वीरगन्ज, २१ जेठ । कोरोना संक्रमित भएका तर नदेखिएका कोरोना घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका जारी गरेको छ । कोभिड १९ को आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका जारी गर्दै सरकारले तोकिएको मापदण्ड पालना गरेर घरमै उपचार गर्न सकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिकामा अस्पतालमा भर्ना गर्नुपर्ने बिरामी र घरमै राख्नुपर्ने बिरामीका सम्बन्धमा मार्गनिर्देश गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्न सकिने विकल्प दिएको हो । लक्षण देखिएर बिरामी भएका संक्रमितलाई भने अस्पतालमा भर्ना गरेर उपचार गरिने भनिएको छ ।
तपाईको प्रतिक्रिया