logo

भारतीय हस्तक्षेपको नेता रिजालद्वारा चर्को आलोचना,ठोरीबासीको शालीनतापूर्ण प्रतिरोध प्रति सम्मान

      5/31/2020 गते 00 00 मा प्रकाशित     1245   पटक पढिएको

नेपाली काग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले पर्सा जिल्ला को ठोरी गा.पा.वडा नं. २ को ठुटेखोला स्थित सीमामा भारतीय सुरक्षाकर्मीहरुको सहयोगमा भारतीयहरुले नेपाली भुमीमा गरेको हस्तक्षेप प्रति ध्यानाकर्षण भएको बताउनु भएको छ ।

 

उहाँले नेपाली भूमी  अनाधिकृत उपयोग गर्न खोजेको प्रति गम्भिर असहमती जनाउनु भएको छ ।  उहाँले एक बिज्ञप्ती प्रकाशित गरि सो क्षेत्रमा दशकौ देखि भारतीयहरुले नेपाली भुमीलाई बिबादित बनाई बिधुत लाइन बिस्तारमा समेत समस्या सृजना गरेको ,पूल निर्माणमा अवरोध गरेको र सीमा अतिक्रमण अनेकौ प्रयास गरेको  स्मरण गर्दै भारतीय पक्षका यि सबै प्रयासलाई असफल ठोरीबासीले असफल बनाएकोमा आफूलाई गौरव लागेको नेता रिजालले बिज्ञप्ति मार्फत बताउनु भएको छ ।


नेता रिजालले बर्तमान समयमा ठोरी स्थित नेपाल भारतको सिमा छुट्याई सीमास्तम्भ समेत कायम भई सकेको अवस्थामा नेपाली भुमिमा आई ठोरीवासीको बिकाशको आधारको रुपमा रहेको खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातलाईसमेत असर पुरयाउने भारतीय नीति गलत रहेको नेता रिजाले बताउनु भएको ।

 

अनाधिकृत रुपमा भारतीय सुरक्षाकर्मीहरुले भारतीय नागरिकलाई उक्साई नेपाली भूमिमा कुलो खन्ने कार्य गराएको प्रति पनि उहाँले घोर भत्र्सना गर्नुभएको छ ।

 

नेपाल सरकार तथा स्थानीय प्रशासनले नेपाली भूमी सुरक्षाको जिम्मेवारी निर्वाह नगरिरहेको भन्दै नेता रिजालले आलोचना गर्नु भएको छ ।

 

उहाँले  स्थानीय प्रशासनले नागरिकको मनोबल गिराउदै भारतीय पक्षहरुकै वकालत गर्ने जस्ता कार्यहरु गरेकामा त्यस्तो कामको उहाँले निन्दा  गर्नुभएको छ ।

 

भारतीय पक्षको नेपाली भूमीमा रहेको जलश्रोतलाई अतिक्रमण गर्ने ठोरीवासीको भौतिक पुर्वाधार अवरुद्ध बनाउने जस्ता कार्यलाई अबिलम्ब रोकी नोपली भूमी र आम नागरिकको सुरक्षाको समुचित ब्यवस्था गर्दै बिवाद समाधान तर्फ प्रभावकारी कदम चाल्न नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई ठोस कदम चाल्न समेत उहाँले मााग गर्नु भएको छ ।

 साथै सीमा अतिक्रमणलाई रोक्न शालिनता पुर्वक बिरोध जारी राख्न समेत ठोसीवासीहरुमा हार्दिक अपिल समेत गर्नुभएको छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.