logo

प्रदेशीक प्रयोगशालाका कारण प्रदेश सभाको बैठक अन्यौलमा ,सांसद र कर्मचारीमा सन्त्रास

      6/5/2020 गते 00 00 मा प्रकाशित     970   पटक पढिएको

असार १ मा बजेट प्रस्तुत गनुपर्ने संवैधानिक बाध्यता र त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले कोरोना महामारीबीच प्रदेशसभा बैठक बोलाएको २ को बैठक अन्यौलमा परेको छ ।
 प्रदेशसभा पछिल्लो बैठक जेठ २१ मा बोलाइयो थियो। त्यो चौथो अधिवेशनको पहिलो बैठक थियो।
 प्रदेशसभा बैठक सुरु गर्नुपूर्व सबै सांसद, प्रदेशसभाका कर्मचारी, मर्यादापालक, रक्षाकर्मीलगायतका व्यक्तिहरूको कोरोना परीक्षण भयो।

प्रदेश सांसदसहित कर्मचारी तथा सुरक्षाकर्मी गरी तीन सयभन्दा बढीको स्वाब संकलन १६ र १७ जेठमा प्रदेशसभा परिसरमै भयो। जेठ २१ मा बैठक सुरु हुनुअघि प्रदेशसभा सचिवालयका पदाधिकारीले प्रादेशिक प्रयोगशालामा फोन गरेर रिपोर्टबारे जानकारी लियो। प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेकोले बैठक सञ्चालन गर्न समस्या नरहेको जबाफ फर्कायो।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले ‘प्रादेशिक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेको बताएपछि बैठक सुरु गरिएको’ बताउनु भयो। प्रयोगशालाको त्रुटिले बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, प्रदेश सांसद तथा कर्मचारीहरूमा त्रास फैलिएको उहाँले बताउनु भयो ।

प्रादेशिक प्रयोगशालाले यस्तो जवाफ दिएपछि पूर्वनिर्धारित तालिकाअनुसार जेठ २१ मा चौथो अधिवेशनको पहिलो बैठक सुरु भयो। तर, त्यही दिन प्रदेशसभा परिसरमै स्वाब दिएका ट्राफिक प्रहरीका एकजना हवल्दारमा कोरोना पुष्टि भयो।

ट्राफिक प्रहरी हवल्दार प्रदेशसभा बाहिर ड्युटी गर्ने भएकाले संक्रमण पुष्टि भए पनि प्रदेशसभा सचिवालयले खासै गम्भीरतापूर्वक लिएन। र, अर्को बैठक जेठ २२ मा  ३ बजे निर्धारण गर्‍यो।

तर, बिहीबार करिब साढे १ बजेतिर प्रदेशसभा सचिवालयका एक पदाधिकारीलाई प्रादेशिक प्रयोगशालाबाट फोन गयो। र, फोन गर्ने व्यक्तिले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीकी स्वकीय सचिवसहित प्रदेशसभाका पाँचजना मर्यादापालकमा संक्रमण पुष्टि भएको खबर गर्‍यो। यस्तो जानकारी आएलगत्तै ३ बजे डाकिएको बैठक अन्तिम समयमा स्थगित गरियो।

कोरोना जाँचबारे प्रयोगशालाले दिएको गलत जानकारीपछि अहिले प्रदेश सांसद तथा प्रदेशसभाका कर्मचारीमा सन्त्रास फैलिएको छ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले ‘प्रादेशिक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेको बताएपछि बैठक सुरु गरिएको’ बताउनु भयो । प्रयोगशालाको त्रुटिले बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, प्रदेश सांसद तथा कर्मचारीमा त्रास फैलिएको उहाँले बताउनु भयो । 
कोरोना जाँचबारे प्रयोगशालाले दिएको गलत जानकारीपछि अहिले प्रदेश सांसद तथा प्रदेशसभाका कर्मचारीमा सन्त्रास फैलिएको छ।

तर, बुधबार सबैको रिपोर्ट आइनसकेको र रिपोर्ट आएकाहरूलाई मात्र बैठकमा सहभागी हुन सुझाव दिएको प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले दाबी गर्नु भएको छ ।

‘बुधबार रिपोर्ट आएका जतिको मात्र नेगेटिभ रहेको भनेर हामीले खबर गरेका थियौं, बाँकी रिपोर्ट बिहीबार आउँदा पाँचजनामा संक्रमण देखिएको हो,’ प्रयोगशालाका प्रमुख साहले भन्नु भयो 

प्रदेशसभा सचिवालयका निमित्त सचिव यादवले संक्रमण पुष्टि भएका पाँचैजना मर्यादापालकलाई आइसोलेसनमा पठाइएको जानकारी दिनुभयो । साथै कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित मर्यादापालकको सम्पर्कमा आएकालाई छुट्टै वासको व्यस्था मिलाइएको उहाँले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.