logo

पिसीआर खरिद सम्बन्धी पाँचथान बोलपत्र बिक्री,जर्वजस्ती बनाइएका सालोको कम्पनीको नाम खरिद सुचीमा छैन

      6/9/2020 गते 00 00 मा प्रकाशित     1637   पटक पढिएको

बीरगंज महानगरपालिकाले पिसीआर खरिद सम्बन्धी आव्हान गरेको बोलपत्र मंगलवार सम्म पाँच थान बिक्री भएको छ ।  

 

महानगरपालिकाले पिसीआर खरिद सम्बन्धी पाँच दिने बोल पत्र प्रकाशन गरेको गरेको थियो । आज मंगलवार अन्तिम दिनसम्ममा  पाँच वटा बोलपत्रको बिक्री भएको बीरगंज महानगरपालिकाको जिन्सी शाखाले जानकारी दिएको छ  । 

 


बीरगंज महानगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकोलागि बृहत परिक्षण गर्नु पर्ने आवश्यकता महशुस गर्दै बोलपत्र आव्हान गरेको थियो ।  

 

पिसीआर मेशिन तथा किट खरिदकालागि महानगर प्रमुख बिजय कुमार सरावगीले आम नगरवासी ,पर्साका स्थानीय सरकार र पर्सावासीलाई आर्थिक सहयोगकोलागि अपिल गर्नु भएको थियो ।

 

 

जनसहयोगमा पिसीआर तथा भिटिएम किट किन्ने महानगरले अभियान शुरु गरेसंगै बोल पत्र समेत आव्हान गरेको थियो । पिसीआर मेशिन तथा किट खरिदको मनशाय राखेर पाँचवटा कम्पनीले बोलपत्र खरिद गरेका छन । 
स्नीयो इन्टरनेशनल प्रा.ली.काठमामण्डौ ,सगरमाथा बायोमेडिकल इन्जिनियरिग काठमाण्डौ,जेएमएस इल्याट्रिक ट्रेडर्स ,बायो मेडिकल प्रा.ली.काठमामण्डौ र अन्सु ट्रेडलिंक बीरगंजले बोलपत्र खरिद गरेका हुन । 


कतिपय संचारमाध्यमले बोलपत्र खरिद गर्न नपाएको र सेटिगमा पिसीआर मेशिन खरिद हुने सम्मका समाचार प्रकाशमा ल्याएका थिए । बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीको सालोसंग मिलेर सेटिगमा पिसीआर मेशिन किन्ने तयारी भएको ति समाचार माध्यामको दावी थियो ।

राणीसती ट्रेडिगका संचालक दिनेश कनौडियालाई  महानगर प्रमुख सरावगीको जर्वजस्ती सालो बनाइएको थियो । कनौडियाको  कम्पनीले भने बोलपत्र खरिद गरेको देखिएको छैन ।

 सार्वजनीक खरिद ऐनले निर्दिष्ट गरेअनुसार पिसीआर मेशिन खरिद प्रक्रियाबाट अगाडि बढेको बीरगंज महानगरपालिकाले जनाएको छ । आजै मंगलवार बीरगंजका उधोगी ब्यवसायीले पिसीआर मेशिन खरिदकालागि आर्थिक सहयोग समेत उपलब्ध गराएका छन ।


बीरगंज उधोग वाणिज्यसंघले ११ लाख ११ हजार १ सय ११ उद्योगपति बिरेन्द्र संघाइले २० लाख, बाबुलाल चाचानले १० लाख, अनिल रुँगटाले ५ लाख, राजेश अग्रवालले ६ लाख, आत्मराम काबराले ५ लाख, मुरलीधर रुँगटाले ५ लाख, अशोक बैदले २ लाख, सत्यनारायण क्यालले २ लाख, हिरालाल केडियाले ५ लाख, चीरन्जीवी लाल सरावगीले १ लाख सहयोग गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.