logo

बीरगंजमा खुद्रा ब्यवसाय संचालनमा आउने,मापदण्ड बिपरित भए कारवाही हुने प्रशासनको कडा शर्त

      6/3/2020 गते 00 00 मा प्रकाशित     1645   पटक पढिएको

पर्सामा बिभिन्न ब्यवसायलाई २३ गतेदेखी संचालन अनुमती प्रदान गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्ण कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जेठ ३२ गते सम्मको बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । 

 

बन्दाबन्दीका कारण अर्थतन्त्रमा परेको प्रभावलाई ध्यान दिदै अर्थतन्त्रलाई चलायमान बनाउन केही ब्यवसायलाई कोरोना भाइरसको संक्रमणलाई फैलन नदिने गरि संचालनको ब्यवस्था मिलाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

 

 नयाँ निर्णय अनुसार औषधी पसलहरु २४ घण्टा बैक तथा बित्तिय संस्थाहरु नियमित,अत्यावश्यक बस्तुहरु  खाद्य किराना आलु प्याज पानी दुग्ध ग्याँस बिक्री गर्ने पुलहरु  हरेक दिन बिहान ५ देखी ९ बजे सम्म , तरकारी तथा फलफूल (सटरमा राखिएका वा मोबाइल) हरेक दिन विहान ५ बजेदेखि ९ बजेसम्म तर तरकारीहरु हाट बजार र मण्डीमा वा खुला स्थानमा राखेर बिक्री गर्न नपाउने समेत ब्यवस्था गरिएको छ । 


त्यसैगरि रेडिमेट, कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आदिका पसलहरु जोर गते विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म , हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल विजोर गते विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म संचालन गर्ने गरि निर्णय गरिएको छ ।

 

माछा, कुखुरा तथा सोको दाना, पशु आहार, खाद्य, किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोइला, विटुमिन तेल, क्लिन्कर, निर्माण सामाग्रीहरु लगायत अन्य मालवस्तुको ढुवानी हरेक दिन साँझ ७ बजेपछि गर्न पाइने निर्णय भएको छ ।

 

सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट,चियापसल (फुटपाथमा राखिएका समेत) मिठाइपसल, मदिराजन्य पसल, सैलुन, मठ मन्दिर, मस्जिद, गुम्बा, अन्य मानिसहरुको भिडभाड हुने स्थलहरु तथा सार्वजनिक बस, रिक्सा, टेम्पो, मोटरसाइकल, साइकल लगायतका पास नभएका सम्पूर्ण सवारी साधन भने पूर्ण रुपमा बन्द रहने छन । 


पसलहरु संचालन गर्दा स्थानीय प्रशासनले केही मापदण्ड तयार गरेको छ । सेवा  प्रवाह एवं मालसामान खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्ने जिम्मेवारी सम्वन्धित संस्था÷व्यवसायीको हुनेछ ।

 

ब्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ ।  बैंक, वित्तीय संस्था तथा पसलमा  सेनेटाइजरको व्यवस्था गर्नुपर्नेछ । व्यवसाय संचालन तथा मालसामान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न पाइने छैन ।

 

तर बैंक, वित्तीय संस्था, औषधी पसल जस्ता अति आवश्यक सेवा संचालन गर्नको लागि सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्थामा मुख्य शहरभन्दा बाहिर तोकिएका स्थानमा पार्किङ् गर्न सकिनेछ । 

 


 बीरगंज उद्योग वाणिज्य सँघलाई  विभिन्न व्यवसायीहरुको संलग्नतामा एउटा मापदण्ड कार्यान्वयन टोली बनाइ उल्लेखित प्रावधान एवं नेपाल सरकारले निर्धारण गरेका अन्य मापदण्ड कार्यान्वयन गर्न गराउन पहल गर्ने जिम्मेवारी दिइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र वा जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा उल्लेखित प्रावधानहरुको पालना भएको नपाइएमा त्यस्ता सेवा वा व्यवसाय बन्द गराई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्ने सम्मको मापदण्ड तयार गरिएको छ ।


विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमणको रोकथाम, नियन्त्रणका नेपाल सरकार तथा स्थानीय प्रशासनले जारी गरेको आदेशको पालना गरी साथ दिएकोमा पर्साका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, संचारकर्मी लगायत सबैमा स्थानीय प्रशासनले धन्यवाद दिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.