logo

पीसीआर मेशिन खरिदका लागि बोलपत्र आह्वान, परीक्षण द्रुतगतिमा हुन्छ : नगरप्रमुख सरावगी

      6/4/2020 गते 00 00 मा प्रकाशित     2371   पटक पढिएको

वीरगन्ज, २२ जेठ । वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण मेशिन (पीसीआर) खरिदका लागि टेण्डर आह्वान गरेको छ । मेशिन खरिदका लागि टेण्डर आह्वान गरेसँगै कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि वीरगन्ज महानरगपालिकाको अभियान सफल हुदै गएको छ ।

महानगरपालिका प्रमुख विजय कुमार सरावगीले वीरगन्जलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न खेल्नुभएको सक्रिय भूमिकाले अन्तत सार्थकता पाउने भएको हो । वीरगन्जमा कोरोना संक्रमितहरु बढ्दै जानेक्रम र भारतबाट नेपालीहरु वीरगन्ज नाकाबाट आउने क्रमपनि शुरुभएपछि निकै जोखिममा रहेको वीरगन्ज महानगरपालिकावासीलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न अधिक परीक्षण आवश्यक रहेको र त्यसको लागि पीसीआर मेशिन खरिद गर्ने अभियान नै शुरु गरेको थियो ।

यो अभियानमा नीजिक्षेत्र, विभिन्न संघ संस्थान र नागरिक समाजको पनि साथ पाएको महानगरपालिकाले बिहीबार बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । महानगरपालिकाले पीसीआर मेशिन खरिद गर्नका लागि इच्छुक व्यक्ति वा संस्थाहरुलाई पाँचदिन भित्र बोलबत्र खरिद गर्न समय तोकेको छ ।

नगरप्रमुख विजय कुमार सरावगीले भन्नुभयो, “सबैको साथ र सहयोगले मेशिन खरिदका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेका छौं । अब आप्mनै मेशिन आउने भएपछि पर्साका सबैको यहि पीसीआर मेशिनले कोरोना परीक्षण गरिनेछ ।” परीक्षण हुन नपाउँदा वीरगन्जमा कोरोनाको जोखिम बढेको भन्दै शुरुवाती दिनदेखि नै नगरप्रमुख सरावगीले पाँच हजार जनाको परीक्षण गर्नुपर्ने बताउदै आउनुभएको थियो ।

अब मेशिन आएपछि सबैले परीक्षण गर्न पाउने उहाँले बताउनुभयो । यसले कोरोना भाईरसबाट वीरगन्जलाई मात्रै होईन पर्सा जिल्लालाई नै सुरक्षित गर्न सकिने उहाँले बताउनुभयो । पीसीआर मेशिन खरिदका लागि महानगरपालिकाले गरेको निर्णयको नागरिक समाजले पनि स्वागत गरेको छ । नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्यले महानगरपालिकाले गरेको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संक्रमितहरु बढ्दै गएकोले पीसीआर मेशिन आवश्यक नै थियो । संक्रमणको तेश्रो चरणमा प्रवेश गरिसकेकोले अब सामूहिक परीक्षणको आवश्यकता भईसक्यो । नारायणी अस्पतालमा राखिएको पीसीआर मेशिनको क्षमताले मात्रै पुग्दैन । महानगरपालिकाले आफ्नै परीक्षण मेशिन राख्नु हाम्रो लागि राम्रो हो । महानगरपालिकाले दूरगामी सोच राखेर मेशिन खरिद गर्न खोजेको स्वागत योग्य छ । यसलाई हामीले सकारात्मक रुपमा नै लिनुपर्छ ।”

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले पनि महानगरपालिकाको निर्णय प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरगन्ज हटस्पट नै बन्यो । हामीले संघ र प्रदेश सरकारलाई तीब्र गतिमा स्वाब टेष्ट हुनुपर्छ भनेर आग्रह गयौं दुबै सरकारले आश्वासन मात्रै दिए । मुख्यमन्त्री आफैले पाँच हजार किट पठाउछु भनेर जानुभएको अहिले सम्म किट आएन । पर्सा जिल्ला आर्थिक गतिविधिका हिसाबले सबैभन्दा सक्रिया जिल्ला हो । यसलाई ग्रिनजोनमा लानका लागि धेरै भन्दा धेरै परीक्षणको आवश्यक थियो । संघ र प्रदेश सरकारसँग पर्सालाई ग्रिनजोनमा लैजानको लागि टेष्ट बढाउन गुहार लगायौं ।

त्यो गुहार नसुनिएको पृष्ठभूमिका महानगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई ग्रीनजोन बनाउने अभियानको नेतृत्व लिनुभयो । यहिनेर पर्सावासीमा एउटा आशाको सञ्चार प्रवाह भयो । जुन पर्सावासीका लागि निकै महत्वपूर्ण कदम हो । नागरिकको जीवनरक्षालाई पहिलो प्रथामिकतामा राख्ने जनताको सच्चा प्रतिनिधि भएर उहाँले अगाडि आउनुभयो । उहाँलाई पर्साको निजीक्षेत्रले उत्सापूर्ण रुपमा सघाउने फैसला गयो । आज १० हजार भन्दा बढीको परीक्षण आवश्यक । त्यसको लागि मेशिन आवश्यक छ । मेशिन खरिदका लागि निजीक्षेत्र, स्थानीय पालिकाहरु र नागरिकले आप्mनो क्षमता अनुसार सहयोग गरे । त्यसको फलस्वरुप आज पीसीआर मेशिन खरिद गर्ने प्रकृयासम्म पुगेको छ । महानगरको यो काम प्रशंसनीय छ ।”

पीसीआर मेशिन खरिदका लागि नगर प्रुख सरावगीको अभियानलाई कतिपय खिसीटिउरी गरेका थिए । नागरिकको जीवनका लागि महानगर प्रमुख विजय कुमार सरवागीको अर्जुनदृष्टिका कारण पीसीआर मेशिन आउने पक्का भएको छ । खिसीटिउरी गर्नेहरु नगर प्रमुख सरावगीको आलोचना कसरी गर्ने भन्ने विषयको खोजीमा समय खर्चिनमा व्यस्त छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.