको सवारी चालक अुमतीपत्र सेवाग्राहीले प्राप्त गरे । सेवाग्राही भने अष्ट्रेलियमा छन ।

 

यातायात ब्यवस्था कार्यालय वीरगंजले भएका सबै कानूनको धज्जी उडाउदै यस्तो सेवा अन्यलाई पनि दिएको स्रोतको दावी छ । यो सवारी चालक अनुमती पत्र दिइदा कार्यालय प्रमुख थिए सुशिल साह ।

 

साह अहिले मधेश प्रदेश सरकारको मातहत रहेको एक बिभागको प्रमुख भएका छन । उनी असार मसान्तमा मात्र यातायात कार्यालयबाट सरुवा भएका हुन । वीरगंजको यातायात ब्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निकै बाक्लो उपस्थिति रहेको कुरा प्रकाशमा आउछन ।

 

त्याहा हुने अनियमितता रोक्न र गर्नेलाई कारवाही गर्न भन्दा पनि कानूनको खिलाफमा सवारी चालक अनुमतीपत्र अवैध आर्थिक नजराना लिएर बेच्नेहरुको मनोववल उच्च पार्न र त्यो नजरानामा भाग लिन अख्तियारको उपस्थिति हुने गरेको त्याहाका कर्मचारीहरुनै बताउछन ।


कार्यालय प्रमुख साहले हजारौ रुपैया नजराना लिएर माथि लेखिएको सवारीचालक अनुमतीपत्र उपलब्ध गराएका हुन । त्यतीबेलाको ट्रयाल कन्ट्रोलर भने अहिलेका कार्यालय प्रमुख कमल गौतम रहेको देखिन्छ । तत्कालीन कार्यालय प्रमुख सुशिल साहले भने सवार िचालक बिना अरुलाई अनुमतीपत्र नदिइएको दावी गर्छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.