logo

पिसीआर मेशिन किन्ने महनगरको निर्णयको नागरिक समाजले गर्यो स्वागत, नागरिक रक्षाको यो अभियानमा सहयोग गर्न सबैमा अपिल

      6/7/2020 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

बीरगंज महानगरपालिकाले पिसीआर मेशिन र किट खरिदकालागि अगाडि बढाएको प्रक्रियालाई नागरिक समाजले स्वागत गर्दै त्यसको छिटो भन्दा छिटो स्थापित गरेर काम सूचारु गर्न सुझाव समेत दिएको छ । 


नागरिक समाजका अध्यक्ष डा.दीपक शाक्यको अध्यक्षतामा आज बसेको बैठकले  यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि धेरै  भन्दा धेरै परिक्षण गरिनु पर्ने भएकोले पनि अव महानगरको प्रयासलाई टुङ्गोमा पुर्याउनु पर्ने निष्कर्षमा नागरिक समाज पुगेको हो । 


महानगरको यो अभियान पर्साका नागरिकको जीवन रक्षाको बिषयसंग सम्बन्धीत भएकोले यो बेलामा सबैको एकिकृत प्रयास आवश्यक रहेको ठहर गर्दै नागरिक समाजले समाजका बिभिन्न सरोकार राख्ने समुहलाई यो अभियानमा सहयोग पुर्याउन समेत अपिल गरेको छ । 


नागरिक समाजले एक मतका साथ पिसीआर मेशिन र किटको खरिद गरि द्रुत गतीमा कोरोना भाइरसको संक्रमण परिक्षण गरि औैधोगिक नगरि बीरगंज र समग्र पर्सा जिल्लालाई ग्रिन जोनमा लैजान सबैलाई सहकार्यकालागि अपिल गरेको डा. शाक्यले बताउनु भयो । 


नागरिक समाजको बैठकले राजनीतिक दलहरु,राजनीतिक क्षेत्रमा रहेका ब्यक्ति र जनप्रतिनिधिहरुलाई आ आफना राजनीतिक मुद्धालाई थाँती राखेर मानव सभ्यातामाथि नै चुनौती बनेको कोरोना भाइरसको नियन्त्रणमा भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

 

बिभिन्न समस्याहरु झेल्दै  अप्ठयारोहरु पार गर्दै बीरगंज महानगर कोरोना भाइरसको संक्रमण नियन्त्रणकोलागि ठिक दिशामा अगाढि बढेको नागरिक समाजले निष्कर्ष निकालेको छ ।

 

समाजले अहिले नागरिकको जीवनको सुरक्षाको सवाल पहिलो प्रथामिकता भएको निष्कर्ष निकाल्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्ने निर्णय गरेको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले जानकारी दिनु भयो  । 


बैठकमा बीरगंज उधोग बाणिज्य संघ, नेपाल बार एशोसिएशन, नेपाल रेडक्रस सोसाइटी, बैकर्स एशोसिएन लगायतका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.