logo

पीसीआर मेशिन खरिदका लागि बोलपत्र आह्वान, परीक्षण द्रुतगतिमा हुन्छ : नगरप्रमुख सरावगी

      6/4/2020 गते 00 00 मा प्रकाशित     2444   पटक पढिएको

वीरगन्ज, २२ जेठ । वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण मेशिन (पीसीआर) खरिदका लागि टेण्डर आह्वान गरेको छ । मेशिन खरिदका लागि टेण्डर आह्वान गरेसँगै कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि वीरगन्ज महानरगपालिकाको अभियान सफल हुदै गएको छ ।

महानगरपालिका प्रमुख विजय कुमार सरावगीले वीरगन्जलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न खेल्नुभएको सक्रिय भूमिकाले अन्तत सार्थकता पाउने भएको हो । वीरगन्जमा कोरोना संक्रमितहरु बढ्दै जानेक्रम र भारतबाट नेपालीहरु वीरगन्ज नाकाबाट आउने क्रमपनि शुरुभएपछि निकै जोखिममा रहेको वीरगन्ज महानगरपालिकावासीलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न अधिक परीक्षण आवश्यक रहेको र त्यसको लागि पीसीआर मेशिन खरिद गर्ने अभियान नै शुरु गरेको थियो ।

यो अभियानमा नीजिक्षेत्र, विभिन्न संघ संस्थान र नागरिक समाजको पनि साथ पाएको महानगरपालिकाले बिहीबार बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । महानगरपालिकाले पीसीआर मेशिन खरिद गर्नका लागि इच्छुक व्यक्ति वा संस्थाहरुलाई पाँचदिन भित्र बोलबत्र खरिद गर्न समय तोकेको छ ।

नगरप्रमुख विजय कुमार सरावगीले भन्नुभयो, “सबैको साथ र सहयोगले मेशिन खरिदका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेका छौं । अब आप्mनै मेशिन आउने भएपछि पर्साका सबैको यहि पीसीआर मेशिनले कोरोना परीक्षण गरिनेछ ।” परीक्षण हुन नपाउँदा वीरगन्जमा कोरोनाको जोखिम बढेको भन्दै शुरुवाती दिनदेखि नै नगरप्रमुख सरावगीले पाँच हजार जनाको परीक्षण गर्नुपर्ने बताउदै आउनुभएको थियो ।

अब मेशिन आएपछि सबैले परीक्षण गर्न पाउने उहाँले बताउनुभयो । यसले कोरोना भाईरसबाट वीरगन्जलाई मात्रै होईन पर्सा जिल्लालाई नै सुरक्षित गर्न सकिने उहाँले बताउनुभयो । पीसीआर मेशिन खरिदका लागि महानगरपालिकाले गरेको निर्णयको नागरिक समाजले पनि स्वागत गरेको छ । नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्यले महानगरपालिकाले गरेको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संक्रमितहरु बढ्दै गएकोले पीसीआर मेशिन आवश्यक नै थियो । संक्रमणको तेश्रो चरणमा प्रवेश गरिसकेकोले अब सामूहिक परीक्षणको आवश्यकता भईसक्यो । नारायणी अस्पतालमा राखिएको पीसीआर मेशिनको क्षमताले मात्रै पुग्दैन । महानगरपालिकाले आफ्नै परीक्षण मेशिन राख्नु हाम्रो लागि राम्रो हो । महानगरपालिकाले दूरगामी सोच राखेर मेशिन खरिद गर्न खोजेको स्वागत योग्य छ । यसलाई हामीले सकारात्मक रुपमा नै लिनुपर्छ ।”

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले पनि महानगरपालिकाको निर्णय प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरगन्ज हटस्पट नै बन्यो । हामीले संघ र प्रदेश सरकारलाई तीब्र गतिमा स्वाब टेष्ट हुनुपर्छ भनेर आग्रह गयौं दुबै सरकारले आश्वासन मात्रै दिए । मुख्यमन्त्री आफैले पाँच हजार किट पठाउछु भनेर जानुभएको अहिले सम्म किट आएन । पर्सा जिल्ला आर्थिक गतिविधिका हिसाबले सबैभन्दा सक्रिया जिल्ला हो । यसलाई ग्रिनजोनमा लानका लागि धेरै भन्दा धेरै परीक्षणको आवश्यक थियो । संघ र प्रदेश सरकारसँग पर्सालाई ग्रिनजोनमा लैजानको लागि टेष्ट बढाउन गुहार लगायौं ।

त्यो गुहार नसुनिएको पृष्ठभूमिका महानगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई ग्रीनजोन बनाउने अभियानको नेतृत्व लिनुभयो । यहिनेर पर्सावासीमा एउटा आशाको सञ्चार प्रवाह भयो । जुन पर्सावासीका लागि निकै महत्वपूर्ण कदम हो । नागरिकको जीवनरक्षालाई पहिलो प्रथामिकतामा राख्ने जनताको सच्चा प्रतिनिधि भएर उहाँले अगाडि आउनुभयो । उहाँलाई पर्साको निजीक्षेत्रले उत्सापूर्ण रुपमा सघाउने फैसला गयो । आज १० हजार भन्दा बढीको परीक्षण आवश्यक । त्यसको लागि मेशिन आवश्यक छ । मेशिन खरिदका लागि निजीक्षेत्र, स्थानीय पालिकाहरु र नागरिकले आप्mनो क्षमता अनुसार सहयोग गरे । त्यसको फलस्वरुप आज पीसीआर मेशिन खरिद गर्ने प्रकृयासम्म पुगेको छ । महानगरको यो काम प्रशंसनीय छ ।”

पीसीआर मेशिन खरिदका लागि नगर प्रुख सरावगीको अभियानलाई कतिपय खिसीटिउरी गरेका थिए । नागरिकको जीवनका लागि महानगर प्रमुख विजय कुमार सरवागीको अर्जुनदृष्टिका कारण पीसीआर मेशिन आउने पक्का भएको छ । खिसीटिउरी गर्नेहरु नगर प्रमुख सरावगीको आलोचना कसरी गर्ने भन्ने विषयको खोजीमा समय खर्चिनमा व्यस्त छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.