logo

कोरोना विरुद्धको लडाईमा मेयरपुत्रको ऐक्यवद्धता, सहयोगका लागि सबै युवा उद्यमीलाई अपिल

      6/7/2020 गते 00 00 मा प्रकाशित     1348   पटक पढिएको

वीरगन्ज महानगरवपालिकाले वीरगञ्जमा कोरोना परीक्षण, क्वारेन्टाइन र अस्पताल व्यवस्थापनका लागि स्रोत अभाव भएको भन्दै सहयोगको आह्वान गरेको छ ।

कोरोना भाईरसको संक्रमण वीरगन्जमा पनि देखा परेदेखि नै यसको नियन्त्रण र रोकथामका लागि कोभिड अस्पताल स्थापनाका लागि अग्रपंक्तिमा आएर सक्रियता देखाएका महानगरपालिकाका प्रमुख विजय सरावगीको सामु विभिन्न अवरोध र आरोपहरु लागे संकटको बेलामा पनि पार्टीका नेता तथा प्रदेश सरकारबाट समेत साथ नपाएका उनलाई वीरगन्जवासीहरुले भने अविछिन्न साथ र सहयोग गर्दै आएका छन् ।

उनले वीरगन्जलाई कोरोनामुक्त बनाउनका लागि देखाएको सक्रियताको प्रशंसा गर्नेहरु बढ्दै गए । महानगरवासीको मात्रै होईन मानव जीवन रक्षाको सवालमा नै मेयर सरावगीको प्रयास देखेर उनकै छोरा पनि निकै उत्साहित भए । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोरोना उपचारका लागि आह्वान गरेको कोषमा उनकै छोराले आइतवार एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् ।

वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि पीसीआर मेशिन, भीटिएम किट लगायतको सामग्रीको आवश्यकता हेरेर  सहयोग पु¥याउन सरावगीले नगरवासीलाई आह्वान गरेका थिए । नगर प्रमुख सरावगीका छोरा केशव सरावगीले महानगरको कोषमा एक महिनाको तलब बराबरको रकम हस्तारन्तरण गरेका हुन् ।

केशवले महानगरमै पुगेर प्रमुख सरावगीलाई रू. ५१ हजार नगद प्रदान गरे । चेक हस्तान्तरण गर्दै नगर प्रमुखका छोरा केशवले भने, “बुवा नै महानगर प्रमुख भएकोले सहयोग गरेको होईन, नागरिकको जीवन रक्षाको सवालमा मेरो पनि चासो रह्यो । महानगरपालिकाको एउटा नागरिक भएकोले नागरिको दायित्व मात्रै निर्वाह गरेको हुँ । मेरो व्यक्तिगत जीवन रक्षाको पनि विषय हो । त्यसैले मैले महानगरपालिकालाई सहयोग गरेको हो । यो आप्mनै जीवन रक्षाको सवाल भएकोले सम्पूर्ण युवाहरुलाई पनि सहयोगको लागि अपिल गर्न चाहान्छु ।”

महानगर प्रमुख सरावगीले गरेको आह्वानलाई सबै क्षेत्रबाट सहयोग आउने क्रम पनि जारी रहेको छ ।

आईतबार नै बैंक अफ काठमाडौंले पनि सहयोग गरेको छ । महानगरपालिकाको कोषमा बैंक अफ काठमाडौं वीरगन्ज शाखाले एकलाख रुपैंयाको चेक हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख सरावगीलाई कार्यकक्षमै पुगेर बैंकका प्रदेश २ प्रमुख दीपक कुमार श्रेष्ठको नेतृत्वमा गएको बैंकको टोलीले एकलाखको चेक हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्न गएको टोलीमा बैंकका वीरगन्ज शाखा प्रमुख सुरेश यादव, सहायक सम्पर्क प्रबन्धक सन्देश पोखरेल र कन्हैया सिंहको पनि उपस्थिति रहेको थियो ।

महानगरको आह्वानमा कोरोना कोषमा हालसम्म रू.६२ लाख ७ सय ७९ हजार रकम जम्मा भएको महाननगरले जनाएको छ । महानगनरले दाताहरूको सहयोगमा पीसीआर जाँच उपकरण खरीदको प्रक्रिया अघि बढाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.