logo

लकडाउन लम्बिदै जादा साना ब्यवसायी मर्कामा, पेशा संचालनको वतावरण बनाउन माँग

      6/3/2020 गते 00 00 मा प्रकाशित     1061   पटक पढिएको

बीरगंजका साना तथा खुद्रा ब्यवसायीले आफनो ब्यवसाय संचालन गर्ने वतावरण बनाउन स्थानीय प्रशासनसंग माँग गरेका छन ।

 

उनीहरुले स्थानीय प्रशासन बीरगंज उधोगा वाणिज्यसंघ संग यस्तो माँग राखेका हुन ।   वीरगंज उद्योग वाणिज्य सङ्घले स्थानीय प्रहरी, प्रशासन र खुद्रा व्यापारीहरूलाई राखेर गरेको अन्तरक्रियामा ब्यवसायीहरुले जुन सुकै मोडालिटी  अपनाएर भएपनि पसल संचालनको वतावरण बनाउन माँग गरेका हुन । 

   ब्यवसायीहरुले  घरभाडा, कामदार खर्च, बिजुली भाडा र घरायसी खर्चको लागि समस्या बढदै गएकोले पेशा संचालनको बिकल्प नभएको जिकीर गरे ।

 

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको बिधिलाई कार्यान्वयन गर्ने गरि पेशामा फर्किने अवस्था बनाउनु पर्ने ब्यवसायीहरुले आग्रह गरेका थिए । 

 

    वीउवासङ्घका अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधव राजपाल लगायतले खुद्रा ब्यवसायीहरुको माँग सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा सहभागि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले ब्यवसायीहरुको माँगका बिषयमा उचित निष्कर्ष निकालिने आश्वासन दिनु भएको थियो । 


बीरगंजका मुख्य सडकमा रहेका पसलहरु भने प्रहरीको आँखा छलेर संचालनमा आइरहेका छन । प्रहरीले देखिहालेमा बन्द गर्ने अन्यथा पसलको छोउमा बस्ने र ग्राहक आएमा भित्र पठाएर ब्यपार संचालन भने हुदै आएको छ ।

 

लक डाउनको अवधी ७१ दिन कटेको र यो आफैमा लामो अवधी भएको चर्चा गर्दै बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले  कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय प्रशासनले तय गरेको मापदण्डमा रहेर पसल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले दिउसो र बेलुका पसल संचालन गर्न दिदा जोखिम कम हुने समेत बताउनु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.