logo

प्रदेशीक प्रयोगशालाका कारण प्रदेश सभाको बैठक अन्यौलमा ,सांसद र कर्मचारीमा सन्त्रास

      6/5/2020 गते 00 00 मा प्रकाशित     1068   पटक पढिएको

असार १ मा बजेट प्रस्तुत गनुपर्ने संवैधानिक बाध्यता र त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले कोरोना महामारीबीच प्रदेशसभा बैठक बोलाएको २ को बैठक अन्यौलमा परेको छ ।
 प्रदेशसभा पछिल्लो बैठक जेठ २१ मा बोलाइयो थियो। त्यो चौथो अधिवेशनको पहिलो बैठक थियो।
 प्रदेशसभा बैठक सुरु गर्नुपूर्व सबै सांसद, प्रदेशसभाका कर्मचारी, मर्यादापालक, रक्षाकर्मीलगायतका व्यक्तिहरूको कोरोना परीक्षण भयो।

प्रदेश सांसदसहित कर्मचारी तथा सुरक्षाकर्मी गरी तीन सयभन्दा बढीको स्वाब संकलन १६ र १७ जेठमा प्रदेशसभा परिसरमै भयो। जेठ २१ मा बैठक सुरु हुनुअघि प्रदेशसभा सचिवालयका पदाधिकारीले प्रादेशिक प्रयोगशालामा फोन गरेर रिपोर्टबारे जानकारी लियो। प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेकोले बैठक सञ्चालन गर्न समस्या नरहेको जबाफ फर्कायो।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले ‘प्रादेशिक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेको बताएपछि बैठक सुरु गरिएको’ बताउनु भयो। प्रयोगशालाको त्रुटिले बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, प्रदेश सांसद तथा कर्मचारीहरूमा त्रास फैलिएको उहाँले बताउनु भयो ।

प्रादेशिक प्रयोगशालाले यस्तो जवाफ दिएपछि पूर्वनिर्धारित तालिकाअनुसार जेठ २१ मा चौथो अधिवेशनको पहिलो बैठक सुरु भयो। तर, त्यही दिन प्रदेशसभा परिसरमै स्वाब दिएका ट्राफिक प्रहरीका एकजना हवल्दारमा कोरोना पुष्टि भयो।

ट्राफिक प्रहरी हवल्दार प्रदेशसभा बाहिर ड्युटी गर्ने भएकाले संक्रमण पुष्टि भए पनि प्रदेशसभा सचिवालयले खासै गम्भीरतापूर्वक लिएन। र, अर्को बैठक जेठ २२ मा  ३ बजे निर्धारण गर्‍यो।

तर, बिहीबार करिब साढे १ बजेतिर प्रदेशसभा सचिवालयका एक पदाधिकारीलाई प्रादेशिक प्रयोगशालाबाट फोन गयो। र, फोन गर्ने व्यक्तिले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीकी स्वकीय सचिवसहित प्रदेशसभाका पाँचजना मर्यादापालकमा संक्रमण पुष्टि भएको खबर गर्‍यो। यस्तो जानकारी आएलगत्तै ३ बजे डाकिएको बैठक अन्तिम समयमा स्थगित गरियो।

कोरोना जाँचबारे प्रयोगशालाले दिएको गलत जानकारीपछि अहिले प्रदेश सांसद तथा प्रदेशसभाका कर्मचारीमा सन्त्रास फैलिएको छ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले ‘प्रादेशिक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेको बताएपछि बैठक सुरु गरिएको’ बताउनु भयो । प्रयोगशालाको त्रुटिले बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, प्रदेश सांसद तथा कर्मचारीमा त्रास फैलिएको उहाँले बताउनु भयो । 
कोरोना जाँचबारे प्रयोगशालाले दिएको गलत जानकारीपछि अहिले प्रदेश सांसद तथा प्रदेशसभाका कर्मचारीमा सन्त्रास फैलिएको छ।

तर, बुधबार सबैको रिपोर्ट आइनसकेको र रिपोर्ट आएकाहरूलाई मात्र बैठकमा सहभागी हुन सुझाव दिएको प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले दाबी गर्नु भएको छ ।

‘बुधबार रिपोर्ट आएका जतिको मात्र नेगेटिभ रहेको भनेर हामीले खबर गरेका थियौं, बाँकी रिपोर्ट बिहीबार आउँदा पाँचजनामा संक्रमण देखिएको हो,’ प्रयोगशालाका प्रमुख साहले भन्नु भयो 

प्रदेशसभा सचिवालयका निमित्त सचिव यादवले संक्रमण पुष्टि भएका पाँचैजना मर्यादापालकलाई आइसोलेसनमा पठाइएको जानकारी दिनुभयो । साथै कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित मर्यादापालकको सम्पर्कमा आएकालाई छुट्टै वासको व्यस्था मिलाइएको उहाँले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.