logo

पर्सा प्रहरीको ज्यादती विरुद्ध महानगरका सफाईकर्मीद्वारा काम ठप्प, फोहोर नउठ्दा रोगको संक्रमण फैलिने जोखिम 

      5/30/2020 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

वीगन्ज, १७ जेठ । स्थानीय प्रहरी प्रशासनको ज्यादतीका कारण वीरगन्ज महानगरपालिकाको सरसफाई आजबाट ठप्प भएको छ । महानगरपालिकाको सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरी ज्यादती गर्न थालेपछि त्यसको विरोधमा सफाई कर्मचारीहरुले काम रोकेपछि आजदेखि वीरगन्ज महानगरपालिकाको फोहोर उठेको छैन ।

वीरगन्ज महानगरपालिकाले ठेक्का मार्फत र महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि पोहोर उठाउदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन् ।

अस्ती बिहिबार एकजना सरसफाई शाखाका कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेको थियो । घटनाको बारेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्त उल्टै हाँसेर मात्रै गएको र कुनै जवाफ नदिएपछि कर्मचारीहरु काम नआएको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताउनुभयो ।

सफाई कर्मचारी फोहोर उठाउन नआएपछि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई जानकारी गराएको र मेयर सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र एसपी गंगा पन्तसँग समन्वय गरेर फेरी सफाई कर्मचारीहरुलाई काममा फर्काएका थिए । तर, हिजोसाँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईटतिर लिएर जानेक्रममा वीरगन्जको माईस्थान नजिकै डिउटीमा खटिएको प्रहरीले सफाई कर्मचारीलाई अवरोध गरेर दुव्र्यवहार गरेपछि आजदेखि सफाई कर्मचारीहरु काममा नआएका कारण महानगरपालिकाको पोहोर उठेको छैन ।

कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाईमा खटिएका कर्मचारीहरुमाथि प्रहरी प्रशासनले पटक पटक अनावश्यक दुःख दिने गर्दा काम गर्न समस्या भएको ठेकेदार गुप्ताले बताउनुभयो । सडकमा डिउटीमा खटिने प्रहरीलाई सरसफाई कर्मचारीको परिचय पत्र देखाएर गृहमन्त्रालयले परिपत्र गरेको कागज देखाउदा समेत प्रहरीले को हो गृहमन्त्रालय ? हामी मान्दैनौ एसपीले जे आदेश दिन्छ त्यही गर्छौ भनेर जवाफ दिने गरेको सरसफाई कर्मचारीहरुले बताएका छन् ।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउने नाममा ज्यादती गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचनाहरु हुदै आएको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी पनि स्थानीय प्रहरी प्रशासनले समन्वयकारी भूमिका निर्वाह नगरेको गुनासो गर्नुभएको छ ।

महानगरपालिकाका सरसफाई कर्मचारीहरुलाई दैनिक जसो प्रहरीले दुख दिने गरेकोले सरसफाईमा समेत प्रभावित हुन पुगेको बताउनुभयो । अतिआवश्यकीय काममा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी, खाद्यान्न व्यवसायी, औषधि व्यवसायी र सञ्चारकर्मी मात्रै होईन नागरिक समाजले पनि प्रहरीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

नागरिक समाजले लकडाउन पालनाको नाममा प्रहरी आक्रामक रुपमा प्रस्तुत भई कुटपिटमा उत्रिनु अत्यन्त दुखद रहेको भन्दै नागरिक समाजले प्रहरीको कार्यशैली सुधार गर्न अनुरोध गरेको छ । प्रहरीको कार्यशैलीमा सुधार नआए नागरिक समाज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने तयारीमा रहेको नागरिक समाजका एक सदस्यले बताए ।

प्रमुख जिल्ला अधिकारी पनि बाहिरको अवस्था बुझ्न ननिस्किने, प्रहरीले सडकमा नागरिकलाई दुख दिने गरेको भन्दै नागरिकमैत्री व्यवहार नगरेकोमा नागरिक समाजले दुःख व्यक्त गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.