logo

नागरिक प्रतिको दायित्व पुरा गर्दै कोभिड अस्पताललाई सहयोग गर्न नागरिक समाजको आग्रह,मुख्यमंत्रीको साथ नापाउदा चित्त दुख्यो

      5/30/2020 गते 00 00 मा प्रकाशित     1065   पटक पढिएको

बीरगंजको नागरिक समाजले कोरोना भाइरसको संक्रमणको बिरुद्ध सबै तहका सरकारलाई एकिकृत र समन्वयकारीरुपमा काम गर्न आग्रह गरेको छ ।

 

समाजले पर्साका स्थानीय सरकार प्रमुखसंग कोरोना बिरुद्धको यो महामारीमा आफनो नागरिकको जीवनरक्षाकालागि कोभिड अस्पताल संचालनमा योगदान गर्न पनि आग्रह गरेको छ ।

 

कोरोना भाइरसको संक्रमणका कारण उपचार आवश्यक भएका बिरामीहरुको उपचारकालागि बीरगंजमा देखिएको बहस प्रति नागरिक समाजको तर्फबाट यस्तो गम्भिर चासो ब्यक्त गरिएको हो । 


बीरगंज महानगरपालिकाले आफना नागरिकको उपचारकोलागि कोभिड अस्पतालको स्थापना गरेकोमा त्यसको आर्थिक ब्यवस्थापनको जिम्मा समेत संघ सरकारले महानगरलाई दिनु न्यायपूर्ण नरहेको नागरिक समाजको निष्कर्ष रहेको छ ।

 

बीरगंजमा रहेको संघ सरकार मातहतको नारायणी अस्पतालको नाममा संचालन भएको कोभिड अस्पतालको सम्पूर्ण लागत संघ सरकारले ब्यहोर्नु पर्ने नागरिक समाजको माँग रहेको छ ।

 

बीरगंज बाहेक अन्यत्र कोभिड अस्पतालको सम्पूर्ण खर्च संघ सरकारले ब्यहोर्दै आएको अवस्थामा बीरगंजमा महानगरको टाउकोमा ब्ययभार थोपार्नु अन्याय भएको डा. दीपक शाक्यले बताउनु भयो । 

 


नेपाल सरकारले कोभिड १९ का सन्दर्भमा बिभिन्न निर्देशिकाहरु जारी गरेको छ । त्यस मध्य कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाह सम्बन्धी निर्देशिकाले समेत स्पष्ट रुपमा संघ सरकारले रकम ब्यहोर्ने भनेर बोलेको छ ।

 

तर बीरगंज महानगरका प्रमुखले कोभिड अस्पताल संचालनकोलागि लिएको अग्रसरताको परिणाम महानगरपालिकालाई आर्थिक ब्यवस्थापनको जिम्मा दिएर दण्डीत गरेजस्तो देखिएको नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दासले टिप्पणी गर्नु भयो । 

 


नेपालमा कही नभएको कुरा बीरगंजमा भइरहेको प्रति उहाँले आश्चर्य ब्यक्त गर्दै नागरिक रक्षाको अभियानमा महानगर प्रमुखको सक्रियता प्रशंसनीय भएपनि कतिपयलाई त्यो कुरा चित्त नबुझेको देखिएको बताउनु भयो । 


लेबल २ कोभिड अस्पतालले मध्यम जटिल र अति जटिल केश व्यवस्थापन गर्नुपर्ने अन्तरिम निर्देशिकामा उल्लेख गरिएको छ ।

 

बाहिरबाट प्रेषण  भएर आएका र अस्पतालमै पहिचान भएका मध्यम र जटिल साथै अति जटिल केशहरु हाइडिपेन्डेन्सी  र आइसीयु केयर भएका तोकिएका कोभिड अस्पतालले उपचार गर्नुपर्छ । यस्तो अवस्थामा बीरगंजले सर्लाही देखी पर्सा सम्मका कोरोना भाइरसको संक्रमणमा परेका नागरिकको उपचार गरेको छ ।

 

आर्थिक ब्यवस्थापनको जिम्माबीरगंज महानगरपालिकालाई दिएको बर्तमानमा नागरिक समाजले पर्सा जिल्लाका स्थानीय सरकारहरुलाई यो उपचार अभियानमा आफनो योगदान दिएर आफना नागरिक प्रतिको दायित्व पुरा गर्न आपिल गरेका हुन ।

 

दिन प्रति दिन कोरोना भाइरसको संक्रमणका पुष्टिका खवरहरु  सार्वजनीक भइरहेका छन । पोखरिया ,पटेर्वा सुगौली जिराभवानीमा कोरोना संक्रमणका १० वटा घटना पुष्टि भएका छन ति सबैको उपचारकोलागि बीरगंजमा स्थापना गरिएको आइसोलेशन अस्पतालमा ल्याइएको अवस्था छ ।

 

यस्तोमा संघ वा प्रदेश सरकारले उपचारको रकम ब्यहोर्ने भएको भए समस्या हुदैन थियो तर बीरगंज महानगरले आर्थिक भार बहन गर्नु पर्दा आफूजस्तै स्थानीय सरकारसंग सहयोगको अपिल गर्नु स्वाभाविक रहेको प्राध्यापक बीरेन्द्र शाहले बताउनु भयो । 


आइसोलेशनको ब्यवस्थापन प्रदेश सरकारले गर्नु पर्ने कार्यविधि बनेको छ । प्रदेश सरकारले बीरगंजमा आइसोलेशन अस्पताल बनाउनु भन्दा पनि बिभिन्न ठाउँमा रकम बाँडेर तस्विर खिचाउने काममा लागेको नागरिक अगुवा सुशिल भट्टराइले बताउनु भयो ।

 

प्रदेश सरकारले नागरिकको रक्षामा सरकार हुनुको कुनै छाप छोडन नसकेको प्रति बीरगंजको नागरिक समाजले खेद समेत ब्यक्त गरेको छ । पढेलेखेका राम्रा मान्छे ,यही क्षेत्रको मान्छे मुख्यमंत्री भएकोमा गर्व समेत गरेका थियौ तर नागरिक  संकटमा पर्दा आफनँै मुख्यमंत्रीको साथ नपाउदा निकै चित्त दुखेको एक जना अगुवाले बताएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.