logo

युनिसेफद्वारा कोभिड अस्पतालमा हातधुने आधुनीक धारा प्रदान,सहयोगले आफूलाई उर्जा मिल्योः महानगरप्रमुख

      6/6/2020 गते 00 00 मा प्रकाशित     1176   पटक पढिएको

वीरगंज महानगरपालिकाको ब्यवस्थापनमा संचालित गण्डक कोभिड अस्पतालमा युनिसेफ नेपालले आज सरसफाई संग सम्बन्धीत आधुनीक समाग्री हस्तान्तरण गरेको छ ।

 

युनिसेफ नेपालको साझेदार संस्था अभियान नेपालले सरसफाईकालागि  तयार पारेको समाग्री आज बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीलाई हस्तान्तरण गरिएको  हो ।

 

सामाग्री युनिसेफ नेपालका प्रदेश २ का सरसफाई बिभागका प्रमुख बोधनारायण श्रेष्ठले हस्तान्तरण गर्नु भएको हो । 


हातले समातेर धारा खोल्नु नपर्ने ,खुट्टाको दवावमा धारामा पानी आउने, खुट्टाकै दवावमा हातमा सावुन आउने आधुनीक किसिमको हात धुने धारा हस्तान्तरण गरिएको हो । एउटा पानींको टंयाकीमा चारवटा धारा जडान गरिएको छ ।

 

एकै पटक चार जनाले हात धुन सक्ने छन । चार मध्य एउटा धारा अपाङ्ग तथा बालमैत्री रहेको युनिसेफका बोधनारायण श्रेष्ठले बताउनु भयो । जनकपुरमा तयार गरिएको धारा ५७ हजार रुपैया लागतमा तयार पारिएको उहाँले बताउनु भयो ।

 

यसैगरि  सेमि आइशोलेशन रहेको  सिद्धार्थ माध्यामिक बिद्यालयमा पनि हात धुने चार थान धारा सहयोग स्वरुप उपलब्ध गराइएको छ ।  संगै सफाई कर्मचारीहरुकोलागि पून प्रयोग गर्न मिल्ने पिपीई,बुट स्प्रे मेशिन ,सेनिटाइजकालागि आवश्यक लिक्वीड र अन्य सफाई सामाग्री उपलब्ध गराइएको छ ।

 
सहयोग समाग्री बुझ्दै महानगर प्रमुख सरवागीले युनिसेफ नेपाल र अभियान नेपाललाई धन्यवाद दिनु भयो । उहाँले उपलब्ध गराईएको समाग्रीले आफूहरुलाई उर्जा र उत्साह दिएको बताउनु भयो ।

 

प्रमुख सरावगीले कोभिड बिरुद्धको लडाईमा सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो । उहाँले युनिसेफले दिएको समाग्री कोभिड नियन्त्रण पछिकालागि पनि उपयोगी हुने भन्दै खुशी ब्यक्त गर्नु भयो ।

 

युनिसेफका प्रतिनिधिले कोभिड अस्पताल,सेमी आइसोलेशन र क्वारेन्टिनका बिषयमा
बिविध जानकारी लिएका थिए । टोलीले आइसोलेशन अस्पताल सेमी आइसोलेशनको ब्यवस्थापन राम्रो भएको भन्दै आफूहरुले अन्य सहयोग समेत उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएको थियो ।

 

युनिसेफले अन्य क्वारेन्टिन र नेपालको प्रवेशद्वार शंकराचार्य गेटमा समेत हात धुने धारा जडान गर्ने श्रेष्ठले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.